initial conversion

This commit is contained in:
Larry Versaw 2019-02-20 16:58:22 -07:00
parent 4ceba7a87d
commit 0f5b53faf0
1053 changed files with 18882 additions and 2 deletions

View File

@ -1,3 +1,3 @@
# ne_tW
# Nepali Translation Words
Nepali Translation Words
STR https://git.door43.org/unfoldingWord/SourceTextRequestForm/issues/268

26
bible/kt/abomination.md Normal file
View File

@ -0,0 +1,26 @@
# घृणित कुरो
## परिभाषा:
विरक्‍ति वा अति नै अरुचि उत्पन्‍न गराउने कुरोलाई जनाउन पदावली “घृणित कुरो” को प्रयोग गरिन्छ ।
* मिश्रीहरूले हिब्रूहरूलाई “घृणित” जातिको रूपमा हेर्थे । यसको अर्थ हुन्छ, कि मिश्रीहरूले हिब्रूहरूलाई मन पराउँदैनथ्ये, र तिनीहरूले उनीहरूको सङ्गत गर्न वा उनीहरूको नजिक हुन चाहँदैनथ्ये ।
* बाइबलले यी केही कुराहरूलाई “यहोवेका लागि घृणित कुरा” हरू भन्छः झुट बोल्नु, घमन्ड गर्नु, मानिसको बलि दिनु, मूर्तिहरूको पूजा गर्नु, हत्या गर्नु, व्यभिचार र समलिङ्गीजस्ता यौनसम्बन्धी कार्यहरू ।
* अन्त्यको समयबारे आफ्ना चेलाहरूलाई सिकाउनुहुँदा येशूले दानिएल अगमवक्‍ताद्वारा भनिएको “विनाशकारी घृणित थोक” को भविष्यवाणीलाई उल्लेख गर्नुभयो । परमेश्‍वरको आराधना स्थललाई दूषित पार्दै उहाँको विरुद्धमा गरिने विद्रोहको रूपमा यो घृणित थोक स्थापना गरिनेछ ।
अनुवादका लागि सुझावहरूः
* “घृणित कुरो” लाई “परमेश्‍वरले घृणा गर्नुहुने कुरो” वा “विरक्‍तलाग्दो कुरो” वा “विरक्‍तलाग्दो अभ्यास” वा “ज्यादै दुष्‍ट कार्य” भनी अनुवाद गर्न सकिन्छ ।
* सन्दर्भमा आधारित रहेर वाक्यांश “... को लागि घृणित कुरो हो” लाई “... द्वारा अति घृणा गरिन्छ” वा “... को लागि विरक्‍तलाग्दो छ” वा “... को लागि पूर्णतः अस्वीकारयोग्य छ” वा “गहन विरक्‍ति पैदा गर्छ” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “विनाशकारी घृणित थोक” लाई “दूषित पार्ने वस्तु जसले मानिसहरूलाई निकै हानि पुर्‍याउँछ” वा “विरक्‍तलाग्दो कुरो जसले बडो दुःख ल्याउँछ” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः व्यभिचार, व्यभिचारी, व्यभिचारिणी, दानिएल, दूषित पार्नु, विनाशकारी, विनाश, मूर्ति, मूर्तिपूजक, बलिदान, भेटी)
बाइबलका सन्दर्भहरूः
* एज्रा ०९:१-२
* उत्पत्ति ४६:३३-३४
* यशैया ०१:१२-१३
* मत्ती २४:१५-१८
* हितोपदेश २६:२४-२६

26
bible/kt/adoption.md Normal file
View File

@ -0,0 +1,26 @@
# दत्तकग्रहण (धर्मपुत्र बनाउने कार्य)
## परिभाषा:
“दत्तकग्रहण” एउटा प्रक्रिया हो जसद्वारा एउटा व्यक्‍ति कानुनी रूपमा ती बुबा आमाको सन्तान बन्छ, जो उसका आफ्नै (अर्थात् जीवशास्‍त्रीय) बुबा आमा होइनन् ।
* कसरी परमेश्‍वरले मानिसहरूलाई आफ्ना आत्मिक छोराछोरीहरू बनाई तिनीहरूलाई उहाँको परिवारको हिस्सा बनाउनुहुन्छ भनी बयान गर्न बाइबलले “दत्तकग्रहण” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गर्छ ।
* धर्मपुत्र बनाइएका सन्तानहरू अर्थात् विश्‍वासीहरू येशू ख्रीष्‍टसितै साझे-हकदारहरू हुन् जससित परमेश्‍वरका छोराछोरीहरूका सबै अधिकारहरू हुन्छन् ।
अनुवादका लागि सुझावहरूः
* बुबाआमा र सन्तानबिचको यस विशेष सम्बन्धलाई बयान गर्ने शब्दहरूको प्रयोग गरी यस शब्दलाई अनुवाद गर्न सकिन्छ । यसको आलङ्कारिक र आत्मिक अर्थ छ भन्‍न कुरो बुझिएको हुनुपर्छ ।
* पदावली “छोराहरूको रूपमा दत्तकग्रहणको अनुभव गर्नु” लाई “उहाँका सन्तानको रूपमा परमेश्‍वरद्वारा धर्मपुत्र बनाइनु” वा “परमेश्‍वरका (आत्मिक) सन्तान हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
* “छोराहरूको दत्तकग्रहणको लागि लागि पर्खनु” लाई “परमेश्‍वरका सन्तान हुन प्रतीक्षा गर्नु” वा “... को लागि परमेश्‍वरको प्रतीक्षा गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “तिनीहरूलाई धर्मपुत्र बनाउनुहोस्” लाई “तिनीहरूलाई आफ्नै सन्तानको रूपमा स्वीकार गर्नुहोस्” वा “तिनीहरूलाई आफ्नै (आत्मिक) सन्तान बनाउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः उत्तराधिकारी, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, आत्मा, आत्मिक, अन्य)
बाइबलका सन्दर्भहरूः
* एफिसी ०१:५-६
* गलाती ०४:३-५
* रोमी ०८:१४-१५
* रोमी ०८:२३-२५
* रोमी ०९:३-५

35
bible/kt/adultery.md Normal file
View File

@ -0,0 +1,35 @@
# व्यभिचार, व्यभिचारी, व्यभिचारिणी
## परिभाषा:
“व्यभिचार” शब्दले विवाहित व्यक्‍तिले आफ्नो पति वा पत्‍नीबाहेक अन्य व्यक्‍तिसित यौन सम्बन्ध राख्‍ने पापलाई जनाउँछ । यस किसिमको पाप गर्ने व्यक्‍तिलाई व्यभिचारी भनिन्छ ।
* “व्यभिचारी” शब्दले साधारणतया व्यभिचार गर्ने कुनै पनि व्यक्‍तिलाई जनाउँछ ।
* कहिले काहीँ स्‍त्रीले नै व्यभिचार गरेकी हो भनी तोकेर बताउन “व्यभिचारिणी” शब्दको प्रयोग गरिन्छ ।
* विवाहको करारमा पति र पत्‍नीले एक अर्कासित बाँधेका प्रतिज्ञाहरूलाई व्यभिचारले तोडिदिन्छ ।
* व्यभिचार नगर्न परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
* खास गरी इस्राएलीहरूले झुटा देवताहरूको पूजा गर्दा तिनीहरू परमेश्‍वरप्रति अविश्‍वासयोग्य भए भनी व्याख्या गर्न “व्यभिचारी” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* यदि अनुवाद गरिएको भाषामा “व्यभिचार” को लागि एकल शब्द छैन भने यसलाई “कसैकी पत्‍नीसित यौनसम्बन्ध राख्‍नु” वा “अर्को व्यक्‍तिको पति वा पत्‍नीसित घनिष्‍ठ हुनु” भन्‍नेजस्ता वाक्यांशहरूद्वारा अनुवाद गर्न सकिन्छ ।
* केही भाषाहरूमा यस्ता भनाइहरूबाट अप्रत्यक्ष रूपमा व्यभिचारलाई जनाइन्छः “कसैको पति वा पत्‍नीसित सुत्‍नु” वा “आफ्नी पत्‍नीसित अविश्‍वासयोग्य हुनु ।” (हेर्नुहोस्ः शिष्‍टोक्‍ति)
* “व्यभिचारी” लाई आलङ्कारिक अर्थमा प्रयोग गर्दा अविश्‍वासयोग्य पत्‍नी वा पतिसित तुलना गर्दा परमेश्‍वरका अविश्‍वासयोग्य जातिबारे उहाँको दृष्‍टिकोणलाई व्यक्‍त गर्नका लागि यसलाई शाब्दिक रूपमा अनुवाद गर्नु उत्तम हुन्छ । यदि अनुवाद गरिएको भाषामा यसले सठिक ढङ्गमा अर्थ दिँदैन भने “व्यभिचार” को आलङ्कारिक प्रयोगलाई “अविश्‍वासयोग्य” वा “अनैतिक” वा “अविश्‍वासयोग्य पति वा पत्‍नी” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः गर्नु, गरेको, प्रतिबद्धता, करार, यौनसम्बन्धी अनैतिकता, सम्भोग गर्नु, सम्बन्ध राख्‍नु, सँग सुत्‍नु, प्रेम-क्रिडा, अविश्‍वासयोग्य)
बाइबलका सन्दर्भहरूः
* प्रस्थान २०:१२-१४
* होशे ०४:१-२
* लूका १६:१८
* मत्ती ०५:२७-२८
* मत्ती १२:३८-४०
* प्रकाश ०२:२२-२३
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (१३-०६) “व्यभिचार नगर्नू ।”
* (२८-०२) “व्यभिचार नगर्नू ।”
* (३४-०७) “धार्मिक अगुवाले चाहिँ यसरी प्रार्थना गर्‍यो, ‘परमेश्‍वरलाई धन्यवाद होस्, कि म चोरहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू वा यही कर उठाउनेजस्तो पापी होइनँ’ ।”

28
bible/kt/almighty.md Normal file
View File

@ -0,0 +1,28 @@
# सर्वशक्‍तिमान्
## परिभाषा:
“सर्वशक्‍तिमान्” शब्दको शाब्दिक अर्थ हुन्छः सर्वशक्‍तिशाली । बाइबलमा यसले सधैँ परमेश्‍वरलाई जनाउँछ ।
* उपाधीहरू “सर्वशक्‍तिमान्” वा “सर्वशक्‍तिशाली जन” ले परमेश्‍वरलाई जनाउँछन् र हरेक कुरोमाथि उहाँसित पूर्ण अधिकार र शक्‍ति छ भनी प्रकट गर्छन् ।
* “सर्वशक्‍तिमान् परमेश्‍वर” वा “परमेश्‍वर सर्वशक्‍तिमान्” वा “सर्वशक्‍तिमान् परमप्रभु” वा “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर” भन्‍नेजस्ता उपाधिहरूमा परमेश्‍वरको बयान गर्न पनि यस शब्दको प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* यस शब्दलाई “सर्वशक्‍तिशाली” वा “पूर्णतः शक्‍तिशाली जन” वा “परमेश्‍वर जो पूर्णतः शक्‍तिशाली हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर” लाई “परमेश्‍वर जो शक्‍तिशाली शासक हुनुहुन्छ” वा “शक्‍तिशाली सार्वभौम परमेश्‍वर” वा “शक्‍तिशाली परमेश्‍वर जो हरेक थोकको मालिक हुनुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः परमेश्‍वर, प्रभु, मालिक, गुरु, शक्‍ति, शक्‍तिहरू)
बाइबलका सन्दर्भहरूः
* प्रस्थान ०६:२-५
* उत्पत्ति १७:१-२
* उत्पत्ति ३५:११-१३
* अय्यूब ०८:१-३
* गन्ती २४:१५-१६
* प्रकाश ०१:७-८
* रूथ ०१:१९-२१

10
bible/kt/altar.md Normal file
View File

@ -0,0 +1,10 @@
# वेदी
## परिभाषा:
वेदी एउटा उठाइएको संरचना थियो, जसमाथि इस्राएलीहरूले परमेश्‍वरका लागि बलिदानस्वरूप जनावरहरूसाथै अन्‍नहरूलाई जलाउने गर्थे ।
* बाइबलको समयमा सामान्य वेदीहरू प्रायः कडा माटोको थुप्रोबाट वा अटल चाङ बनाउन ठुला-ठुला ढुङ्गाहरूलाई होसियारीपूर्वक राखेर बनाइने गरिन्थ्यो ।
* काठबाट बाकसको आकारमा केही विशेष वेदीहरू बनाइन्थे, जसलाई सुन, पित्तल वा काँसाजस्ता धातुहरूले मोडिन्थ्यो ।
* इस्राएलीहरूका वरिपरि बस्‍ने अरू जातिहरूले पनि तिनीहरूका देवताहरूलाई बलिदान चढाउन वेदीहरू निर्माण गर्थे ।

28
bible/kt/amen.md Normal file
View File

@ -0,0 +1,28 @@
# आमेन, साँच्‍चै
## परिभाषा:
“आमेन” व्यक्‍तिले भनेको कुरोलाई जोड दिन वा त्यसमा ध्यान खिँच्‍न प्रयोग गरिने शब्द हो । येशूले यसको प्रयोग गर्नुहुँदा यसलाई अक्सर “साँच्‍चै” भनी अनुवाद गरिएको छ ।
* प्रार्थनाको अन्त्यमा “आमेन” शब्दलाई प्रयोग गर्दा यसले त्यो प्रार्थनासित सहमति गरेको तथ्यलाई व्यक्‍त गर्छ वा त्यो प्रार्थना पुरा होस् भन्‍ने इच्छालाई व्यक्‍त गर्छ ।
* आफ्नो शिक्षामा येशूले आफूले भन्‍नुभएको कुरोलाई जोड दिन “आमेन” शब्दको प्रयोग गर्नुभयो । येशूले भर्खरै भन्‍नुभएको कुरासित सम्बन्धित अर्को नयाँ शिक्षालाई परिचित गराउन उहाँले “तर म तिमीहरूलाई भन्दछु” भनी सुरु गर्नुहुन्थ्यो ।
* केही अङ्ग्रेजी अनुवादहरूले यसलाई “साँच्‍चै” भनी अनुवाद गर्छन् । भनिँदै गरिएको कुरो वास्तविक वा साँचो छ भनी जोड दिन यसको प्रयोग गरिन्छ ।
अनुवादका लागि सुझावहरूः
* भनिएको कुरोलाई जोड दिन अनुवाद गरिएको भाषामा विशेष शब्द वा पदावली छ या छैन भनी विचार गर्नुहोस् ।
* कुनै कुरोलाई जोड दिन वा प्रार्थनाको अन्त्यमा “आमेन” शब्दको प्रयोग गर्दा यसलाई “यस्तै होस्” वा “यो हुन आओस्” वा “यो साँचो हो” भनी अनुवाद गर्न सकिन्छ ।
* येशूले “साँच्‍चै म तिमीहरूलाई भन्दछु” भनी बताउनुहुँदा यसलाई “म तिमीहरूलाई इमान्दारीपूर्वक भन्दछु” वा “त्यो साँचो हो र म पनि तिमीहरूलाई भन्दछु” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “साँचो, साँचो म तिमीहरूलाई भन्दछु” लाई “म तिमीहरूलाई ज्यादै इमान्दारीपूर्वक यो बताउँछु” वा “म तिमीहरूलाई ज्यादै निष्कपटतासाथ यो बताउँछु” वा “मैले तिमीहरूलाई भनिरहेको कुरो साँचो छ” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः पुरा गर्नु, सत्य, सत्यता)
बाइबलका सन्दर्भहरूः
* व्यवस्था २७:१५
* यूहन्‍ना ०५:१९-२०
* यहूदा ०१:२४-२५
* मत्ती २६:३३-३५
* फिलेमोन ०१:२३-२५
* प्रकाश २२:२०-२१

48
bible/kt/angel.md Normal file
View File

@ -0,0 +1,48 @@
# स्वर्गदूत, प्रधान स्वर्गदूत
## परिभाषा:
स्वर्गदूत परमेश्‍वरद्वारा सृजित एक शक्‍तिशाली आत्मिक प्राणी हो । परमेश्‍वरले स्वर्गदूतहरूलाई गर्नू भनेका कुराहरू गरी तिनीहरू परमेश्‍वरको सेवा गर्न अस्तित्वमा छन् । पदावली “प्रधान स्वर्गदूत” ले अन्य सबै स्वर्गदूतहरूमाथि शासन गर्ने वा तिनीहरूलाई अगुवाइ गर्ने स्वर्गदूतलाई जनाउँछ ।
* “स्वर्गदूत” को शाब्दिक अर्थ हुन्छः “सन्देशवाहक ।”
* पदावली “प्रधान स्वर्गदूत” को शाब्दिक अर्थ हुन्छः “मुख्य सन्देशवाहक ।” बाइबलमा मिखाएललाई मात्र “प्रधान स्वर्गदूत” भनिएको छ ।
* बाइबलमा स्वर्गदूतहरूले परमेश्‍वरबाट पाएका सन्देशहरू मानिसहरूलाई बताउने गर्थे । यी सन्देशहरूमा मानिसहरूले पालन गर्नुपर्ने परमेश्‍वरका इच्छाहरू पर्थे ।
* भविष्यमा हुने वा पहिले नै भइसकेका घटनाहरूको विषयमा पनि स्वर्गदूतहरूले मानिसहरूलाई बताउने गर्थे ।
* परमेश्‍वरका प्रतिनिधिहरूको रूपमा स्वर्गदूतहरूसित परमेश्‍वरको अधिकार हुन्थ्यो र बाइबलमा कहिले काहीँ तिनीहरू परमेश्‍वर बोल्नुभए जस्तै गरी बोल्थे ।
* मानिसहरूलाई सुरक्षा दिएर वा तिनीहरूलाई मजबुत बनाएर पनि स्वर्गदूतहरूले परमेश्‍वरको सेवा गर्छन् ।
* “यहोवेका स्वर्गदूत” भन्‍ने विशेष पदावलीको एकभन्दा बेसी अर्थहरू छन्ः (१) यसको अर्थ हुन सक्छ‒ “यहोवेको प्रतिनिधित्व गर्ने स्वर्गदूत” वा “यहोवेको सेवा गर्ने सन्देशवाहक ।” (२) यसले यहोवे आफैलाई पनि जनाउन सक्छ, जो मानिसहरूसित बोल्नुहुँदा स्वर्गदूतजस्तै देखिनुहुन्थ्यो । यी दुईमध्ये कुनै पनि अर्थले “म” भन्‍ने स्वर्गदूतको प्रयोगको बयान गर्छ जसमा स्वर्गदूत यहोवे नै हुनुभएझैँ गरी बोल्नुहुन्छ ।
अनुवादका लागि सुझावहरूः
* “स्वर्गदूत” लाई “परमेश्‍वरका सन्देशवाहक” वा “परमेश्‍वरका स्वर्गीय सेवक” वा “परमेश्‍वरका आत्मिक सेवक” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “प्रधान स्वर्गदूत” लाई “मुख्य स्वर्गदूत” वा “शासन गर्ने मुख्य स्वर्गदूत” वा “स्वर्गदूतहरूका अगुवा” भनी अनुवाद गर्न सकिन्छ ।
* यी शब्दहरूलाई राष्‍ट्रिय भाषा वा अर्को स्थानीय भाषामा कसरी अनुवाद गरिन्छ भनेर पनि विचार गर्नुहोस् ।
* पदावली “यहोवेका स्वर्गदूत” लाई “स्वर्गदूत” र “यहोवे” शब्दहरूको प्रयोग गरी अनुवाद गरिनुपर्छ । यसले यस पदावलीको विभिन्‍न अर्थ खोलाइहरूलाई अनुमति दिन्छ । “यहोवेबाट आएका स्वर्गदूत” वा “यहोवेद्वारा पठाइएका स्वर्गदूत” वा “स्वर्गदूतझैँ देखिनुहुने यहोवे” केही सम्भाव्य अनुवादहरू हुन् ।
(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः मुख्य, प्रमुख, सन्देशवाहक, मिखाएल, शासक, शासकहरू, सेवक, दास, दासत्व)
बाइबलका सन्दर्भहरूः
* २ शमूएल २४:१५-१६
* प्रेरित १०:३-६
* प्रेरित १२:२२-२३
* कलस्सी ०२:१८-१९
* उत्पत्ति ४८:१४-१६
* लूका ०२:१३-१४
* मत्ती १३:४९-५०
* मर्कूस ०८:३८
* प्रकाश ०१:१९-२०
* जकरिया ०१:७-९
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०२-१२) जीवनको रुखको फलबाट कसैले नखाओस् भन्‍नाका लागि बगैँचाको प्रवेशद्वारमा परमेश्‍वरले बडेमाका, शक्‍तिशाली स्वर्गदूतहरू राख्‍नुभयो ।
* (२२-०३) स्वर्गदूतले जकरियालाई जवाफ दिए, “तिमीलाई यो शुभ खबर बताउन म परमेश्‍वरद्वारा पठाइएको हुँ ।”
* (२३-०६) अकस्मात्, एक चम्किलो स्वर्गदूत तिनीहरू (गोठालाहरू) कहाँ देखा परे, र तिनीहरू भयभीत भए । ती स्वर्गदूतले भने, “नडराओ, किनकि तिमीहरूका लागि मसित शुभ खबर छ ।”
* (२३-०७) अकस्मात्, परमेश्‍वरको प्रशंसा गर्दै आकाशहरू स्वर्गदूतहरूले भरिए । ...
* (२५-०८) त्यसपछि स्वर्गदूतहरू आए, र येशूको हेरचाह गरे ।
* (३८-१२) येशू ज्यादै दुःखित हुनुभयो, र उहाँको पसिना रगतका थोपाजस्तै भयो । उहाँलाई मजबुत बनाउन परमेश्‍वरले स्वर्गदूत पठाउनुभयो ।
* (३८-१५) “मेरो रक्षा गर्न म स्वर्गदूतहरूको सेनाको लागि पितासित बिन्ती गर्न सक्छु ।”

33
bible/kt/anoint.md Normal file
View File

@ -0,0 +1,33 @@
# अभिषेक गर्नु, अभिषिक्‍त
## परिभाषा:
“अभिषेक गर्नु” को अर्थ हुन्छः व्यक्‍ति वा वस्तुमाथि तेल खन्याउनु । कहिले काहीँ तेलमा अन्य मसलाहरू मिसाइन्थे, जसले मिठो, अत्तरको सुवासना दिन्थ्यो । कसैलाई छानी उसलाई सक्षम तुल्याउन पवित्र आत्मालाई जनाउनका लागि पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
* पुरानो करारमा परमेश्‍वरको विशेष सेवाको लागि अलग गर्न पूजाहारीहरू, राजाहरू र अगमवक्‍ताहरूलाई तेलले अभिषेक गरिन्थ्यो ।
* वेदीहरू वा पवित्र वासस्थानजस्ता वस्तुहरूलाई परमेश्‍वरको आराधना र महिमाको लागि प्रयोग गरिनुपर्छ भनी देखाउन तिनलाई पनि तेलले अभिषेक गरिन्थ्यो ।
* नयाँ करारमा बिरामी मानिसहरूको चङ्गाइको लागि तिनीहरूलाई तेलले अभिषेक गरिन्थ्यो ।
* नयाँ करारले दुई पटक अभिलिखित गर्छ, कि एक स्‍त्रीले येशूलाई सुवासना आउने तेलले अभिषेक गरिन्, जुन आराधनाको कार्य थियो । एक पटक येशूले टिप्पणी गर्नुभयो कि यसो गरेर उनले उहाँको भावी अन्त्येष्‍टिको तयार गर्दै थिइन् ।
* येशू मर्नुभएपछि उहाँका मित्रहरूले उहाँको मृत शरीरलाई तेल र सुगन्धित मसलाहरू दली (अर्थात् अभिषेक गरी) उहाँको अन्त्येष्‍टिको तयारी गरे ।
* उपाधिहरू “मसीह (हिब्रू)” र “ख्रीष्‍ट” (ग्रिक) को अर्थ हुन्छः “अभिषिक्‍त (जन) ।”
* येशू मसीह नै चुनिनुभएका जन हुनुहुन्थ्यो जसलाई अगमवक्‍ता, प्रधान पूजाहारी र राजाको रूपमा अभिषेक गरियो ।
अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर “अभिषेक गर्नु” लाई “... माथि तेल खन्याउनु” वा “... माथि तेल राख्‍नु” वा “... माथि सुवासना आउने तेल खन्याएर अर्पण गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* “अभिषिक्‍त हुनु” लाई “तेलले अर्पण गरिनु” वा “नियुक्‍त हुनु” वा “अर्पण गरिनु” भनी अनुवाद गर्न सकिन्छ ।
* केही सन्दर्भहरूमा “अर्पण गर्नु” लाई “नियुक्‍त गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* “अभिषिक्‍त पूजाहारी” जस्ता पदावलीलाई “तेलद्वारा अर्पण गरिएको पूजाहारी” वा “तेल खन्याइएर अलग गरिएको पूजाहारी” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, अर्पण गर्नु, प्रधान पूजाहारी, यहूदीहरूका राजा, पूजाहारी, पूजाहारीको पद, अगमवक्‍ता, भविष्यवाणी, भविष्यवाणी गर्नु, दर्शी, अगमवादिनी)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०२:२०-२१
* १ यूहन्‍ना ०२:२७-२९
* १ शमूएल १६:२-३
* प्रेरित ०४:२७-२८
* आमोस ०६:५-६
* प्रस्थान २९:५-७
* याकूब ०५:१३-१५

25
bible/kt/antichrist.md Normal file
View File

@ -0,0 +1,25 @@
# ख्रीष्‍ट-विरोधी
## परिभाषा:
“ख्रीष्‍ट-विरोधी” शब्दले येशू ख्रीष्‍टको शिक्षा र उहाँको कामको विरुद्धमा भएको व्यक्‍ति र शिक्षालाई जनाउँछ । संसारमा धेरै ख्रीष्‍ट-विरोधीहरू छन् ।
* येशू मसीह हुनुहुन्‍न वा येशू परमेश्‍वर र मानिस दुवै हुनुहुन्‍न भनी कसैले मानिसहरूलाई सिकाउँछ भने त्यो व्यक्‍ति नै ख्रीष्‍ट-विरोधी हो भनी प्रेरित यूहन्‍नाले लेखे ।
* बाइबलले यो पनि सिकाउँछ, कि संसारमा ख्रीष्‍ट-विरोधीको सामान्य आत्मा छ जसले येशूको कामको विरोध गर्छ ।
* नयाँ करारमा भएको प्रकाशको पुस्तकले व्याख्या गर्छ, कि अन्त्यको समयमा “ख्रीष्‍ट-विरोधी” भनिने मानिस देखा पर्नेछ । त्यसले परमेश्‍वरका मानिसहरूलाई नष्‍ट पार्न खोज्‍नेछ, तर त्यो येशूद्वारा पराजित हुनेछ ।
अनुवादका लागि सुझावहरूः
* “ख्रीष्‍टको विरोध गर्ने” वा “ख्रीष्‍टको शत्रु” वा “ख्रीष्‍टको विरुद्धमा हुने व्यक्‍ति” भन्‍नेजस्ता पदावलीहरूबाट पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
* पदावली “ख्रीष्‍ट-विरोधीको आत्मा” लाई “ख्रीष्‍टको विरुद्धमा हुने आत्मा” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू सिकाउने (व्यक्‍ति)” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू विश्‍वास गर्ने मनोवृत्ति” वा “ख्रीष्‍टको विषयमा झुटा कुराहरू सिकाउने आत्मा” भनी अनुवाद गर्न सकिन्छ ।
* स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः ख्रीष्‍ट, मसीह, प्रकट हुनु, प्रकाश, सङ्कष्‍ट)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०२:१८-१९
* १ यूहन्‍ना ०४:१-३
* २ यूहन्‍ना ०१:७-८
* २ थेसलोनिकी ०२:८-१०

32
bible/kt/apostle.md Normal file
View File

@ -0,0 +1,32 @@
# प्रेरित, प्रेरितको काम
## परिभाषा:
“प्रेरितहरू” परमेश्‍वर र उहाँको राज्यबारे प्रचार गर्न येशूद्वारा पठाइएका मानिसहरू थिए । पदावली “प्रेरितको काम” ले प्रेरितहरूको रूपमा चुनिएका मानिसहरूको पद र अधिकारलाई जनाउँछ ।
* “प्रेरित” शब्दको अर्थ हुन्छ‒ “विशेष उद्देश्यको लागि पठाइने व्यक्‍ति ।” प्रेरितसित उसलाई पठाउने व्यक्‍तिसित भएकै अधिकार हुन्छ ।
* येशूका सबैभन्दा नजिकका बार्‍ह जना चेला प्रथम प्रेरितहरू बने । पावल र याकूबजस्ता अन्य मानिसहरू पनि चेलाहरू बने ।
* परमेश्‍वरको शक्‍तिद्वारा मानिसहरूबाट भूतात्माहरू निकाल्नुका अतिरिक्‍त प्रेरितहरूले साहसपूर्वक सुसमाचार प्रचार गर्न सके र मानिसहरूलाई निको पार्न सके ।
अनुवादका लागि सुझावहरूः
* “पठाइने व्यक्‍ति” वा “पठाइएको जन” वा “मानिसहरूलाई परमेश्‍वरको सन्देश प्रचार गर्न बोलाइएको व्यक्‍ति” भन्‍नेजस्ता पदावलीहरूबाट पनि “प्रेरित” शब्दलाई अनुवाद गर्न सकिन्छ ।
* “प्रेरित” र “चेला” शब्दलाई एक अर्काबाट फरक तरिकाले अनुवाद गर्नु महत्त्वपूर्ण हुन्छ ।
* स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरियो भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः अधिकार, चेला, याकूब (जब्दियाका छोरा), पावल, शाऊल, बार्‍ह, एघार)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०५:१९-२१
* यहूदा ०१:१७-१९
* लूका ०९:१२-१४
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (२६-१०) तब येशूले बार्‍ह जना मानिस छान्‍नुभयो, जसलाई प्रेरितहरू भनियो । प्रेरितहरूले उहाँसँगै यात्रा गर्थे र उहाँबाट सिक्थे ।
* (३०-०१) धेरै विभिन्‍न गाउँहरूमा मानिसहरूलाई प्रचार गर्न र सिकाउन येशूले आफ्ना प्रेरितहरूलाई पठाउनुभयो ।
* (३८-०२) यहूदा येशूका बार्‍ह प्रेरितमध्ये एक थियो । त्यसले प्रेरितहरूको रुपियाँ-पैसाको थैलीको रेखदेख गर्थ्यो । तर त्यसले रुपियाँ-पैसाको लोभ गर्थ्यो र अक्सर त्यस थैलीबाट चोर्थ्यो ।
* (४३-१३) चेलाहरूले आफैलाई प्रेरितहरूका शिक्षा, सङ्गति, सहभोज र प्रार्थनामा समर्पित गरे ।
* (४६-०८) त्यसपछि बारनाबास नाउँ गरेका मानिसले शाऊललाई प्रेरितहरूकहाँ लगे, र शाऊलले दमस्कसमा कसरी साहसपूर्वक प्रचार गरे भनी तिनीहरूलाई बताए ।

24
bible/kt/appoint.md Normal file
View File

@ -0,0 +1,24 @@
# नियुक्‍त गर्नु, नियुक्‍त गरिएको
## परिभाषा:
शब्दहरू “नियुक्‍त गर्नु” र “नियुक्‍त गरिएको” ले विशेष कार्य वा भूमिका पुरा गर्नका लागि कसैलाई छान्‍ने कामलाई जनाउँछ ।
* “नियुक्‍त हुनु” ले पनि कुनै कुरो प्राप्‍त गर्न छानिने कामलाई जनाउन सक्छ, जस्तैः “अनन्त जीवनको लागि नियुक्‍त भएको ।”
* पदावली “नियुक्‍त गरिएको समय” ले कुनै घटनाको लागि परमेश्‍वरले “छान्‍नुभएको समय” वा “योजना गर्नुभएको समय” लाई जनाउँछ ।
* “नियुक्‍त गर्नु” को अर्थ कुनै काम गर्नको लागि कसैलाई “आज्ञा दिनु” वा “तोक्‍नु” भन्‍ने पनि हुन सक्छ ।
अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर “नियुक्‍त गर्नु” लाई “छान्‍नु” वा “तोक्‍नु” वा “औपचारिक रूपमा छान्‍नु” वा “खटाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “नियुक्‍त गरिएको” लाई “तोकिएको” वा “योजना बनाइएको” वा “निर्दिष्‍ट रूपमा छानिएको” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
* १ शमूएल ०८:१०-१२
* प्रेरित ०३:१९-२०
* प्रेरित ०६:२-४
* प्रेरित १३:४८-४९
* उत्पत्ति ४१:३३-३४
* गन्ती ०३:९-१०

12
bible/kt/ark.md Normal file
View File

@ -0,0 +1,12 @@
# सन्दुक
## परिभाषा:
“सन्दुक” शब्दले शाब्दिक रूपमा आयतकार काठको बाकसलाई जनाउँछ । यसलाई कुनै कुरो राख्‍न वा जोगाउन निर्माण गरिन्छ । प्रयोगको आधारमा सन्दुकको आकार ठुलो वा सानो हुन सक्छ ।
* विश्‍वव्यापी जलप्रलयबाट बच्‍न नोआले बनाएको ज्यादै ठुलो, आयतकार डुङ्गालाई जनाउन अङ्ग्रेजी बाइबलमा “आर्क” (अर्थात् जहाज) शब्दलाई पहिलो पटक प्रयोग गरिएको छ । यस सन्दुकमा चेप्‍टो पिँध, छाना र भित्ताहरू थिए ।
* यस शब्दलाई “ज्यादै ठुलो डुङ्गा” वा “नौका” वा “सामान ओसारपसार गर्ने जहाज” वा “ठुलो, बाकस आकारको डुङ्गा” भनेर अनुवाद गर्न सकिन्छ ।
* यस ठुलो डुङ्गालाई जनाउन जुन हिब्रू शब्दको प्रयोग गरिएको छ, मोशालाई लुकाउन तिनकी आमाले तिनलाई नील नदीमा राख्दा प्रयोग गरेको टोकरी वा बाकसको लागि पनि उही हिब्रू शब्दको प्रयोग गरिएको छ । यसलाई साधारणता “टोकरी” भनी अनुवाद गरिएको छ ।
* पदावली “करारको सन्दुक” मा “सन्दुक” को लागि बेग्लै हिब्रू शब्दको प्रयोग गरिएको छ । यसलाई “बाकस” वा “सन्दुस” वा “भाँडो” भनी अनुवाद गर्न सकिन्छ ।
* “सन्दुक” लाई अनुवाद गर्नको लागि शब्दको छनौट गर्दा हरेक प्रसङ्गमा त्यसको आकार कत्रो छ, र त्यो केको प्रयोगको लागि हो भनी विचार गर्नु महत्त्वपूर्ण हुन्छ ।

View File

@ -0,0 +1,13 @@
# करारको सन्दुक, करारका आदेशहरूको सन्दुक, यहोवेको सन्दुक
## परिभाषा:
यी शब्दहरूले सुनले मोहोरिएको विशेष काठको बाकसलाई जनाउँछन्, जसमा दस आज्ञा लेखिएका दुईवटा पत्थर राखिन्थे । यसमा हारूनको लौरो र मन्‍न राखिएको भाँडो पनि राखिन्थे ।
* यहाँ शब्द “सन्दुक” लाई “बाकस” वा “सन्दुस” वा “भाँडो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* यस बाकसभित्र राखिएका वस्तुहरूले परमेश्‍वरले इस्राएलीहरूसित बाँध्‍नुभएका करारहरू तिनीहरूलाई स्मरण दिलाउँथे ।
* करारको सन्दुक “महा-पवित्रस्थान” भित्र राखिन्थ्यो ।
* पवित्र वासस्थानको महा-पवित्रस्थानभित्र राखिएको करारको सन्दुकमाथि परमेश्‍वरको उपस्थिति हुन्थ्यो, जहाँ उहाँ इस्राएलीहरूको पक्षमा मोशासित बोल्नुहुन्थ्यो ।
* करारको सन्दुक मन्दिरको महा-पवित्रस्थानभित्र हुँदा प्रधान पूजाहारीलाई मात्रै वर्षको एक पटक प्रायश्‍चित्तको दिनमा करारसम्म पुग्‍ने पहुँच हुन्थ्यो ।
* धेरै अङ्ग्रेजी संस्करणहरूले “करारका उर्दीहरू” लाई “गवाही” भनी शाब्दिक रूपमा अनुवाद गर्छन् । दस आज्ञा परमेश्‍वरले आफ्ना मानिसहरूसित बाँध्‍नुभएको करारको लागि गवाही वा साक्षी थियो भन्‍ने सत्यतालाई यसले जनाउँथ्यो । यसलाई “करारको व्यवस्था” भनेर पनि अनुवाद गरिन्छ ।

26
bible/kt/atonement.md Normal file
View File

@ -0,0 +1,26 @@
# प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु
## परिभाषा:
शब्दहरू “प्रायश्‍चित्त गर्नु” र “प्रायश्‍चित्त” ले परमेश्‍वरले मानिसहरूका पापको मूल्य चुकाउन र पापप्रति उहाँको क्रोध शान्त पार्न कसरी बलिदान उपलब्ध गराउनुभयो भन्‍ने कुरोलाई जनाउँछ ।
* पुरानो करारमा रगतको बलिदानको अर्पण (जसमा जनावरलाई मार्ने काम पनि पर्थ्यो) द्वारा इस्राएलीहरूका पापका निम्ति परमेश्‍वरले अस्थायी प्रायश्‍चित्तको अनुमति दिनुभयो ।
* नयाँ करारको अभिलेखअनुसार क्रुसमा भएको ख्रीष्‍टको मृत्यु पापको लागि एक मात्र साँचो र स्थायी प्रायश्‍चित्त हो ।
* मानिसहरूका पापको कारणले तिनीहरू जुन दण्डको लागि लायक थिए येशू मर्नुहुँदा उहाँले त्यो दण्ड आफैमा लिनुभयो । आफ्नो बलिदानपूर्ण मृत्युले उहाँले प्रायश्‍चित्तको मूल्य चुकाउनुभयो ।
अनुवादका लागि सुझावहरूः
* क्रियापद “प्रायश्‍चित्त गर्नु” लाई “... को लागि तिर्नु” वा “... को भुक्‍तानि तिर्नु” वा “कसैको पापको क्षमा दिनु” वा “अपराधको लागि दोषमुक्‍त गर्नु” भन्‍नेजस्ता पदावलीहरूद्वारा अनुवाद गर्न सकिन्छ ।
* “प्रायश्‍चित्त” लाई “भुक्‍तानि” वा “पापको लागि चुकाउनुपर्ने बलिदान” वा “क्षमाको माध्यम जुटाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
* यसको अनुवादले रुपियाँ-पैसाको भुक्‍तानिलाई जनाउनुहुन्‍न भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
(हेर्नुहोस्ः प्रायश्‍चित्तको ढकनी, क्षमा दिनु, क्षमा, सन्तुष्‍टि, मिलाप गर्नु, मिलाप, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता)
बाइबलका सन्दर्भहरूः
* इजकिएल ४३:२५-२७
* इजकिएल ४५:१८-२०
* लेवी ०४:२०-२१
* गन्ती ०५:८-१०
* गन्ती २८:१९-२२

27
bible/kt/atonementlid.md Normal file
View File

@ -0,0 +1,27 @@
# प्रायश्‍चित्तको ढकनी
## परिभाषा:
“प्रायश्‍चित्तको ढकनी” करारको सन्दुकको माथिल्लो भागलाई ढाक्‍न प्रयोग गरिने सुनको पाता थियो । धेरै अङ्ग्रेजी अनुवादहरूमा यसलाई “प्रायश्‍चित्तको बिर्को” भनेर पनि उल्लेख गरिएको छ ।
* प्रायश्‍चित्तको ढकनी करिब ११५ सेन्टिमिटर लामो र ७० सेन्टिमिटर चौडाको थियो ।
* प्रायश्‍चित्तको ढकनीमाथि सुनले बनेका दुईवटा करूब राखिएका थिए जसका पखेटाहरूले एक अर्कालाई छुन्थे ।
* करूबहरूका फिँजाइएका पखेटामुनि प्रायश्‍चित्तको ढकनीको माथिपट्टि यहोवेले इस्राएलीहरूहरूसित भेट गर्नुहुने थियो भनी उहाँले तिनीहरूलाई बताउनुभयो । मानिसहरूका प्रतिनिधिका रूपमा केवल प्रधान पूजाहारीलाई यसो गर्ने अनुमति दिइएको थियो ।
* कहिले काहीँ प्रायश्‍चित्तको ढकनीलाई “कृपा-आसन” भनी उल्लेख गरिएको छ, किनकि पापिष्‍ठ मानव-जातिलाई छुटकारा दिन परमेश्‍वरको कृपा तल आउँथ्यो भनी यसले व्यक्‍त गर्थ्यो ।
अनुवादका लागि सुझावहरूः
* यस पदावलीलाई “सन्दुकको ढकनी जहाँ परमेश्‍वरले छुटकारा दिने प्रतिज्ञा गर्नुहुन्छ” वा “परमेश्‍वरले प्रायश्‍चित्त गर्नुहुने ठाउँ” वा “सन्दुकको ढकनी जहाँ परमेश्‍वरले क्षमा दिई पुनस्थापित गर्नुहुन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
* यसको अर्थ “सन्तुष्‍टिको ठाउँ” पनि हुन सक्छ ।
* तपाईंले अनुवाद गर्नुभएका “प्रायश्‍चित्त,” “सन्तुष्‍टि” र “छुटकारा” शब्दहरूसित यसलाई तुलना गर्नुहोस् ।
(हेर्नुहोस्ः करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको करार, प्रायश्‍चित्त, प्रायश्‍चित्त गर्नु, करूबहरू, करूब, सन्तुष्‍टि, छुटकारा दिनु, छुटकारा, उद्धारकर्ता)
बाइबलका सन्दर्भहरूः
* प्रस्थान २५:१५-१८
* प्रस्थान ३०:५-६
* प्रस्थान ४०:१७-२०
* लेवी १६:१-२
* गन्ती ०७:८९

28
bible/kt/authority.md Normal file
View File

@ -0,0 +1,28 @@
# अधिकार
## परिभाषा:
“अधिकार” शब्दले कसैमाथि कसैको नियन्‍त्रण वा प्रभाव पार्ने शक्‍तिलाई जनाउँछ ।
* राजाहरू र अन्य शासकहरूसित तिनीहरूले शासन गरिरहेका मानिसहरूमाथि अधिकार हुन्छ ।
* शब्द “अधिकारीहरू” ले अरू मानिसहरूमाथि हक भएका मानिस, सरकार वा संस्थालाई जनाउँछ ।
अनुवादका लागि सुझावहरूः
* “अधिकार” लाई “नियन्‍त्रण” वा “हक” वा “योग्यता” भनी अनुवाद गर्न सकिन्छ ।
* कहिले काहीँ “अधिकार” शब्दलाई “शक्‍ति” वा “क्षमता” को अर्थमा प्रयोग गरिन्छ ।
* मानिसहरूमाथि शासन गर्ने मानिसहरू र संस्थाहरूलाई जनाउन शब्द “अधिकारीहरू” को प्रयोग गर्दा यसलाई “अगुवाहरू” वा “शासकहरू” वा “शक्‍तिहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “उसको आफ्नै अधिकारमा” लाई “अगुवाइ गर्ने उसको आफ्नै हकसहित” वा “उसको आफ्नै योग्यताहरूमा आधारित रहेर” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
* कलस्सी ०२:१०-१२
* एस्तर ०९:२९
* उत्पत्ति ४१:३५-३६
* योना ०३:६-७
* लूका १२:४-५
* लूका २०:१-२
* मत्ती ०८:८-१०
* मत्ती २८:१८-१९
* तीतस ०३:१-२

43
bible/kt/baptize.md Normal file
View File

@ -0,0 +1,43 @@
# बप्‍तिस्मा दिनु, बप्‍तिस्मा
## परिभाषा:
नयाँ करारमा “बप्‍तिस्मा दिनु” र “बप्‍तिस्मा” शब्दहरूले साधारणतया एउटा ख्रीष्‍टियान पापबाट शुद्ध भई ख्रीष्‍टसित एक भएको छ भनी देखाउन उसलाई विधिपूर्वक पानीले नुहाइन्छ ।
* पानीको बप्‍तिस्माको अतिरिक्‍त बाइबलले “पवित्र आत्मामा बप्‍तिस्मा” र “आगोको बप्‍तिस्मा” बारे पनि बताउँछ ।
* ठुलो दुःखकष्‍टबाट भएर जाने कुरालाई जनाउन पनि बाइबलमा “बप्‍तिस्मा” शब्दलाई प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* एउटा व्यक्‍तिलाई पानीले कसरी बप्‍तिस्मा दिनुपर्छ भन्‍ने सम्बन्धमा ख्रीष्‍टियानहरूका बिचमा बेग्लाबेग्लै विचारहरू छन् । पानीलाई विभिन्‍न किसिमले प्रयोग गर्न मिल्ने गरी यस शब्दलाई सामान्य तवरले अनुवाद गर्नु सम्भवतः उत्तम हुन्छ ।
* सन्दर्भमा आधारित रहेर “बप्‍तिस्मा दिनु” लाई “शुद्ध पार्नु” वा “खन्याउनु” वा “डुबाउनु” वा “धुनु” वा “आत्मिक रूपमा शुद्ध पार्नु” भनी अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “तिमीहरूलाई पानीले बप्‍तिस्मा दिइन्छ” लाई “तिमीहरूलाई पानीमा डुबाइन्छ” भनी अनुवाद गर्न सकिन्छ ।
* “बप्‍तिस्मा” शब्दलाई “शुद्देइँ” वा “खन्यावट” वा “डुबाइ” वा “शुद्ध पार्ने काम” वा “आत्मिक धुवाइ” भनी अनुवाद गर्न सकिन्छ ।
* यसले दुःखकष्‍टलाई जनाउँदा “बप्‍तिस्मा” लाई “भयङ्कर दुःखकष्‍टको समय” वा “प्रचण्ड दुःखकष्‍टद्वारा शुद्देइँ” भनी अनुवाद गर्न सकिन्छ ।
* स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् ।
(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बप्‍तिस्मा-दिने यूहन्‍ना, पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०२:३७-३९
* प्रेरित ०८:३६-३८
* प्रेरित ०९:१७-१९
* प्रेरित १०:४६-४८
* लूका ०३:१५-१६
* मत्ती ०३:१३-१५
* मत्ती २८:१८-१९
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (२४-०३) मानिसहरूले यूहन्‍नाको सन्देश सुनेपछि तिनीहरूमध्ये धेरैले आ-आफ्ना पापबाट पश्‍चात्ताप गरे, अनि यूहन्‍नाले तिनीहरूलाई बप्‍तिस्मा दिए । धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाबाट बप्‍तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पापको पश्‍चात्ताप गरेनन् वा स्वीकार गरेनन् ।
* (२४-०६) अर्को दिन येशू यूहन्‍नाद्वारा बप्‍तिस्मा लिन आउनुभयो ।
* (२४-०७) यूहन्‍नाले येशूलाई भने, “तपाईंलाई बप्‍तिस्मा दिन म योग्य छैनँ । बरु, तपाईंले मलाई बप्‍तिस्मा दिनुपर्छ ।”
* (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।”
* (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका पाप क्षमा गरिदिनुभएको होस् ।”
* (४३-१२) पत्रुसले भनेको कुरालाई करिब तिन हजार मानिसले विश्‍वास गरे, र तिनीहरू येशूका चेलाहरू बने । तिनीहरूलाई बप्‍तिस्मा दिइयो, र तिनीहरू यरूशलेममा भएको मण्डलीका हिस्सा बने ।
* (४५-११) फिलिप र इथियोपियाली यात्रा गर्दै अगाडि बढ्दा तिनीहरू थोरै पानीनेर आइपुगे । इथियोपियालीले भने, “हेर्नुहोस्, यहाँ अलिकति पानी छ । मलाई बप्‍तिस्मा दिनुहुन्छ कि ?”
* (४६-०५) शाऊलले तुरुन्तै देख्‍न सके, र हननियाले तिनलाई बप्‍तिस्मा दिए ।
* (४९-१४) येशूमाथि विश्‍वास गरी बप्‍तिस्मा लिन उहाँले तपाईंहरूलाई निमन्‍त्रणा गर्नुहुन्छ ।

45
bible/kt/believe.md Normal file
View File

@ -0,0 +1,45 @@
# विश्‍वास गर्नु, मा विश्‍वास गर्नु, विश्‍वास
## परिभाषा:
शब्दहरू “विश्‍वास गर्नु” र “मा विश्‍वास गर्नु” सामीप्य रूपमा सम्बन्धित छन्, तर तिनका अर्थमा सुक्ष्म भिन्‍नताहरू छन् ।
१. विश्‍वास गर्नु
* कुनै कुरोलाई विश्‍वास गर्नु भनेको त्यो कुरो साँचो हो भनी मानिलिनु हो वा त्यसमा भरोसा गर्नु हो ।
* कसैलाई विश्‍वास गर्नु भनेको त्यस व्यक्‍तिले भनेको कुरो साँचो हो भनी पत्याउनु हो ।
२. मा विश्‍वास गर्नु
* कसै “मा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ त्यस व्यक्‍ति “मा भरोसा गर्नु ।” यसको अर्थ हुन्छ, कि त्यस व्यक्‍तिले आफू जो हुँ भन्छ ऊ त्यही हो, उसले सधैँ सत्य बोल्छ र उसले गर्छु भनी प्रतिज्ञा गरेको कुरो पुरा गर्छ भनी भरोसा गर्नु हो ।
* जब एउटा व्यक्‍तिले कुनै कुरामा साँच्‍चै विश्‍वास गर्छ, उसले त्यस विश्‍वासलाई देखाउने गरी गतिविधि गर्छ ।
* साधारणतया पदावली “मा विश्‍वास राख्‍नु” को अर्थ हुन्छः “मा विश्‍वास गर्नु ।”
* “येशूमा विश्‍वास गर्नु” को अर्थ हुन्छ‒ उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्छ; उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ जो मानिस बन्‍नुभयो र हाम्रा पापका मूल्य चुकाउन बलिदानस्वरूप मर्नुभयो भनी विश्‍वास गर्नु हो । यसको अर्थ हुन्छ, कि उहाँलाई मुक्‍तिदाताको रूपमा स्वीकार गरी उहाँलाई आदर दिने हिसाबले जिउनु हो ।
अनुवादका लागि सुझावहरूः
* “विश्‍वास गर्नु” लाई “साँचो हो भनी जान्‍नु” वा “ठिक हो भनी जान्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
* “मा विश्‍वास गर्नु” लाई “पूर्णतः भरोसा गर्नु” वा “भरोसा गर्नु र आज्ञा पालन गर्नु” वा “पूर्णतः भर परेर पछ्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः विश्‍वास, विश्‍वासी)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०३:२३-२४
* प्रेरित ०९:४०-४३
* प्रेरित २८:२३-२४
* उत्पत्ति १५:६-८
* उत्पत्ति ४५:२४-२६
* हबकूक ०१:५-७
* यूहन्‍ना ०१:१२-१३
* अय्यूब ०९:१६-१८
* मर्कूस ०१:१४-१५
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०३-०४) आउनेवाला जलप्रलयबारे नोआले मानिसहरूलाई चेताउनी दिए, र तिनीहरूलाई परमेश्‍वरकहाँ फर्कन आव्हान गरे, तर उनीहरूले तिनमा विश्‍वास गरेनन् ।
* (०४-०८) अब्रामले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरे । तिनले परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गरेकाले उहाँले तिनलाई धर्मी घोषणा गर्नुभयो ।
* (११-०२) परमेश्‍वरले उहाँमाथि विश्‍वास गर्ने जोकसैको पहिलो जन्मेकोलाई बचाउने तरिका उपलब्ध गराउनुभयो ।
* (११-०६) तर मिश्रीहरूले परमेश्‍वरलाई विश्‍वास गरेनन्, न त तिनीहरूले उहाँका आज्ञाहरू माने ।
* (३७-०५) येशूले जवाफ दिनुभयो, “पुनरुत्थान र जीवन म नै हुँ । ममा विश्‍वास गर्ने मर्‍यो भने पनि बाँच्‍नेछ । ममा विश्‍वास गर्ने कोही पनि कहिल्यै मर्नेछैन । के तिमीहरू यसलाई विश्‍वास गर्छौ ?”

28
bible/kt/beloved.md Normal file
View File

@ -0,0 +1,28 @@
# प्रिय
## परिभाषा:
“प्रिय” शब्द स्‍नेहको अभिव्यक्‍ति हो, जसले प्रेम गरिने वा कसैको लागि मायालु व्यक्‍तिको बयान गर्छ ।
* शब्द “प्रिय” को शाब्दिक अर्थ हुन्छ‒ “माया गरिएको (जन)” वा “(जसलाई) माया गरिन्छ ।”
* परमेश्‍वर येशूलाई “प्रिय पुत्र” भन्‍नुहुन्छ ।
* ख्रीष्‍टियान मण्डलीहरूलाई लेखिएका पत्रहरूमा प्रेरितहरूले आफ्ना सङ्गी विश्‍वासीहरूलाई बारम्बार “प्रिय” भनी सम्बोधन गरेका छन् ।
अनुवादका लागि सुझावहरूः
* यस शब्दलाई “प्रेम गरिएको” वा “प्रेम गरिएको जन” वा “राम्ररी प्रेम गरिएको” वा “ज्यादै मायालु” भनी अनुवाद गर्न सकिन्छ ।
* घनिष्‍ठ मित्रको चर्चा गर्दाको सन्दर्भमा यसलाई “मेरा स्‍नेही मित्र” वा “मेरा घनिष्‍ठ मित्र” भनी अनुवाद गर्न सकिन्छ । अङ्ग्रेजीमा “मेरा प्रिय मित्र पावल” वा “पावल, मेरा प्रिय मित्र हुन्” भन्‍नु स्वाभाविक नै हो । अन्य भाषाहरूले यसलाई अझै सामान्य रूपमा व्यक्‍त गर्न सक्छन् ।
* ख्याल राख्‍नुहोस्, कि शब्द “प्रिय” परमेश्‍वरको प्रेमको लागि प्रयोग गरिने शब्दबाट आएको हो, जुन सर्तविनाको, निस्वार्थी र बलिदानपूर्ण हुन्छ ।
(हेर्नुहोस्ः प्रेम)
* १ कोरिन्थी ०४:१४-१६
* १ यूहन्‍ना ०३:१-३
* १ यूहन्‍ना ०४:७-८
* मर्कूस ०१:९-११
* मर्कूस १२:६-७
* प्रकाश २०:९-१०
* रोमी १६:६-८
* श्रेष्‍ठगीत ०१:१२-१४
* श्रेष्‍ठगीत ०७:१०-११

24
bible/kt/birthright.md Normal file
View File

@ -0,0 +1,24 @@
# ज्येष्‍ठ-अधिकार
## परिभाषा:
बाइबलमा “ज्येष्‍ठ-अधिकार” शब्दले साधारणतया जेठो छोरोलाई दिइने इज्जत, पारिवारिक नाउँ र भौतिक सम्पत्तिलाई जनाउँछ ।
* जेठोलाई दिइने ज्येष्‍ठ-अधिकारमा पिताको पैतृक सम्पत्तिको दुई गुणा भाग पर्थ्यो ।
* राजाको मृत्युपश्‍चात् साधारणतया शासन गर्ने ज्येष्‍ठ-अधिकार जेठो छोरोलाई दिइन्थ्यो ।
* एसावले आफ्ना भाइ याकूबलाई आफ्नो ज्येष्‍ठ-अधिकार बेचे । यही कारणले गर्दा एसावको साटो याकूबले जेठोका आशिष्‍हरू प्राप्‍त गरे ।
* ज्येष्‍ठ-अधिकारमा जेठोको नाउँबाट नै परिवारका सन्तानहरूको नाउँ राख्‍ने इज्जत पनि पर्थ्यो ।
अनुवादका लागि सुझावहरूः
* “ज्येष्‍ठ-अधिकार” लाई “जेठोका हक र सम्पत्ति” वा “पारिवारिक इज्जत” वा “जेठोका अधिकार र पैतृक सम्पत्ति” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः जेठो, उत्तराधिकारी बन्‍नु, उत्तराधिकार, सम्पदा, उत्तराधिकारी, सन्तान)
बाइबलका सन्दर्भहरूः
* १ इतिहास ०५:१-३
* उत्पत्ति २५:३१-३४
* उत्पत्ति ४३:३२-३४
* हिब्रू १२:१४-१७

11
bible/kt/blameless.md Normal file
View File

@ -0,0 +1,11 @@
# खोट
## परिभाषा:
“खोट” शब्दले जनावर वा मानिसमा भएको शारीरिक कमजोरी वा असिद्धतालाई जनाउँछ । यसले मानिसहरूमा भएका आत्मिक असिद्धता र दोषहरूलाई पनि जनाउन सक्छ ।
* केही निश्‍चित बलिदानहरूका लागि परमेश्‍वरले इस्राएलीहरूलाई खोटरहित जनावर अर्पण गर्न निर्देशन दिनुभयो ।
* यो कसरी येशू ख्रीष्‍ट सिद्ध बलिदान वा पापरहित हुनुहुन्थ्यो भन्‍ने तस्बिर हो ।
* ख्रीष्‍टमा भएका विश्‍वासीहरू उहाँको रगतद्वारा शुद्ध पारिएका छन् । त्यसैले, तिनीहरूलाई खोटरहित मानिन्छ ।
* सन्दर्भमा आधारित रहेर यसलाई “दोष” वा “असिद्धता” वा “पाप” भनी अनुवाद गर्न सकिन्छ ।

30
bible/kt/blasphemy.md Normal file
View File

@ -0,0 +1,30 @@
# निन्दा, निन्दा गर्नु
## परिभाषा:
बाइबलमा “निन्दा” शब्दले परमेश्‍वर वा मानिसहरूलाई गहन अनादर देखाउने गरी बोल्ने कुरोलाई जनाउँछ । कसैको “निन्दा गर्नु” भनेको अरू मानिसहरूले उसको बारेमा गलत वा खराब विचार गरोस् भनी उसको विरुद्धमा बोल्नु हो ।
* अधिकांशतः परमेश्‍वरको निन्दा गर्नुको अर्थ हुन्छ, कि उहाँको बारेमा साँचो नभएका कुराहरू भनी उहाँको बदख्वाइँ गर्नु वा अपमान गर्नु अथवा उहाँको अनादर गर्ने गरी अनैतिक तवरले व्यवहार गर्नु हो ।
* मानिसले परमेश्‍वर हुँ भनी दाबी गर्नु वा एकबाहेक अर्को साँचो परमेश्‍वर छ भनी दाबी गर्नु ईश्‍वर-निन्दा गर्नु हो ।
* यसले मानिसहरूलाई उल्लेख गर्दा केही अङ्ग्रेजी अनुवादहरूले यसलाई “बदख्वाइँ” को रूपमा अनुवाद गर्छ ।
अनुवादका लागि सुझावहरूः
* “निन्दा गर्नु” लाई “को विरुद्धमा दुष्‍ट कुराहरू भन्‍नु” वा “परमेश्‍वरलाई अनादर गर्नु” वा “बदख्वाइँ गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* “निन्दा” लाई “अरूको बारेमा गलत किसिमले बोल्ने काम” वा “बदख्वाइँ” वा “झुटा हल्लाहरू फैलाउने काम” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः अनादर गर्नु, अनादरयोग्य, बदख्वाइँ, बदख्वाइँ गर्ने)
बाइबलका सन्दर्भहरूः
* १ तिमोथी ०१:१२-१४
* प्रेरित ०६:१०-११
* प्रेरित २६:९-११
* याकूब ०२:५-७
* यूहन्‍ना १०:३२-३३
* लूका १२:८-१०
* मत्ती १२:३१-३२
* मत्ती २६:६५-६६
* मर्कूस १४:६३-६५
* भजनसंग्रह ७४:९-११

47
bible/kt/bless.md Normal file
View File

@ -0,0 +1,47 @@
# आशिष् दिनु, आशिषित (धन्य), आशिष्
## परिभाषा:
कुनै व्यक्‍ति वा कुरोलाई “आशिष्” दिनुको अर्थ हुन्छ‒ आशिष् दिइएको व्यक्‍ति वा कुरोमा असल र फाइदाजनक कुराहरू ल्याउनु हो ।
* कसैलाई दिइने आशिष्‍मा त्यस व्यक्‍तिमा सकारात्मक र फाइदाजनक कुराहरू आऊन् भन्‍ने इच्छा व्यक्‍ति गरिन्छ ।
* बाइबलमा पिताले अक्सर आफ्ना छोराछोरीहरूमाथि औपचारिक आशिष्‍को घोषणा गर्थ्यो ।
* जब मानिसहरूले परमेश्‍वरलाई “आशिष्” दिन्छन् वा उहाँलाई आशिष् मिलोस् भन्‍ने इच्छा व्यक्‍त गर्छन्, यसको अर्थ हुन्छ कि तिनीहरूले उहाँको प्रशंसा गरिरहेका छन् ।
* क्रियापद “आशिष् दिनु” लाई कहिले काहीँ खाना खानुअगि त्यसलाई पवित्र पार्ने वा खानाको लागि परमेश्‍वरलाई धन्यवाद चढाउने सम्बन्धमा पनि प्रयोग गरिन्छ ।
तलको टिप्पणीबाटः “आशिष् दिनु” को मूल शब्दले खास गरी भौतिक चिजहरू वा शारीरिक स्वास्थ्य वा समृद्धिलाई अङ्कित गर्ने भएकोले यसलाई परिभाषित गर्नु वा यसैमा केन्द्रित हुनु वा यस शब्दलाई यसैमा मात्र सिमित गर्नु बुद्धिमानी हुँदैन । प्राचीन समयको लागि मात्र नभई वर्तमान समयको लागि पनि परमेश्‍वरको प्रेम, कृपा र अनुग्रहबारे धर्मशास्‍त्रमा अभिलिखित विस्तृत शिक्षालाई विचार गर्नुहोस् । परमेश्‍वरका आत्माका वास्ता, सुरक्षा र उपस्थितिलाई ख्याल गर्नुहोस् । हामी उहाँप्रति आज्ञाकारी हुन सिक्दै गर्दा हामीले उहाँलाई आशिष् दिन्छौँ, जसमा हामी उहाँलाई धन्यवाद दिन्छौँ, उहाँको तारिफ गर्छौं र उहाँलाई बुझ्छौँ ।
अनुवादका लागि सुझावहरूः
* “आशिष् दिनु” लाई “लाई पर्याप्‍त मात्रामा उपलब्ध गराउनु” वा “प्रति ज्यादै दयालु वा स्‍नेही हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
* “लाई परमेश्‍वरले महान् आशिष् ल्याउनुभएको छ” लाई “लाई परमेश्‍वरले धेरै असल कुराहरू दिनुभएको छ” वा “लाई परमेश्‍वरले पर्याप्‍त मात्रामा उपलब्ध गराउनुभएको छ” वा “परमेश्‍वरले धेरै असल कुराहरू हुन लगाउनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
* “ऊ आशिषित छ” लाई “उसले बेसरी लाभ पाउनेछ” वा “उसले असल कुराहरूको अनुभव गर्नेछ” वा “परमेश्‍वरले उन्‍नति गराउनुहुनेछ” भनी अनुवाद गर्न सकिन्छ ।
* “त्यो मानिस धन्यको हो जो” लाई “जो ...छ त्यो व्यक्‍तिको लागि यो कति असल कुरो हो” भनी अनुवाद गर्न सकिन्छ ।
* “प्रभुलाई आशिष् होस्” भन्‍नेजस्ता अभिव्यक्‍तिहरूलाई “प्रभुलाई स्तुति मिलोस्” वा “प्रभुको स्तुति होस्” वा “म प्रभुको स्तुति गर्छु” भनी अनुवाद गर्न सकिन्छ ।
* खानालाई आशिष् दिने सन्दर्भमा यसलाई “खानाको लागि परमेश्‍वरलाई धन्यवाद होस्” वा “खाना दिनुभएको लागि परमेश्‍वरलाई धन्यवाद होस्” वा “यसको लागि परमेश्‍वरको स्तुति गरी खाना पवित्र होस्” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः स्तुति)
बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी १०:१४-१७
* प्रेरित १३:३२-३४
* एफिसी ०१:३-४
* उत्पत्ति १४:१९-२०
* यशैया ४४:३-४
* याकूब ०१:२२-२५
* लूका ०६:२०-२१
* मत्ती २६:२६-
* नहेम्याह ०९:५-६
* रोमी ०४:९-१०
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०१-०७) परमेश्‍वरले देख्‍नुभयो कि यो असल थियो, र उहाँले तिनीहरूलाई आशिष् दिनुभयो ।
* (०१-१५) परमेश्‍वरले आदम र हव्वालाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो । उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “धेरै छोराछोरी र नाति नातिनीहरू जन्माओ अनि पृथ्वीलाई भर ।”
* (०१-१६) त्यसैले, आफूले गर्नुभएका सबै कामबाट परमेश्‍वरले विश्राम लिनुभयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो, र यसलाई पवित्र बनाउनुभयो किनकि यही दिनमा नै उहाँले आफ्ना कामबाट विश्राम लिनुभयो ।
* (०४-०४) “म तिम्रो नाउँलाई महान् तुल्याउनेछु । तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु । तिम्रै कारणले गर्दा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन् ।”
* (०४-०७) मल्कीसेदेकले अब्रामलाई आशिष् दिए र भने, “स्वर्ग र पृथ्वीका मालिक सर्वोच्‍च परमेश्‍वरले अब्रामलाई आशिष् दिऊन् ।”
* (०७-०३) इसहाकले आफ्नो आशिष् एसावलाई दिन चाहन्थे ।
* (०८-०५) झ्यालखानामा पनि योसेफ परमेश्‍वरप्रति विश्‍वासयोग्य रहे, र परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो ।

42
bible/kt/blood.md Normal file
View File

@ -0,0 +1,42 @@
# रगत
## परिभाषा:
“रगत” शब्दले व्यक्‍तिको छालामा चोट लाग्दा वा घाउ हुँदा त्यसबाट आउने रातो तरल पदार्थलाई जनाउँछ । रगतले नै व्यक्‍तिको सारा शरीरमा जीवन दिने पोषणहरू ल्याउने काम गर्छ ।
* रगत जीवनको प्रतीक हो । यसलाई बगाउँदा वा खन्याउँदा यसले जीवनको क्षति वा मृत्युलाई अङ्कित गर्छ ।
* मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउँदा तिनीहरूले जनावर मार्थे र रगतचाहिँ वेदीमा खन्याउँथे । यसले मानिसका पापको मूल्यको लागि जनावरको जीवनको बलिदानको खाँचोलाई अङ्कित गर्थ्यो ।
* क्रुसमा येशूको मृत्युद्वारा येशूको रगतले मानिसहरूका पापबाट तिनीहरूलाई साङ्केतिक रूपमा शुद्ध पार्छ र तिनीहरू ती पापको लागि जुन दण्डको भागिदार थिए, त्यसको मूल्य चुकाउँछ ।
* पदावली “देह र रगत” एउटा टुक्‍का हो, जसले मानवीय प्राणीहरूलाई जनाउँछ ।
* टुक्‍का “आफ्नै देह र रगत” ले रगतको नाता भएका मानिसहरूलाई जनाउँछ ।
अनुवादका लागि सुझावहरूः
* यस शब्दलाई अनुवाद गरिएको भाषामा रगतको लागि प्रयोग गरिने शब्दले अनुवाद गर्नुपर्छ ।
* टुक्‍का “देह र रगत” लाई “मानिसहरू” वा “मानवीय प्राणीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* सन्दर्भमा आधारित रहेर “मेरो आफ्नै देह र रगत” लाई “मेरो आफ्नै परिवार” वा “मेरा आफ्नै आफन्तहरू” वा “मेरा आफ्नै मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* अनुवाद गरिएको भाषामा यस अर्थ भएको टुक्‍काको प्रयोग गरिन्छ भने “देह र रगत” लाई अनुवाद गर्न त्यस टुक्‍काको प्रयोग गर्न सकिन्छ ।
(हेर्नुहोस्ः देह)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०१:५-७
* १ शमूएल १४:३१-३२
* प्रेरित ०२:२०-२१
* प्रेरित ०५:२६-२८
* कलस्सी ०१:१८-२०
* गलाती ०१:१५-१७
* उत्पत्ति ०४:१०-१२
* भजनसंग्रह १६:४
* भजनसंग्रह १०५:२८-३०
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०८-०३) योसेफका दाजुहरू घर फर्कनुअगि तिनीहरूले योसेफको लबेदालाई च्याते, र त्यसलाई बाख्राको रगतमा चोपे ।
* (१०-०३) परमेश्‍वरले नील नदीलाई रगतमा परिणत गरिदिनुभयो, तरै पनि फारोले अझै इस्राएलीहरूलाई जान दिएनन् ।
* (११-०५) इस्राएलीहरूका सबै घरका ढोकाहरूको वरिपरि रगत थियो । त्यसैले, परमेश्‍वर ती घरहरू भएर जानुभयो र त्यसभित्र भएको हरेक सुरक्षित रह्‍यो । थुमाको रगतको कारणले तिनीहरू बचाइए ।
* (१३-०९) बलिदान गरिएको जनावरको रगतले व्यक्‍तिको पाप ढाक्थ्यो, र परमेश्‍वरको दृष्‍टिमा त्यस व्यक्‍तिलाई शुद्ध पार्थ्यो ।
* (३८-०५) त्यसपछि येशूले कचौरा लिनुभयो र भन्‍नुभयो, “यसलाई पिओ । यो नयाँ करारको मेरो रगत हो जुन पाप-क्षमाको लागि बगाइन्छ ।”
* (४८-१०) जब कसैले येशूमा विश्‍वास राख्छ, तब येशूको रगतले त्यस व्यक्‍तिको पाप लैजान्छ र परमेश्‍वरको दण्ड उसमाथि पर्दैन ।

30
bible/kt/boast.md Normal file
View File

@ -0,0 +1,30 @@
# फाइँफुट्टी लगाउनु
## परिभाषा:
“फाइँफुट्टी लगाउनु” को अर्थ हुन्छ‒ कुनै कुरो वा व्यक्‍तिको विषयमा घमन्ड गरेर कुराकानी गर्नु । अक्सर यसको अर्थ हुन्छः आफ्नै बारेमा सेखी गर्नु ।
* “फाइँफुट्टे” व्यक्‍तिले आफ्नै बारेमा घमन्डी पाराले बोल्छ ।
* इस्राएलीहरूले तिनीहरूका मूर्तिहरूमा “फाइँफुट्टी” लगाएकाले परमेश्‍वरले तिनीहरूलाई हप्काउनुभयो । तिनीहरूले साँचो परमेश्‍वरलाई पुज्‍नुको साटो घमन्डी बनेर झुटा देवहरूको पूजा गरे ।
* मानिसहरूले तिनीहरूका धन सम्पत्ति, तिनीहरूका शक्‍ति, तिनीहरूका फल फलाउने जमिन र तिनीहरूका व्यवस्थाजस्ता चिजहरूमा फाइँफुट्टी लगाउँछन् भनेर पनि बाइबलले चर्चा गर्छ । यसको अर्थ हुन्छ, कि तिनीहरू यी थोकहरूबारे घमन्डी थिए र परमेश्‍वरले नै यी कुराहरू जुटाइदिनुभएको थियो भनी तिनीहरूले मानिलिएनन् ।
* यस्ता थोकहरूमा घमन्ड गर्नुको साटो तिनीहरूले परमेश्‍वरलाई चिनेका थिए भन्‍ने सत्यतामा तिनीहरूले घमन्ड गरून् वा गर्व गरून् भनी उहाँले तिनीहरूलाई अनुरोध गर्नुभयो ।
* प्रभुमा घमन्ड गर्ने विषयमा प्रेरित पावलले पनि उल्लेख गरेका छन्, जसको अर्थ हुन्छ कि परमेश्‍वरले गर्नुभएका सबै कुराको लागि उहाँप्रति धन्यवादी हुनुपर्छ वा त्यसमा खुसी हुनुपर्छ ।
अनुवादका लागि सुझावहरूः
* “फाइँफुट्टी लगाउनु” लाई “सेखी गर्नु” वा “घमन्ड गरेर कुराकानी गर्नु” वा “घमन्डी हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
* शब्द “फाइँफुट्टे” लाई “घमन्डी कुराकानीले भरिपूर्ण” वा “घमन्डी” वा “आफ्नो बारेमा घमन्डी भएर बोल्ने” भनी अनुवाद गर्न सकिन्छ ।
* परमेश्‍वरलाई चिनेको बारेमा घमन्ड गर्ने सन्दर्भमा यसलाई “मा गर्व गर्नु” वा “उचाल्नु” वा “बारेमा निकै खुसी हुनु” वा “बारेमा परमेश्‍वरलाई धन्यवाद दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
* केही भाषाहरूमा घमन्डको लागि दुईवटा शब्द छन्ः एउटा नकारात्मक कुराको लागि जसमा यसको अर्थ हुन्छ, अहङ्कारी हुनु र अर्को सकारात्मक कुराको लागि जसमा यसको अर्थ हुन्छ, व्यक्‍तिको काम, परिवार वा देशबारे गर्व गर्नु ।
(हेर्नुहोस्ः घमन्डी, घमन्ड)
बाइबलका सन्दर्भहरूः
* १ राजा २०:११-१२
* २ तिमोथी ०३:१-४
* गलाती ०६:११-१३
* याकूब ०३:१३-१४
* याकूब ०४:१५-१७
* भजनसंग्रह ४४:७-८

32
bible/kt/body.md Normal file
View File

@ -0,0 +1,32 @@
# शरीर
## परिभाषा:
शब्द “शरीर” ले शाब्दिक रूपमा व्यक्‍ति वा जनावरको देहलाई जनाउँछ । वस्तु वा कुनै समुदायमा भएका व्यक्‍तिहरूको पुरै समूहलाई जनाउन पनि यस शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिन्छ ।
* अक्सर शब्द “शरीर” ले मृत व्यक्‍ति वा जनावरलाई जनाउँछ । कहिले काहीँ यसलाई “मृत शरीर” वा “लाश” भनी उल्लेख गरिएको छ ।
* येशूले आफ्नो आखिरी निस्तार-चाडको भोजमा आफ्ना चेलाहरूलाई “यो (रोटी) मेरो शरीर हो” भनी बताउनुहुँदा उहाँले आफ्नै भौतिक शरीरलाई उल्लेख गर्दै हुनुहुन्थ्यो, जुन “तिनीहरूका पापको मूल्य चुकाउन भाँचिने (मारिने) थियो ।”
* बाइबलमा ख्रीष्‍टियानहरूलाई समूहको रूपमा “ख्रीष्‍टको शरीर” भनी उल्लेख गरिएको छ ।
* जसरी भौतिक शरीरका धेरै अङ्गहरू हुन्छन्, त्यसै गरी “ख्रीष्‍टको शरीर” का धेरै सदस्यहरू छन् ।
* परमेश्‍वरको सेवा गर्न र उहाँको महिमा गर्नका लागि पुरै समूहलाई मदत गर्न ख्रीष्‍टको शरीरमा हरेक व्यक्‍तिको विशेष काम हुन्छ ।
* येशूलाई पनि उहाँका विश्‍वासीहरूको “शरीर” को “शिर” (अगुवा) भनी उल्लेख गरिएको छ । जसरी के गर्ने भनेर व्यक्‍तिको शिरले बताउँछ, त्यसै गरी ख्रीष्‍टको “शरीर” का सदस्यहरू अर्थात् ख्रीष्‍टियानहरूलाई अगुवाइ गर्ने र निर्देशन गर्ने येशू हुनुहुन्छ ।
अनुवादका लागि सुझावहरूः
* अनुवाद गरिएको भाषामा भौतिक शरीरलाई उल्लेख गर्न प्रयोग गरिने सबैभन्दा सामान्य शब्दद्वारा यसको अनुवाद गर्नु उत्तम हुन्छ ।
* विश्‍वासीहरूलाई सामूहिक रूपमा जनाउँदा केही भाषाहरूमा “ख्रीष्‍टको आत्मिक शरीर” भनी अनुवाद गर्नु बढी स्वाभाविक र सठिक हुन्छ ।
* येशूले “यो मेरो शरीर हो” भनी बताउनुहुँदा यसलाई शाब्दिक रूपमा नै अनुवाद गर्नु उत्तम हुन्छ र आवश्यक भए यसमा व्याख्या गर्ने जानकारी दिन सकिन्छ ।
* केही भाषाहरूमा मृत शरीरलाई जनाउने छुट्टै शब्द हुन सक्छ (जस्तैः व्यक्‍तिको लागि “लाश/शव” वा जनावरको लागि “सिनो” ) । यसलाई अनुवाद गर्ने शब्द सन्दर्भमा अर्थयुक्‍त र स्वीकारयोग्य हुनुपर्छ भन्‍ने कुरोमा निश्‍चित हुनुहोस् ।
(हेर्नुहोस्ः शिर, आत्मा, आत्मिक)
बाइबलका सन्दर्भहरूः
* १ इतिहास १०:११-१२
* १ कोरिन्थी ०५:३-५
* एफिसी ०४:४-६
* न्यायकर्ता १४:७-९
* गन्ती ०६:६-८
* भजनसंग्रह ३१:८-९
* रोमी १२:४-५

31
bible/kt/bond.md Normal file
View File

@ -0,0 +1,31 @@
# बाँध्‍नु, बन्धन, बाँधिएको
## परिभाषा:
शब्द “बाँध्‍नु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई सुरक्षितसाथ बेर्नु वा कस्‍नु । बेरिएको वा कसिएको कुरोलाई “बन्धन” भनिन्छ ।
* “बाँधिएको” शब्दको अर्थ हुन्छः कुनै कुरो बेरिएको वा कस्सिएको ।
* “बन्धन” शब्दले बाँध्‍ने, सिमित गर्ने वा कैद गर्ने कुनै पनि कुरोलाई जनाउँछ । यसले साधारणतया भौतिक साङ्ला, सिक्री र डोरीलाई जनाउँछ जसले व्यक्‍तिलाई स्वतन्‍त्र हुनबाट रोक्‍ने काम गर्छ ।
* बाइबलको समयमा कैदीहरूलाई बाँध्‍न झ्यालखानाको ढुङ्गाको भित्ता वा भुइँमा डोरी वा साङ्लाहरू लगाइन्थे ।
* घाउलाई निको पार्न यसको वरिपरि कपडा बेर्ने सम्बन्धमा कुरा गर्न पनि “बाँध्‍नु” शब्दको प्रयोग गरिन्छ ।
* मृत व्यक्‍तिलाई अन्त्येष्‍टिको तयारीको लागि कपडाले “बाँधिन्छ ।”
* कसैलाई दास बनाउने वा नियन्‍त्रण गर्ने पापजस्तो कुरोलाई जनाउन पनि “बन्धन” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
* “बन्धन” मानिसहरूका बिचमा हुने घनिष्‍ठ सम्बन्ध पनि हुन सक्छ, जसमा तिनीहरूले एक अर्कालाई भावनात्मक, आत्मिक र भौतिक रूपमा सहयोग गर्छन् । यो विवाहको बन्धनको निम्ति पनि लागु हुन्छ ।
* उदाहरणको लागि, पति र पत्‍नी एक अर्कामा “बाँधिएका” हुन्छन् । यो एउटा यस्तो बन्धन हो, जुन टुटेको परमेश्‍वर चाहनुहुन्‍न ।
* एउटा व्यक्‍ति भाकलको लागि पनि “बाँधिन” सक्छ, जसको अर्थ हुन्छ कि उसले प्रतिज्ञा गरेको कुरो पुरा गर्न ऊ बाध्य छ ।
अनुवादका लागि सुझावहरू
* शब्द “बाँध्‍नु” लाई “कस्‍नु” वा “(वरिपरि) बेर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* आलङ्कारिक रूपमा यसलाई “नियन्‍त्रण गर्नु” वा “रोक्‍नु” वा “(कुनै कुरो) बाट जोगाउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* मत्ती १६ र १८ मा अभिलिखित “बाँध्‍नु” को विशेष प्रयोगको अर्थ हुन्छः “निषेध गर्नु” वा “अनुमति नदिनु ।”
* “बन्धन” शब्दलाई “साङ्ला” वा “डोरी” वा “सिक्री” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* आलङ्कारिक रूपमा “बन्धन” शब्दलाई “गाँठो” वा “जोडाइ” वा “घनिष्‍ठ सम्बन्ध” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “शान्तिको बन्धन” को अर्थ हुन्छ‒ “मिलेर बस्‍नु, जसले मानिसहरूलाई एक अर्कामा नजिकै ल्याउँछ” वा “शान्ति ल्याउने गरी सँगसँगै जोड्ने काम ।”
* “(पट्टी) बाँध्‍नु” लाई “वरिपरि बेर्नु” वा “पट्टी राख्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
* आफैलाई भाकलले “बाँध्‍नु” लाई “भाकल पुरा गर्ने प्रतिज्ञा गर्नु” वा “भाकल पुरा गर्न प्रतिबद्ध हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
* लेवी ०८:६-७

27
bible/kt/bornagain.md Normal file
View File

@ -0,0 +1,27 @@
# नयाँ गरी जन्मेको, परमेश्‍वरबाट जन्मेको, नयाँ जन्म
## परिभाषा:
परमेश्‍वरले आत्मिक रूपमा मरेको व्यक्‍तिलाई आत्मिक रूपमा जीवित तुल्याउन सक्‍नुहुन्छ भन्‍ने कुरो व्याख्या गर्न “नयाँ गरी जन्मेको” पदावलीलाई येशूद्वारा पहिलो पटक प्रयोग गरियो । पदावलीहरू “परमेश्‍वरबाट जन्मेको” र “पवित्र आत्माबाट जन्मेको” ले पनि नयाँ आत्मिक जीवन दिइएको व्यक्‍तिलाई जनाउँछन् ।
* सबै मानिस आत्मिक रूपमा मृत जन्मन्छन्, र तिनीहरूले येशू ख्रीष्‍टलाई आफ्ना मुक्‍तिदाताको रूपमा ग्रहण गर्दा “नयाँ जन्म” पाउँछन् ।
* आत्मिक नयाँ जन्मको क्षणमा परमेश्‍वरका पवित्र आत्मा नयाँ विश्‍वासीको जीवनमा बस्‍न सुरु गरी उसको जीवनमा असल आत्मिक फलाउन उसलाई सक्षम पार्नुहुन्छ ।
* व्यक्‍तिलाई नयाँ गरी जन्माउने र उहाँको सन्तान बनाउने काम परमेश्‍वरको हो ।
अनुवादका लागि सुझावहरूः
* “नयाँ गरी जन्मनु” लाई “फेरि जन्मनु” वा “आत्मिक रूपमा जन्मनु” भनी अनुवाद गर्न सकिन्छ ।
* यसलाई शाब्दिक रूपमा अनुवाद गरी अनुवाद गरिएको भाषामा जन्मको लागि प्रयोग गरिने सामान्य शब्दको प्रयोग गर्नु उत्तम हुन्छ ।
* पदावली “नयाँ जन्म” लाई “आत्मिक जन्म” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “परमेश्‍वरबाट जन्मेको” लाई “परमेश्‍वरबाट नयाँ जन्मेको बालकझैँ नयाँ जीवन दिइएको” वा “परमेश्‍वरद्वारा दिइएको नयाँ जीवन” भनी अनुवाद गर्न सकिन्छ ।
* त्यसै गरी, “पवित्र आत्माबाट जन्मेको” लाई “पवित्र आत्माद्वारा दिइएको नयाँ जीवन” वा “परमेश्‍वरको सन्तान बन्‍न पवित्र आत्माबाट सक्षम तुल्याइएको” वा “नयाँ जन्मेको बालकझैँ नयाँ जीवन प्राप्‍त गर्न पवित्र आत्माद्वारा सक्षम तुल्याइएको” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, उद्धार)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०३:९-१०
* १ पत्रुस ०१:३-५
* १ पत्रुस ०१:२२-२३
* यूहन्‍ना ०३:७-८

30
bible/kt/brother.md Normal file
View File

@ -0,0 +1,30 @@
# भाइ
## परिभाषा:
“भाइ” शब्दले साधारणतया एउट बुबा आमाबाट जन्मेका दुईमध्ये कान्छो व्यक्‍तिलाई जनाउँछ ।
* पुरानो करारमा उही कुल, कुटुम्ब वा जातिका आफन्तहरूको सामान्य सन्दर्भको रूपमा पनि शब्द “भाइहरू” लाई प्रयोग गरिएको छ ।
* ख्रीष्‍टमा सबै विश्‍वासी एउटै आत्मिक परिवारका सदस्यहरू हुन् र परमेश्‍वर तिनीहरूका स्वर्गीय पिता हुनुभएकाले नयाँ करारमा दुवै पुरुष र स्‍त्रीहरूलगायत सङ्गी ख्रीष्‍टियानहरूलाई उल्लेख गर्न प्रेरितहरूले अक्सर “भाइहरू” शब्दको प्रयोग गरेका छन् ।
* नयाँ करारका केही ठाउँमा सङ्गी स्‍त्री ख्रीष्‍टियानलाई निर्दिष्‍ट रूपमा उल्लेख गर्न वा पुरुष र स्‍त्री दुवै नै समावेश गरिएका छन् भनी जोड दिन प्रेरितहरूले “बहिनी” शब्दको प्रयोग गरेका छन् । उदाहरणको लागि, “कुनै भाइ या बहिना खाना वा कपडाको आवश्यकतामा छ” भनी उल्लेख गर्दा याकूब सबै विश्‍वासीको बारेमा बोल्दै छन् ।
अनुवादका लागि सुझावहरूः
* अनुवाद गरिएको भाषामा स्वाभाविक वा आफ्नै बुबा आमापट्टिको भाइलाई जनाउने शाब्दिक शब्दलाई उल्लेख गर्न सम्भव भएसम्म अनुवादमा त्यही शब्दको उल्लेख गर्नु उत्तम हुन्छ ।
* खास गरी पुरानो करारमा उही परिवार, कुटुम्ब वा जातिका सदस्यहरूलाई ज्यादै सामान्य रूपमा उल्लेख गर्न “भाइहरू” शब्दको प्रयोग हुँदा यसलाई “आफन्तहरू” वा “कुटुम्बका सदस्यहरू” वा “सङ्गी इस्राएलीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* ख्रीष्‍टमाथि ग्रहण गर्ने सङ्गी विश्‍वासीलाई उल्लेख गरेको सन्दर्भमा यस शब्दलाई “ख्रीष्‍टमा ग्रहण गर्ने भाइ” वा “आत्मिक भाइ” भनी अनुवाद गर्न सकिन्छ ।
* यदि पुरुष र स्‍त्री दुवैलाई उल्लेख गरिँदै छ र “भाइ” शब्दले गलत अर्थ दिन्छ भने स्‍त्री र पुरुष दुवैलाई समावेश गर्न प्रयोग गरिने आफन्तसम्बन्धी अझै सामान्य शब्दको प्रयोग गर्न सकिन्छ ।
* स्‍त्री र पुरुष दुवैलाई उल्लेख गर्ने गरी यसलाई “सङ्गी विश्‍वासीहरू” वा “ख्रीष्‍टियान दाजुभाइ तथा दिदी-बहिनीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* पुरुषहरूलाई मात्र उल्लेख गरिएको छ वा स्‍त्री र पुरुषहरू दुवैलाई उल्लेख गरिएको छ भन्‍नाका लागि सन्दर्भलाई जाँच्‍न नभुल्नुहोस् ।
(हेर्नुहोस्ः प्रेरित, बार्‍ह, एघार, परमेश्‍वर पिता, स्वर्गीय पिता, बहिनी, आत्मा, आत्मिक)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०७:२६-२८
* उत्पत्ति २९:९-१०
* लेवी १९:१७-१८
* नहेम्याह ०३:१-२
* फिलिप्पी ०४:२१-२३
* प्रकाश ०१:९-११

40
bible/kt/call.md Normal file
View File

@ -0,0 +1,40 @@
# बोलाउनु, बोलावट, बोलाइएको, डाक्‍नु
## परिभाषा:
शब्दहरू “बोलाउनु” र “डाक्‍नु” को शाब्दिक अर्थ हुन्छ‒ नजिकै नभएको व्यक्‍तिलाई ठुलो सोरले भन्‍नु । यी शब्दहरूका केही आलङ्कारिक अर्थहरू पनि छन् ।
* कसैलाई “डाक्‍नु” को अर्थ हुन्छ‒ टाढा भएको व्यक्‍तिलाई ठुलो सोरमा भन्‍नु । यसको अर्थ कसैलाई (खास गरी परमेश्‍वरलाई) सहायताको लागि अनुरोध गर्नु पनि हुन्छ ।
* बाइबलमा अक्सर “डाक्‍नु” को अर्थ हुन्छः “बोलाउनु” वा “आउन आज्ञा दिनु” वा “आउन अनुरोध गर्नु ।”
* परमेश्‍वरले मानिसहरूलाई उहाँको जाति हुन उहाँकहाँ डाक्‍नुहुन्छ । यो तिनीहरूको “बोलावट” हो ।
* परमेश्‍वरले मानिसहरूलाई उहाँका सन्तान हुन र येशूद्वारा उद्धारको सन्देश घोषणा गर्ने सेवकहरू हुन नियुक्‍त गर्नुभएको छ वा छान्‍नुभएको छ भन्‍ने अर्थमा बाइबलमा “बोलाइएको” शब्दलाई प्रयोग गरिएको छ ।
* कसैको नाउँ बोलाउने सन्दर्भमा पनि यस शब्दको प्रयोग गरिएको छ । उदाहरणको लागि, “उसलाई यूहन्‍ना भनेर डाकिन्छ,” जसको अर्थ हुन्छ, “उसको नाउँ यूहन्‍ना हो ।”
* लाई “को नाउँद्वारा बोलाइन्छ” को अर्थ हुन्छः “(उस) नाउँ दिइएको छ ।” परमेश्‍वरले आफ्ना मानिसहरूलाई उहाँको नाउँद्वारा डाक्‍नुभएको छ भनी उहाँ भन्‍नुहुन्छ ।
* “मैले तिम्रो नामै तोकेर बोलाएको छु” भन्‍ने वाक्यांशको अर्थ हुन्छः परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा व्यक्‍तिको नाउँ थाहा छ र उहाँले त्यसलाई खास तवरले चुन्‍नुभएको छ ।
अनुवादका लागि सुझावहरूः
* “बोलाउनु” शब्दलाई “डाक्‍नु” अर्थ भएको शब्दले अनुवाद गर्न सकिन्छ, जसमा जानाजानी वा उद्देश्यपूर्ण बोलावटको अवधारणा पर्छ ।
* “तपाईंलाई डाक्‍नु” लाई “सहायताको लागि तपाईंलाई अनुरोध गर्नु” वा “आकस्मिक रूपमा तपाईंलाई बिन्ती गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* परमेश्‍वरले हामीलाई उहाँका सेवकहरू हुन “बोलाउनुभएको” छ भनी बाइबलले बताउँदा यसलाई उहाँले हामीलाई उहाँका सेवकहरू हुन “विशेष रूपले छान्‍नुभएको छ” वा “नियुक्‍त गर्नुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
* “तपाईंले उसको नाउँ बोलाउनुपर्छ” लाई “तपाईंले उसको नाउँ तोक्‍नुपर्छ” भनी अनुवाद गर्न सकिन्छ ।
* “उसको नाउँ ... भनेर डाकिन्छ” लाई “उसको नाउँ ... हो” भनी अनुवाद गर्न सकिन्छ ।
* “डाक्‍नु” लाई “ठुलो सोरले भन्‍नु” वा “चिच्‍च्‍याउनु” वा “ठुलो सोर निकालेर भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ । यस शब्दलाई अनुवाद गर्न व्यक्‍ति रिसाएको छ भन्‍ने अर्थ आउनुहुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
* पदावली “तपाईंको बोलावट” लाई “तपाईंको उद्देश्य” वा “तपाईंको निम्ति परमेश्‍वरको उद्देश्य” वा “तपाईंको लागि परमेश्‍वरको विशेष काम” भनी अनुवाद गर्न सकिन्छ ।
* “प्रभुको नाउँ बोलाउनु” लाई “प्रभुको खोजी गरी उहाँमा भर पर्नु” वा “प्रभुमा भरोसा गरी उहाँप्रति आज्ञाकारी हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
* “चिच्‍च्‍याएर बोलाउनु” लाई “माग गर्नु” वा “अनुरोध गर्नु” वा “आज्ञा दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “तिमी मेरो नाउँद्वारा डाकिएका छौ” लाई “तिमी मेरा हौ भनी देखाउन मैले तिमीलाई मेरो नाउँ दिएको छु” भनी अनुवाद गर्न सकिन्छ ।
* “मैले तिमीलाई नामै तोकेर डाकेको छु” भनी परमेश्‍वरले भन्‍नुहुँदा यसलाई “मैले तिम्रो नाउँ जानेको छु र तिमीलाई छानेको छु” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना)
बाइबलका सन्दर्भहरूः
* १ राजा १८:२२-२४
* १ थेसलोनिकी ०४:७-८
* २ तिमोथी ०१:८-११
* एफिसी ०४:१-३
* गलाती ०१:१५-१७
* मत्ती ०२:१३-१५
* फिलिप्पी ०३:१२-१४

11
bible/kt/centurion.md Normal file
View File

@ -0,0 +1,11 @@
# कप्‍तान
## परिभाषा:
कप्‍तान एक रोमी सेनाका अधिकारी हुन्थे, जसको अधीनमा १०० जना सिपाहीको समूह हुन्थ्यो ।
* यसलाई “एक सय जना मानिसका अगुवा” वा “सेनाका अगुवा” वा “एक सय जनाको जिम्मामा भएका अधिकारी” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* आफ्नो नोकरको चङ्गाइको लागि अनुरोध गर्न एक जना रोमी कप्‍तान येशूकहाँ आए ।
* येशूको क्रुसारोहणको जिम्मा लिएका कप्‍तानले येशूको मृत्युको शैलीलाई देख्दा तिनी छक्‍क परे ।
* परमेश्‍वरले एक जना कप्‍तानलाई पत्रुसकहाँ पठाउनुभयो, ताकि पत्रुसले तिनलाई येशूको बारेमा भएको शुभ खबर बताउन सकून् ।

34
bible/kt/children.md Normal file
View File

@ -0,0 +1,34 @@
# सन्तानहरू, सन्तान
## परिभाषा:
बाइबलमा जवान वा शिशुलाई जनाउन साधारणतया “सन्तान” शब्दलाई अक्सर प्रयोग गरिएको छ । “सन्तानहरू” बहुवचन रूप हो र यसका केही आलङ्कारिक प्रयोगहरू छन् ।
* बाइबलमा चेलाहरू वा अनुयायीहरूलाई कहिले काहीँ “सन्तानहरू” भनिएको छ ।
* अक्सर व्यक्‍तिका छोराछोरीहरूलाई जनाउन “सन्तानहरू” शब्दको प्रयोग गरिन्‍छ ।
* पदावली “का सन्तान” ले कुनै कुरोको विशेषता जाहेर गर्न सक्छ । यसका केही उदाहरणहरू निम्‍न लिखित छन्ः
* ज्योतिका सन्तान
* आज्ञाकारिताका सन्तान
* दुष्‍टका सन्तान
* आत्मिक सन्तानहरूजस्ता मानिसहरूलाई जनाउन पनि यस शब्दको प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि, “परमेश्‍वरका सन्तानहरू” ले ती मानिसहरूलाई जनाउँछ, जो येशूमा राखेको विश्‍वासद्वारा परमेश्‍वरका भएका छन् ।
अनुवादका लागि सुझावहरूः
* यस शब्दले व्यक्‍तिका छोराछोरीका नाति नातिनीहरू वा नाति नातिनीहरूका नाति नातिनीहरूलाई जनाउँदा “सन्तानहरू” लाई “सन्ततिहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* सन्दर्भमा आधारित रहेर “का सन्तान” लाई “को विशेषता भएका मानिसहरू” वा “जस्तै व्यवहार गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* सम्भव भएमा पदावली “परमेश्‍वरका सन्तान” लाई शाब्दिक रूपमा नै अनुवाद गरिनुपर्छ, किनकि परमेश्‍वर हाम्रा स्वर्गीय पिता हुनुहुन्छ भन्‍ने विषय एउटा महत्त्वपूर्ण बाइबलीय विषय हो । यसको सम्भाव्य वैकल्पिक अनुवादहरूमा “परमेश्‍वरका मानिसहरू” वा “परमेश्‍वरका आत्मिक सन्तान” हुन सक्छन् ।
* येशूले आफ्ना चेलाहरूलाई “सन्तान” भनी बोलाउनुहुँदा यसलाई “प्रिय मित्रहरू” वा “मेरा प्रिय चेलाहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* पावल र यूहन्‍नाले येशूमा ग्रहण गर्ने विश्‍वासीहरूलाई “सन्तानहरू” भनी उल्लेख गर्दा यसलाई “प्रिय सङ्गी विश्‍वासीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “प्रतिज्ञाका सन्तान” लाई “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः सन्तति, प्रतिज्ञा, पुत्र, आत्मा, आत्मिक, विश्‍वासी, प्रिय, अन्य)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०२:२७-२९
* ३ यूहन्‍ना ०१:१-४
* गलाती ०४:१९-२०
* उत्पत्ति ४५:९-११
* यहोशू ०८:३४-३५
* नहेम्याह ०५:४-५

50
bible/kt/christ.md Normal file
View File

@ -0,0 +1,50 @@
# ख्रीष्‍ट, मसीह
## परिभाषा:
शब्दहरू “मसीह” र “ख्रीष्‍ट” को अर्थ हुन्छः “अभिषिक्‍त जन ।” यसले येशू अर्थात् परमेश्‍वरका पुत्रलाई जनाउँछ ।
* नयाँ करारमा परमेश्‍वरका पुत्रलाई जनाउन “मसीह” र “ख्रीष्‍ट” दुवै शब्दको प्रयोग गरिएका छन् । आफ्ना मानिसहरूमाथि राजा भई शासन गर्न अनि तिनीहरूलाई पाप र मृत्युबाट बचाउन परमेश्‍वर पिताले उहाँलाई नै नियुक्‍त गर्नुभएको छ ।
* मसीह यस पृथ्वीमा आउनुभन्दा सयौँ वर्षअगि पुरानो करारमा अगमवक्‍ताहरूले उहाँको बारेमा भविष्यवाणीहरू लेखे ।
* आउनेवाल मसीहलाई जनाउन पुरानो करारमा अक्सर “अभिषिक्‍त (जन)” अर्थ दिने शब्दको प्रयोग गरिएको छ ।
* येशूले तीमध्ये धेरै भविष्यवाणीहरूलाई पुरा गर्नुभयो र धेरै आश्यचर्यकर्महरू गर्नुभयो, जसद्वारा उहाँले आफैलाई मसीहको रूपमा प्रमाणित गरिदिनुभयो । बाँकी भविष्यवाणीहरू उहाँ फर्कनुहुँदा पुरा हुनेछन् ।
* “ख्रीष्‍ट” शब्दलाई अक्सर पदको रूपमा प्रयोग गरिएको छ, जस्तैः “ख्रीष्‍ट येशू ।”
* “ख्रीष्‍ट” शब्द उहाँको नाउँको भागको रूपमा पनि प्रयोग हुन आयो, जस्तैः “ख्रीष्‍ट येशू ।”
अनुवादका लागि सुझावहरूः
* यस शब्दको अर्थ “अभिषिक्‍त जन” वा “परमेश्‍वरबाट नियुक्‍त मुक्‍तिदाता” को प्रयोग गरेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
* धेरै भाषाहरूले “ख्रीष्‍ट” वा “मसीह” जस्तै देखिने वा सुनिने लिप्यन्तर गरिएको शब्दको प्रयोग गर्छन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
* लिप्यन्तर गरिएको शब्दमा परिभाषित गर्ने शब्दलाई थप्‍न सकिन्छ, जस्तैः “ख्रीष्‍ट अर्थात् अभिषिक्‍त जन”
* एउटै शब्दको उल्लेख गरिँदै छ भन्‍नाका लागि बाइबलभरि नै यस शब्दको अनुवादमा एकरुपता ल्याउनुहोस् ।
* उही पदमा “मसीह” र “ख्रीष्‍ट” प्रयुक्‍त भएका सन्दर्भहरू (जस्तैः यूहन्‍ना १:४१) मा तिनको अनुवादलाई राम्ररी ध्यान दिनुहोस् ।
(हेर्नुहोस्ः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः परमेश्‍वरका पुत्र, पुत्र, दाऊद, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, अभिषेक गर्नु, अभिषिक्‍त)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०५:१-३
* प्रेरित ०२:३४-३६
* प्रेरित ०५:४०-४२
* यूहन्‍ना ०१:४०-४२
* यूहन्‍ना ०३:२७-२८
* यूहन्‍ना ०४:२५-२६
* लूका ०२:१०-१२
* मत्ती ०१:१५-१७
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (१७-०७) मसीह परमेश्‍वरका छानिनुभएका जन हुनुहुन्थ्यो जसले संसारका मानिसहरूलाई पापबाट बचाउनुहुने थियो ।
* (१७-०८) मसीह आउनुभन्दा धेरै लामो समयसम्म अर्थात् करिब १, वर्षसम्म इस्राएलीहरूले पर्खनुपर्ने थियो ।
* (२१-०१) सुरुबाट नै परमेश्‍वरले मसीह पठाउनुहुने योजना बनाउनुभयो ।
* (२१-०४) मसीह दाऊदकै एक सन्तान हुनुहुने थियो भनी परमेश्‍वरले राजा दाऊदसित प्रतिज्ञा गर्नुभयो ।
* (२१-०५) मसीहले नयाँ करारको थालनी गर्नुहुने थियो ।
* (२१-०६) मसीह अगमवक्‍ता, पूजाहारी र राजा हुनुहुने थियो भनेर पनि परमेश्‍वरका अगमवक्‍ताहरूले बताए ।
* (२१-०९) मसीह कन्याबाट जन्मनुहुने थियो भनी यशैया अगमवक्‍ताले भविष्यवाणी गरे ।
* (४३-०७) “तर परमेश्‍वरले यसो भन्‍ने भविष्यवाणी पुरा गर्न उहाँलाई फेरि जीवित पार्नुभयो, ‘तपाईंले आफ्ना पवित्र जनलाई चिहानमा कुहुन दिनुहुनेछैन’ ।”
* (४३-०९) “तर निश्‍चित हुनुहोस् कि परमेश्‍वरले येशूलाई प्रभु र मसीह दुवै बनाउनुभएको छ ।”
* (४३-११) पत्रुसले जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनुहोस् ताकि परमेश्‍वरले तपाईंका पाप क्षमा गरिदिऊन् ।”
* (४६-०६) येशू नै मसीह हुनुहुन्थ्यो भनी प्रमाणित गर्दै शाऊलले यहूदीहरूसित तर्क वितर्क गरे ।

37
bible/kt/christian.md Normal file
View File

@ -0,0 +1,37 @@
# ख्रीष्‍टियान
## परिभाषा:
येशू स्वर्ग फर्कनुभएको केही समयपश्‍चात् मानिसहरूले “ख्रीष्‍टियान” नाउँको रचना गरे जसको अर्थ हुन्छ, “ख्रीष्‍टका अनुयायीहरू ।”
* एन्टिओखिया सहरमा येशूका अनुयायीहरू पहिलो पटक “ख्रीष्‍टियानहरू” भनिए ।
* ख्रीष्‍टियान त्यो व्यक्‍ति हो जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्छ र उसका पापबाट बच्‍न उसले येशूमाथि भरोसा राख्‍छ ।
* आधुनिक समयमा “ख्रीष्‍टियान” शब्दलाई अक्सर ख्रीष्‍टियान धर्मसित परिचित गराउने तर येशूलाई वास्तवमै नपछ्याउने व्यक्‍तिको लागि प्रयोग गरिन्छ । बाइबलमा यो “ख्रीष्‍टियान” शब्दको अर्थ होइन ।
* बाइबलमा “ख्रीष्‍टियान” शब्दले सधैँ येशूमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्‍तिलाई उल्लेख गर्ने भएकोले एउटा ख्रीष्‍टियानलाई “विश्‍वासी” भनिएको हो ।
अनुवादका लागि सुझावहरूः
* यस शब्दलाई “ख्रीष्‍टको अनुयायी” वा “ख्रीष्‍टलाई पछ्याउने” वा सम्भवतः “ख्रीष्‍टजस्तै” भनी अनुवाद गर्न सकिन्छ ।
* चेला वा प्रेरितको लागि प्रयोग गरिने शब्दहरूभन्दा यसको लागि प्रयोग गरिने शब्द फरक हुनुपर्छ भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
* यस शब्दले केही समूहहरूलाई मात्र नभई येशूमा विश्‍वास गर्ने हरेकलाई जनाउनुपर्छ भन्‍ने कुरमा होसियार हुनुहोस् ।
* स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिएको छ भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एन्टिओखिया, ख्रीष्‍ट, मसीह, मण्डली, चेला, विश्‍वासी, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, परमेश्‍वरका पुत्र, पुत्र)
बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी ०६:७-८
* १ पत्रुस ०४:१५-१६
* प्रेरित ११:२५-२६
* प्रेरित २६:२७-२९
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (४६-०९) एन्टिओखियामा येशूमा ग्रहण गर्ने विश्‍वासीहरू पहिलो पटक “ख्रीष्‍टियानहरू” भनिए ।
* (४७-१४) येशूको बारेमा भएको शुभ खबर मानिसहरूलाई प्रचार गर्दै र सिकाउँदै पावल र अन्य ख्रीष्‍टियान अगुवाहरू धेरै सहरहरूमा गए ।
* (४९-१५) तपाईंले येशूमा र उहाँले तपाईंका निम्ति गर्नुभएका कुरामा विश्‍वास गर्नुभयो भने तपाईं ख्रीष्‍टियान हुनुहुन्छ ।
* (४९-१६) तपाईं ख्रीष्‍टियान हुनुहुन्छ भने येशूले गर्नुभएका कामको कारणले परमेश्‍वरले तपाईंका पापलाई क्षमा गरिदिनुभएको छ ।
* (४९-१७) तपाईं ख्रीष्‍टियान हुनुभए तापनि तपाईं अझै पनि पाप गर्ने परीक्षामा पर्न सक्‍नुहुन्छ ।
* (५०-०३) येशू स्वर्गमा फर्कनुअगि कहिल्यै शुभ खबर नसुनेका मानिसहरूलाई त्यसको प्रचार गर्न उहाँले ख्रीष्‍टियानहरूलाई आज्ञा दिनुभयो ।
* (५०-११) जब येशू फर्कनुहुन्छ तब मरेको हरेक ख्रीष्‍टियान मृतकहरूबाट जीवित भई उहाँलाई आकाशमा भेट्न जानेछ ।

39
bible/kt/church.md Normal file
View File

@ -0,0 +1,39 @@
# मण्डली
## परिभाषा:
नयाँ करारमा “मण्डली” शब्दले येशूमा ग्रहण गर्ने मानिसहरूको समूहलाई जनाउँछ । प्रार्थना गर्न र प्रचार गरिएको परमेश्‍वरको वचन सुन्‍न नियमित रूपमा सँगसँगै जम्मा हुने विश्‍वासीहरूको समूहलाई “स्थानीय मण्डली” भनिन्छ भने सबै विश्‍वासीहरूको समूहलाई “विश्‍वव्यापी मण्डली” भनिन्छ ।
* शाब्दिक रूपमा यस शब्दले “बोलाइएका” मानिसहरूको सभा वा समूहलाई जनाउँछ जो विशेष उद्देश्यको लागि सँगसँगै जम्मा हुन्छन् ।
* ख्रीष्‍टको सम्पूर्ण देहमा हरेक ठाउँमा भएका सबै विश्‍वासीलाई जनाउन पनि यही शब्द अर्थात् मण्डलीको प्रयोग गरिन्छ ।
* अक्सर विश्‍वासीहरू कुनै सहरमा अवस्थित कसैको घरमा सँगसँगै जम्मा हुन्थे । यी स्थानीय मण्डलीहरूलाई त्यही सहरको नाउँ दिइएको हुन्थ्यो, जस्तैः “एफिससको मण्डली ।”
* बाइबलमा “मण्डली” शब्दले भवनलाई उल्लेख गर्दैन ।
अनुवादका लागि सुझावहरूः
* “मण्डली” शब्दलाई “एकै ठाउँमा जम्मा भएको भेला” वा “सभा” वा “विश्‍वासीहरू” वा “सँगसँगै जम्मा हुनेहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* यस शब्दलाई अनुवाद गर्न प्रयोग गरिएको शब्द वा पदावलीले एउटा सानो समूहलाई मात्र नभएर सबै विश्‍वासीलाई पनि जनाउन सक्‍नुपर्छ ।
* “मण्डली” शब्दले भवनलाई मात्र उल्लेख गर्दैन भन्‍ने कुरोमा निश्‍चित हुनुहोस् ।
* पुरानो करारमा “भेला” लाई अनुवाद गर्न प्रयोग गरिएको शब्दलाई यस शब्दको अनुवादको लागि पनि प्रयोग गर्न सकिन्छ ।
* स्थानीय वा राष्‍ट्रिय बाइबल अनुवादमा यसलाई कसरी अनुवाद गरिएको छ भनी ख्याल गर्नुहोस् (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी ०५:११-१३
* १ थेसलोनिकी ०२:१४-१६
* १ तिमोथी ०३:४-५
* प्रेरित ०९:३१-३२
* प्रेरित १५:३९-४१
* कलस्सी ०४:१५-१७
* एफिसी ०५:२२-२४
* मत्ती १६:१७-१८
* फिलिप्पी ०४:१४-१७
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (४३-१२) पत्रुसले भनेका कुरामा करिब तिन हजार मानिसले विश्‍वास गरे, र तिनीहरू येशूका चेलाहरू बने । तिनीहरूलाई बप्‍तिस्मा दिइयो र तिनीहरू यरूशलेमको मण्डलीको हिस्सा बने ।
* (४६-०९) एन्टिओखियाका अधिकांश मानिसहरू यहूदीहरू नभए तापनि पहिलो पटक तिनीहरूमध्ये धेरै जना विश्‍वासी बने । यी नयाँ विश्‍वासीहरूलाई येशूको बारेमा थप सिकाउन र मण्डलीलाई दह्लिो बनाउन बारनाबास र शाऊल त्यहाँ गए ।
* (४६-१०) त्यसैले, एन्टिओखियाको मण्डलीले बारनाबास र शाऊलका निम्ति प्रार्थना गरे, र तिनीहरूमाथि आ-आफ्ना हात राखे । त्यसपछि धेरै अन्य ठाउँहरूमा येशूको शुभ खबर प्रचार गर्नका लागि तिनीहरूले उनीहरूलाई पठाए ।
* (४७-१३) येशूको बारेमा भएको शुभ खबर फैलँदै गयो र मण्डली बढिरह्‍यो ।
* (५०-०१) लगभग दुई हजार वर्षसम्म संसारको चारैतिर धेरैभन्दा धेरै मानिसहरूले येशू मसीहको बारेमा भएको शुभ खबरलाई सुन्दै आएका छन् । मण्डली वृद्धि भइरहेको छ ।

41
bible/kt/circumcise.md Normal file
View File

@ -0,0 +1,41 @@
# खतना गर्नु, खतना
## परिभाषा:
“खतना गर्नु” को अर्थ हुन्छ‒ पुरुष वा बच्‍चाको लिङ्गको टुप्पो ढाक्‍ने छालाको भागलाई काटेर फ्याँक्‍नु । यससँग सम्बन्धित रहेर खतनाको विधि गरिन्छ ।
* परमेश्‍वरले बाँध्‍नुभएको करारको चिन्हस्वरूप अब्राहामको परिवार र तिनका दासहरू सबैको खतना गर्न परमेश्‍वरले तिनलाई आज्ञा दिनुभयो ।
* अब्राहामको घरानामा जन्मने हरेक पुरुषले पनि यस विधिलाई पालन गरेको हुनुपर्थ्यो भनी परमेश्‍वरले तिनलाई आज्ञा दिनुभयो ।
* पदावली “ह्दयको खतना” ले आलङ्कारिक रूपमा व्यक्‍तिको जीवनबाट पापको अपसारण (हटाउने कार्य) वा “मिल्काउने कार्य” लाई जनाउँछ ।
* आत्मिक अर्थमा “खतनावालहरू” ले ती मानिसहरूलाई जनाउँछन् जसलाई परमेश्‍वरले येशूको रगतले पापबाट शुद्ध पार्नुभएको छ र ती उहाँका मानिसहरू भएका छन् ।
* “बेखतनावालहरू” ले शारीरिक रूपमा खतना नगरिएका मानिसहरूलाई जनाउँछ । परमेश्‍वरसित सम्बन्ध नभएका आत्मिक रूपमा खतना नगरिएकाहरूलाई जनाउन पनि यसलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* अनुवाद गरिएको भाषाको संस्कृतिमा पुरुषहरूको खतना गरिन्छ भने, यसको लागि प्रयोग गरिने शब्दले यसको अनुवाद गरिनुपर्छ ।
* “वरिपरि काट्नु” वा “वृत्ताकारमा काट्नु” वा “लिङ्गको टुप्पोको छालाको भाग काट्नु” आदिजस्ता पदावलीहरू यसका सम्भाव्य अनुवादहरू हुन् ।
* खतना ज्ञात नभएका संस्कृतिहरूमा पादटिप्पणी (फुटनोट) वा पारिभाषिक शब्दावलीमा यसको व्याख्या गर्नुपर्ने हुन सक्छ ।
* यसलाई अनुवाद गर्न प्रयोग गरिएको शब्दले स्‍त्रीहरूलाई जनाउनु हुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । यसले “पुरुष” लाई मात्र जनाउने शब्दसहित अनुवाद गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ ।
(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः बेखतनावालहरू, बेखतना, करार)
बाइबलका सन्दर्भहरूः
* प्रेरित १०:४४-४५
* प्रेरित ११:१-३
* प्रेरित १५:१-२
* कलस्सी ०२:१०-१२
* प्रस्थान १२:४७-४८
* गलाती ०५:३-४
* उत्पत्ति १७:९-११
* उत्पत्ति १७:१२-१४
* यहोशू ०५:२-३
* फिलिप्पी ०३:१-३
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०५-०३) “तिमीले तिम्रो घरको हरेक पुरुषको खतना गर्नुपर्छ ।”
* (०५-०५) त्यस दिन अब्राहामले आफ्नो घरानामा भएका सबै पुरुषको खतना गरे ।

32
bible/kt/clean.md Normal file
View File

@ -0,0 +1,32 @@
# शुद्ध पार्नु, शुद्ध
## परिभाषा:
क्रियापद “शुद्ध पार्नु” को शाब्दिक अर्थ हुन्छ‒ कुनै धुलो वा दाग नराख्‍नु । बाइबलमा “चोखो,” “पवित्र” वा “पापबाट मुक्‍त” भन्‍ने अर्थमा यसलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
* “शुद्ध” शब्द कुनै कुरोलाई “शुद्ध पार्ने” प्रक्रिया हो । यसलाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* पुरानो करारमा कुन-कुन जनावरहरू “शुद्ध” थिए र कुन-कुन जनावरहरू “अशुद्ध” थिए भनी परमेश्‍वरले इस्राएलीहरूलाई बताउनुभयो । खान र बलिदानको लागि केवल शुद्ध जनावरहरूको प्रयोग गर्न अनुमति दिइएको थियो । यस सन्दर्भमा “शुद्ध” शब्दको अर्थ हुन्छ, कि जनावर बलिदानको प्रयोगको लागि परमेश्‍वरमा स्वीकारयोग्य छ ।
* कुनै छालाको रोग भएको व्यक्‍तिलाई त्यस बेलासम्म अशुद्ध मानिन्थ्यो जुन बेलासम्म उसको रोग नसर्ने गरी चङ्गाइ हुँदैनथ्यो ।
* व्यक्‍तिलाई फेरि “शुद्ध” भनी घोषणा गर्न छालालाई शुद्ध पार्न निर्देशनहरू दिइएका थिए जसको पालना गरिनुपर्थ्यो ।
* कहिले काहीँ नैतिक शुद्धतालाई जनाउन “शुद्ध” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* “शुद्ध” वा “चोखो” (फोहोर नभएको अर्थमा) को लागि प्रयोग गरिने सामान्य शब्दबाट यसको अनुवाद गर्न सकिन्छ ।
* “विधिपूर्वक शुद्ध” वा “परमेश्‍वरको अगि स्वीकारयोग्य” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
* “शुद्ध पार्नु” लाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
* “शुद्ध पार्नु” वा “चोखो तुल्याउनु” को लागि प्रयोग गरिएका शब्दहरूले आलङ्कारिक अर्थ पनि देओस् भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
(हेर्नुहोस्ः पवित्र, पवित्रता, अशुद्ध, बलिदान, भेटी)
बाइबलका सन्दर्भहरूः
* व्यवस्था १२:१५-१६
* इजकिएल २४:१३
* उत्पत्ति ०७:१-३
* उत्पत्ति ०७:८-१०
* याकूब ०४:८-१०
* लूका ०५:१२-१३
* हितोपदेश २०:२९-३०
* भजनसंग्रह ५१:७-९

10
bible/kt/command.md Normal file
View File

@ -0,0 +1,10 @@
# आज्ञा, आज्ञा दिनु, निर्देश
## परिभाषा:
क्रियापद “आज्ञा दिनु” को अर्थ हुन्छ‒ कुनै काम गर्न कसैलाई आदेश दिनु । आज्ञा कुनै काम गर्न व्‍यक्‍तिलाई दिइने आदेश हो ।
* आधारभूत रूपमा यी शब्दहरूको उही अर्थ भए तापनि “आज्ञा” ले अक्सर परमेश्‍वरका निश्‍चित आदेशहरूलाई जनाउँछ, जुन अझै औपचारिक र स्थायी हुन्छन्, जस्तैः दस आज्ञा ।
* निर्देश वा आज्ञा सकारात्मक (आफ्ना आमा बाबुको आदर गर) वा नकारात्मक (चोरी नगर) हुन सक्छ ।
* “आज्ञालाई हातमा लिनु” को अर्थ हुन्छः कुनै व्‍यक्‍ति वा कुनै कुरोलाई “नियन्‍त्रणमा लिनु” वा “जिम्मेवारी हुनु ।”

25
bible/kt/compassion.md Normal file
View File

@ -0,0 +1,25 @@
# दया, दयालु
## परिभाषा:
“दया” शब्दले खास गरी दुःखकष्‍ट पाइरहेका मानिसहरूप्रति देखाइने फिक्रीको महसुसलाई जनाउँछ । “दयालु” व्यक्‍तिले अरू मानिसहरूको वास्ता गरी तिनीहरूलाई मदत गर्छ ।
* “दया” शब्दमा साधारणतया खाँचोमा परेका मानिसहरूको वास्ता गर्ने र तिनीहरूलाई मदत गर्ने कुरो पर्छ ।
* बाइबलले बताउँछ कि परमेश्‍वर दयालु हुनुहुन्छ, जसको अर्थ हुन्छ कि उहाँ प्रेम र कृपाले भरिपूर्ण हुनुहुन्छ ।
* कलस्सीहरूलाई लेखिएको आफ्‍नो पत्रमा पावल तिनीहरूलाई दयाले भरपुर हुन निर्देशन दिन्छन् । मानिसहरूको वास्ता गरी खाँचोमा परेकाहरूलाई सक्रिय रूपमा मदत गर्न तिनी उनीहरूलाई आज्ञा दिँदै छन् ।
अनुवादका लागि सुझावहरूः
* “दया” को शाब्दिक अर्थ हुन्छ‒ “कृपाका कचौराहरू ।” यो एउटा टुक्‍का हो जसको अर्थ “कृपा” वा “करुणा” हुन्छ । अन्य भाषाहरूमा यही अर्थ भएको आफ्नै टुक्‍का हुन सक्छ ।
* “दया” लाई “गहन हेरचाह” वा “सहयोगपूर्ण कृपा” भनी अनुवाद गर्न सकिन्छ ।
* “दयालु” शब्दलाई “वास्ता गर्ने र मदतदायी” वा “ज्यादै प्रेम गर्ने र कृपालु” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
* दानिएल ०१:८-१०
* होशे १३:१४
* याकूब ०५:९-११
* योना ०४:१-३
* मर्कूस ०१:४०-४२
* रोमी ०९:१४-१६

29
bible/kt/condemn.md Normal file
View File

@ -0,0 +1,29 @@
# दण्डाज्ञा दिनु, दण्डाज्ञा
## परिभाषा:
शब्दहरू “दण्डाज्ञा दिनु” र “दण्डाज्ञा” ले गलत काम गरेको कारणले कसैको न्याय गर्ने कुरोलाई जनाउँछन् ।
* अक्सर क्रियापद “दण्डाज्ञा दिनु” मा कसैले गलत काम गरेकोले उसलाई दण्ड दिने कुरो पर्छ ।
* कहिले काहीँ “दण्डाज्ञा दिनु” को अर्थ हुन्छः कसैलाई झुटो अभियोग लगाउनु वा हतारमा कसैको न्याय गर्नु ।
* “दण्डाज्ञा” शब्दले कसैलाई दोष लगाउने वा दण्ड दिने कुरोलाई जनाउँछ ।
अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर यसलाई “हतारमा न्याय गर्नु” वा “कपटपूर्वक आलोचना गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “उसलाई दण्डाज्ञा देओ” लाई “ऊ दोषी छ भनी न्याय गर” वा “उसको पापको लागि उसलाई दण्ड दिइनुपर्छ भनी बताओ” भनी अनुवाद गर्न सकिन्छ ।
* “दण्डाज्ञा” शब्दलाई “हतारको न्याय” वा “दोषी ठहर” वा “दोषको लागि दण्ड” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः न्याय गर्नु, न्याय, दण्ड दिनु, दण्ड)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०३:१९-२२
* यूहन्‍ना ०५:२४
* अय्यूब ०९:२७-२९
* लूका ०६:३७
* मत्ती १२:७-८
* हितोपदेश १७:१५-१६
* भजनसंग्रह ३४:२१-२२
* रोमी ०५:१६-१७

29
bible/kt/confess.md Normal file
View File

@ -0,0 +1,29 @@
# स्वीकार गर्नु, स्वीकार
## परिभाषा:
“स्वीकार गर्नु” को अर्थ कुनै कुरो साँचो हो भनी मानिलिनु वा ठोकेर भन्‍नु हो । “स्वीकार” भनेको कुनै कुरो साँचो हो भन्‍ने ठोकुवा वा स्वीकृति हो ।
* “स्वीकार गर्नु” ले परमेश्‍वरको बारेमा भएको सत्यतालाई साहसपूर्वक बताउने कुरोलाई जनाउन सक्छ । हामीले पाप गरेका छौँ भनेर मानिलिने कुरोलाई पनि यसले उल्लेख गर्न सक्छ ।
* मानिसहरूले परमेश्‍वरको सामु आफ्ना पाप स्वीकार गरे उहाँले तिनीहरूलाई क्षमा दिनुहुनेछ भनी बाइबलले बताउँछ ।
* प्रेरित याकूबले आफ्ना पत्रमा लेखेका छन्, कि विश्‍वासीहरूले एक अर्कामा आफ्ना पाप स्वीकार गर्दा त्यसले आत्मिक चङ्गाइ ल्याउँछ ।
* प्रेरित पावलले फिलिप्पीहरूलाई लेखे, कि कुनै दिन हरेकले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछ वा घोषणा गर्नेछ ।
* पावलले यो पनि लेखेका छन्, कि येशू नै प्रभु हुनुहुन्छ र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी मानिसहरूले विश्‍वास गरे भने तिनीहरूले उद्धार पाउनेछन् ।
अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर “स्वीकार गर्नु” लाई “मानिलिनु” वा “गवाही दिनु” वा “घोषणा गर्नु” वा “मान्‍नु” वा “ठोकेर भन्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
* “स्वीकार” लाई “घोषणा” वा “गवाही” वा “हामीले जे विश्‍वास गर्छौं त्यसबारे भएको कथन” वा “पाप-स्वीकार” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०१:८-१०
* २ यूहन्‍ना ०१:७-८
* होशे १४:१-२
* याकूब ०५:१६-१८
* लेवी ०५:५-६
* मत्ती ०३:४-६
* नहेम्याह ०१:६-७
* फिलिप्पी ०२:९-११
* भजनसंग्रह ३८:१७-१८

12
bible/kt/conscience.md Normal file
View File

@ -0,0 +1,12 @@
# विवेक
## परिभाषा:
विवेक व्‍यक्‍तिको सोचाइको भाग हो, जसद्वारा उसले पापपूर्ण काम गरिरहेको छ भनी परमेश्‍वरले उसलाई सचेत तुल्याउनुहुन्छ ।
* के ठिक हो र के बेठिक हो भनी छुट्टयाउनका लागि मदत गर्न परमेश्‍वरले मानिसहरूलाई विवेक दिनुभयो ।
* परमेश्‍वरको आज्ञा मान्‍ने व्‍यक्‍तिसित “शुद्ध” वा “सफा” वा “स्पष्‍ट” विवेक हुन्छ भनी बताइन्छ ।
* व्‍यक्‍तिसित “सफा विवेक” छ भने त्यसको अर्थ हुन्छ, कि उसले कुनै पनि पाप लुकाइरहेको छैन ।
* कसैले विवेकलाई बेवास्ता गर्छ र पाप गर्दा पनि दोषी महसुस गर्दैन भने यसको अर्थ हुन्छ, कि गलत कुरोको लागि उसको विवेक संवेदनशील भएको छैन । बाइबलले यसलाई “तातो फलामले डामेको” विवेक भन्छ । यस्तो विवेकलाई “असंवेदनशील” वा “दूषित” पनि भनिन्छ ।
* यस शब्दलाई “भित्री नैतिक पथ प्रदर्शक” वा “नैतिक सोचाइ” भनी अनुवाद गर्ने अन्य सम्भाव्य तरिकाहरू हुन् ।

27
bible/kt/consecrate.md Normal file
View File

@ -0,0 +1,27 @@
# अर्पण गर्नु
## परिभाषा:
“अर्पण गर्नु” को अर्थ हुन्छ‒ कुनै कुरो वा व्यक्‍तिलाई परमेश्‍वरको सेवामा समर्पित गर्नु । अर्पण गरिएको वस्तु वा व्यक्‍ति परमेश्‍वरको लागि पवित्र वा अलग गरिएको मानिन्छ ।
* यस शब्दको अर्थ “शुद्ध पार्नु” वा “पवित्र पार्नु” को अर्थसित समान छ, तर यसमा परमेश्‍वरको सेवाको लागि औपचारिक रूपमा अलग गर्ने अर्थ थपिएको हुन्छ ।
* बलिदान गरिनुपर्ने जनावरहरू, होमबलिको वेदी, पवित्र वासस्थानजस्ता थोकहरू परमेश्‍वरका लागि अर्पण गरिएका कुराहरूमा पर्थे ।
* पूजाहारीहरू, इस्राएलका मानिसहरू र जेठो छोरो परमेश्‍वरका लागि अर्पण गरिएका मानिसहरूमा पर्थे ।
* खास गरी यसले परमेश्‍वरको सेवाको लागि सम्बन्धित मानिस वा वस्तुहरूलाई जनाउँदा कहिले काहीँ “अर्पण गर्नु” को अर्थ “शुद्ध पार्नु” सित समान हुन्छ । यसरी अर्पण गरिँदा तिनीहरू शुद्ध पारिनेछन् र उहाँको सामु स्वीकार गरिनेछन् ।
अनुवादका लागि सुझावहरूः
* “अर्पण गर्नु” लाई “परमेश्‍वरको सेवाको लागि अलग गर्नु” वा “परमेश्‍वरको सेवाको लागि शुद्ध पार्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* “पवित्र” र “शुद्ध पार्नु” लाई कसरी अनुवाद गरिएका छन् भनेर पनि ख्याल राख्‍नुहोस् ।
(हेर्नुहोस्ः पवित्र, पवित्रता, शुद्ध, शुद्ध पार्नु, शुद्देइँ, पवित्र तुल्याउनु, शुद्धिकरण)
बाइबलका सन्दर्भहरूः
* १ तिमोथी ०४:३-५
* २ इतिहास १३:८-९
* २ तिमोथी ०२:१९-२१
* इजकिएल ४४:१९
* यूहन्‍ना १७:१८-१९
* मत्ती २३:१८-१९

25
bible/kt/cornerstone.md Normal file
View File

@ -0,0 +1,25 @@
# कुने-ढुङ्गो
## परिभाषा:
शब्द “कुने-ढुङ्गो” ले विशेष तवरले काटेर तयार पारी भवनको जगको कुनामा राखिने ढुङ्गोलाई जनाउँछ ।
* भवनका अन्य सबै ढुङ्गाहरू नापेर तयार गरिन्छन् र तिनलाई कुने-ढुङ्गोको सम्बन्धमा राखिन्छन् ।
* पुरै संरचनाको शक्‍ति र स्थिरताको लागि यो निकै महत्त्वपूर्ण छ ।
* नयाँ करारमा विश्‍वासीहरूको समुदायलाई भवनसित तुलना गरी रूपकको रूपमा प्रस्तुत गरिएको छ, जसमा येशू ख्रीष्‍टलाई “कुने-ढुङ्गो” को रूपमा उल्लेख गरिएको छ ।
* जसरी भवनको कुने-ढुङ्गोले पुरै भवनको अवस्थालाई समर्थन गर्नुका साथै यसको निधो गर्छ, त्यसै गरी येशू ख्रीष्‍ट त्यो कुने-ढुङ्गो हुनुहुन्छ जसमाथि विश्‍वासीहरूको समुदाय स्थापित हुनुका साथै समर्थन गरिएको हुन्छ ।
अनुवादका लागि सुझावहरूः
* शब्द “कुने-ढुङ्गो” लाई “भवनको मुख्य ढुङ्गो” वा “जगको ढुङ्गो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* अनुवाद गरिएको भाषामा मुख्य समर्थनस्वरूप भवनको जगको भाग छ कि छैन भनी विचार गर्नुहोस् । छ भने, त्यस शब्दलाई प्रयोग गर्न सकिन्छ ।
* “भवनको कुनामा राख्‍न प्रयोग गर्ने जगको ढुङ्गो” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
* दृढ र सुरक्षित भवनको सामग्रीको रूपमा प्रयोग गरिने यो एउटा ठुलो ढङ्गो हो भन्‍ने सत्यतालाई ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ । भवन निर्माणको लागि ढुङ्गाहरू प्रयोग गरिँदैनन् भने “ठुलो ढुङ्गो” को अर्थ बोकेको अर्को शब्दलाई प्रयोग गर्न सकिन्छ, तर यसमा राम्ररी रचना गरिएको र उपुयक्‍त हुने अवधारणा पनि हुनुपर्छ ।
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०४:११-१२
* एफिसी ०२:१९-२२
* मत्ती २१:४२
* भजनसंग्रह ११८:२२-२३

44
bible/kt/covenant.md Normal file
View File

@ -0,0 +1,44 @@
# करार
## परिभाषा:
करार दुई पक्षबिच बाँधिएको औपचारिक सम्झौता हो जसलाई दुईमध्ये एउटा पक्षले पुरा गर्नैपर्छ ।
* यो सम्झौता मानिस-मानिसहरूका बिचमा, मानिसहरूका समूह-समूह बिचमा वा परमेश्‍वर र मानिसहरूका बिचमा हुन सक्छ ।
* मानिसहरूले एक अर्कासित करार बाँध्दा तिनीहरूले केही गर्ने वा त्यसलाई पुरा गर्ने प्रतिज्ञा गर्छन् ।
* वैवाहिक करार, व्यापारिक करार र देशहरूबिच हुने सम्झौताहरू मानवीय करारका उदाहरणहरू हुन् ।
* बाइबलभरि नै परमेश्‍वरले आफ्ना मानिसहरूसित केही फरक-फरक करारहरू बाँध्‍नुभएको छ ।
* केही करारहरूमा विनासर्त परमेश्‍वरले आफ्नो भागलाई पुरा गर्ने प्रतिज्ञा गर्नुभयो । उदाहरणको लागि, विश्‍वव्यापी जलप्रलयले पृथ्वीलाई फेरि कहिल्यै नष्‍ट नगर्ने प्रतिज्ञा गर्दै उहाँले मानव-जातिसित आफ्नो करार स्थापित गर्नुहुँदा यस करारमा मानिसहरूले पुरा गर्नुपर्ने कुनै सर्त छैन ।
* अन्य करारहरूमा मानिसहरू उहाँप्रति आज्ञाकारी भई तिनीहरूले करारको आफ्नो भागलाई पुरा गरेमा मात्र उहाँले आफ्नो भागलाई पुरा गर्ने प्रतिज्ञा गर्नुभयो ।
अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर यस शब्दलाई “बाँध्‍ने सम्झौता” वा “औपचारिक प्रतिबद्धता” वा “प्रण” वा “अनुबन्ध” भनी अनुवाद गर्न सकिन्छ ।
* एउटा पक्ष वा दुई पक्ष दुवैले प्रतिज्ञालाई पुरा गर्नुपर्ने आधारमा रहेर करारको लागि केही भाषाहरूमा बेग्लाबेग्लै शब्दहरू छन् । यदि करार एक पक्षीय हो भने यसलाई “प्रतिज्ञा” वा “प्रण” भनेर अनुवाद गर्न सकिन्छ ।
* यस शब्दले मानिसहरूले करारको प्रस्ताव राखे भन्‍ने अर्थ दिनुहुँदैन भन्‍ने कुरालाई ख्याल गर्नुहोस् । परमेश्‍वर र मानिसहरूबिच बाँधिएका सबै करारहरूमा परमेश्‍वरले नै करारको थालनी गर्नुभयो ।
(हेर्नुहोस्ः नयाँ करार, प्रतिज्ञा)
बाइबलका सन्दर्भहरूः
* २ राजा १८:११-१२
* २ शमूएल २३:५
* प्रेरित ०७:६-८
* प्रस्थान ३४:१०-११
* गलाती ०३:१७-१८
* उत्पत्ति ०९:११-१३
* उत्पत्ति १७:७-८
* यहोशू २४:२४-२६
* लूका ०१:७२-७५
* मर्कूस १४:२२-२५
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०४-०९) त्यसपछि परमेश्‍वरले अब्रामसित करार बाँध्‍नुभयो । करार दुई पक्षबिच बाँधिने सम्झौता हो ।
* (०५-०४) “म इश्माएललाई पनि एउटा ठुलो जाति बनाउनेछु, तर मेरो करारचाहिँ इसहाकसित नै हुनेछ ।”
* (०६-०४) लामो समयपछि अब्राहाम मरे, र परमेश्‍वरले तिनीसित करारमा बाँध्‍नुभएका सबै प्रतिज्ञा इसहाकमा सरे ।
* (०७-१०) परमेश्‍वरले अब्राहाम अनि त्यसपछि इसहाकसित बाँध्‍नुभएका करारका प्रतिज्ञाहरू अब याकूबमा सरे ।
* (१३-०२) परमेश्‍वरले मोशा र इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करारलाई पालन गर्‍यौ भने तिमीहरू मेरा मूल्यवान् सम्पत्ति, पूजाहारीको राज्य र पवित्र जाति हुनेछौ ।”
* (१३-०४) त्यसपछि परमेश्‍वरले तिनीहरूसित करार बाँधी भन्‍नुभयो, “म तिमीहरूका परमेश्‍वर यहोवे हुँ जसले तिमीहरूलाई मिश्रको दासत्वबाट बचायो । अरू देवताहरूलाई नपुज्‍नू ।”
* (१५-१३) त्यसपछि परमेश्‍वरले इस्राएलीहरूसित सीनैमा बाँध्‍नुभएको करारको पालन गर्नुपर्ने मानिसहरूको जिम्मेवारीलाई यहोशूले स्मरण दिलाए ।

23
bible/kt/covenantfaith.md Normal file
View File

@ -0,0 +1,23 @@
# करारको विश्‍वसनीयता, करारको निष्‍ठा
## परिभाषा:
परमेश्‍वरले आफ्ना मानिसहरूका निम्ति बाँध्‍नुभएका प्रतिज्ञाहरूलाई पुरा गर्ने उहाँको प्रतिबद्धतालाई व्याख्या गर्न यसको प्रयोग गरिएको छ ।
* “करारहरू” भनिने औपचारिक सहमतिमा परमेश्‍वरले इस्राएलीहरूसित प्रतिज्ञाहरू बाँध्‍नुभयो ।
* यहोवेको “करारको विश्‍वसनीयता” वा “करारको निष्‍ठा” ले उहाँले आफ्ना मानिसहरूसित बाँध्‍नुभएका प्रतिज्ञाहरूलाई उहाँले पुरा गर्नुहुन्छ भन्‍ने सत्यतालाई जनाउँछ ।
* आफ्ना करारका प्रतिज्ञाहरूलाई पुरा गर्ने परमेश्‍वरको विश्‍वसनीयता उहाँका मानिसहरूप्रति उहाँको अनुग्रहको अभिव्यक्‍ति हो ।
* “निष्‍ठा” अर्को शब्द हो जसले प्रतिज्ञा गरिएको र कसैलाई फाइदा पुग्‍ने कुरो गर्न प्रतिबद्ध हुने कुरोलाई जनाउँछ ।
अनुवादका लागि सुझावहरूः
* यसलाई कसरी अनुवाद गर्ने भन्‍ने कुरो “करार” र “विश्‍वसनीयता” लाई कसरी अनुवाद गरिएको छ, त्यसमा भर पर्छ ।
* यसलाई “विश्‍वासयोग्य प्रेम” वा “निष्‍ठावान्, प्रतिबद्ध प्रेम” वा “आश्रित भएर गरिने प्रेम” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः करार, विश्‍वासयोग्य, विश्‍वासयोग्यता, अनुग्रह, अनुग्रही, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, परमेश्‍वरका मानिसहरू, मेरा मानिसहरू, प्रतिज्ञा)
बाइबलका सन्दर्भहरूः
* एज्रा ०३:१०-११
* गन्ती १४:१७-१९

37
bible/kt/cross.md Normal file
View File

@ -0,0 +1,37 @@
# क्रुस
## परिभाषा:
बाइबलको समयमा क्रुस जमिनमा ठडाइएको काठको ठाडो खम्बा थियो जसको माथिल्लो भागनेर तेस्रो काठ तेर्साइएको हुन्थ्यो ।
* रोमी साम्राज्यको समयमा रोमी सरकारले अपराधीहरूलाई क्रुसमा टाँगी तिनीहरूलाई त्यहीँ मर्न दिएर मृत्युदण्ड दिने गर्थ्यो ।
* येशूलाई उहाँले गर्दै नगर्नुभएका अपराधहरूको झुटो मुद्दा लगाइयो । त्यसैले, रोमीहरूले उहाँलाई क्रुसमा मृत्युदण्ड दिए ।
* यो क्रियापद “पार गर्नु” भन्दा बिलकुलै फरक शब्द हो जसको अर्थ हुन्छ‒ नदी वा तलाउको अर्कोपट्टि जानु ।
अनुवादका लागि सुझावहरूः
* अनुवाद गरिएको भाषामा क्रुसको आकारलाई जनाउने शब्दद्वारा यसलाई अनुवाद गर्न सकिन्छ ।
* “मृत्युदण्ड दिने खम्बा” वा “मृत्युको रुख” जस्ता पदावलीहरूको प्रयोग गरी मानिसहरूलाई मारिने वस्तुको रूपमा क्रुसलाई विचार गर्नुहोस् ।
* स्थानीय वा राष्‍ट्रिय बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस् अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः क्रुसमा टाँग्‍नु, रोम, रोमी)
बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी ०१:१७
* कलस्सी ०२:१३-१५
* गलाती ०६:११-१३
* यूहन्‍ना १९:१७-१८
* लूका ०९:२३-२५
* लूका २३:२६
* मत्ती १०:३७-३९
* फिलिप्पी ०२:५-८
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्‍न लगाए ।
* (४०-०२) सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए, र उहाँलाई क्रुसमा टाँगी उहाँका पाखुरा र पाउमा काँटी ठोके ।
* (४०-०५) यहूदी अगुवाहरू र भिडमा भएका अन्य मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँले भने, “यदि तिमी परमेश्‍वरका पुत्र हौ भने क्रुसबाट ओर्लेर आऊ र आफैलाई बचाऊ । तब हामी तिमीलाई विश्‍वास गर्नेछौँ ।”
* (४९-१०) येशू क्रुसमा मर्नुहुँदा उहाँले तपाईंको दण्ड लिनुभयो ।
* (४९-१२) येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ; उहाँ तपाईंको सट्टामा क्रुसमा मर्नुभयो र परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो भनी तपाईंले विश्‍वास गर्नुपर्छ ।

35
bible/kt/crucify.md Normal file
View File

@ -0,0 +1,35 @@
# क्रुसमा टाँग्‍नु
## परिभाषा:
“क्रुसमा टाँग्‍नु” को अर्थ हुन्छ‒ कसैलाई क्रुसमा झुण्ड्याई बडो दर्द भोगी त्यहीँ मर्न दिएर मृत्युदण्ड दिनु ।
* व्यक्‍तिलाई कि क्रुसमा काँटी ठोकिन्थ्यो कि बाँधिन्थ्यो । क्रुसमा टाँगिएको व्यक्‍ति रगत प्रवाह वा श्‍वासप्रश्‍वासबाट मर्थ्यो ।
* डरलाग्दा अपराधीहरू वा सरकारको अधिकारको विरुद्धमा विद्रोह गर्ने मानिसहरूलाई दण्ड दिई मार्न प्राचीन रोमी साम्राज्यले बारम्बार मृत्युदण्डको यस विधिको प्रयोग गर्थ्यो ।
* येशूलाई क्रुसमा टाँग्‍नका लागि रोमी शासकलाई सिपाहीहरू पठाइदिनुहोस् भनी यहूदी अगुवाहरूले अनुरोध गरे । सिपाहीहरूले येशूलाई क्रुसमा टाँगे । उहाँले त्यहाँ ६ घण्टा दुःख भोग्‍नुभयो र त्यसपछि मर्नुभयो ।
अनुवादका लागि सुझावहरूः
* “क्रुसमा टाँग्‍नु” लाई “क्रुसमा मार्नु” वा “क्रुसमा झुण्ड्याएर मृत्युदण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः क्रुस, रोम, रोमी)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०२:२२-२४
* गलाती ०२:२०-२१
* लूका २३:२०-२२
* लूका २३:३३-३४
* मत्ती २०:१७-१९
* मत्ती २७:२३-२४
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (३९-११) तर यहूदी अगुवाहरू र भिड चिच्‍च्‍याए, “तिन (येशू) लाई क्रुसमा टाँग ।”
* (३९-१२) भिडले हुलदङ्गा गर्न खोजेकोले पिलातस डराए । त्यसैले, तिनले सिपाहीहरूलाई येशूलाई क्रुसमा टाँग्‍न आदेश दिए ।
* (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्‍न लगाए ।
* (४०-०४) येशूलाई दुई डाँकुका बिचमा क्रुसमा टाँगियो ।
* (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू त्यस्ता मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्‍तिद्वारा शक्‍तिशाली चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो जुन तपाईंहरूले देख्‍नुभयो र तपाईंहरू जान्‍नुहुन्थ्यो । तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्‍नुभयो ।”
* (४३-०९) “तपाईंहरूले यी मानिस अर्थात् येशूलाई क्रुसमा टाँग्‍नुभयो ।”
* (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिद्वारा यी मानिसले चङ्गाइ पाएर यिनी तपाईंहरूको सामुन्‍ने खडा छन् । तपाईंहरूले येशूलाई क्रुसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो ।”

40
bible/kt/curse.md Normal file
View File

@ -0,0 +1,40 @@
# सराप दिनु, श्रापित
## परिभाषा:
“सराप दिनु” को अर्थ हुन्छ‒ श्रापित दिइएको व्यक्‍ति वा वस्तुमाथि नकारात्मक कुराहरू आइपरून् भन्‍ने अभिव्यक्‍ति दिनु ।
* सराप कुनै व्यक्‍ति वा वस्तुमाथि हानि आइपरोस् भन्‍ने एउटा कथन पनि हुन सक्छ ।
* कसैलाई सराप दिनुको अर्थ उसमाथि खराब कुराहरू आइपरून् भन्‍ने इच्छाको अभिव्यक्‍ति पनि हुन सक्छ
* यो एउटा व्यक्‍तिमाथि अर्कोले ल्याउने दण्ड वा अन्य नकारात्मक कुराहरू पनि हुन सक्छ ।
अनुवादका लागि सुझावहरूः
* यसलाई “माथि खराब कुराहरू हुन लगाउनु” वा “लाई खराब कुराहरू आऊन् भनी घोषणा गर्नु” वा “लाई खराब कुराहरू ल्याउन शपथ खानु” भनी अनुवाद गर्न सकिन्छ ।
* परमेश्‍वरले आफ्ना अनाज्ञाकारी मानिसहरूमाथि सराप पठाउनुभएको सन्दर्भमा यसलाई “खराब कुराहरू ल्याएर दण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
* मानिसहरूलाई व्याख्या गर्न “श्रापित” शब्दको प्रयोग गर्दा यसलाई “(यस व्यक्‍ति) ले धेरै सङ्कष्‍ट भोग्‍नेछ” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “श्रापित होस्” लाई “(यस व्यक्‍ति) ले ठुला-ठुला कठिनाइहरू भोगोस्” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “भूमि श्रापित होस्” लाई “जमिन धेरै उर्वरायुक्‍त हुनेछैन” भनी अनुवाद गर्न सकिन्छ ।
* “म जन्मेको दिन श्रापित होस्” लाई “म यस्तो अभागी छु कि म नजन्मेको भए नै हुन्थ्यो” भनी अनुवाद गर्न सकिन्छ ।
* तथापि अनुवाद गरिएको भाषामा “श्रापित होस्” भन्‍ने वाक्यांश छ र यसको अर्थ पनि उही नै हो भने यही वाक्यांशलाई राख्‍नु राम्रो हुन्छ ।
बाइबलका सन्दर्भहरूः
* १ शमूएल १४:२४-२६
* २ पत्रुस ०२:१२-१४
* गलाती ०३:१०-१२
* गलाती ०३:१३-१४
* उत्पत्ति ०३:१४-१५
* उत्पत्ति ०३:१७-१९
* याकूब ०३:९-१०
* गन्ती २२:५-६
* भजनसंग्रह १०९:२८-२९
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०२-०९) परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तँ श्रापित होस् !”
* (०२-११) “भूमि श्रापित भएको छ, र तिमीले खानेकुरा उमार्न कडा मेहनत गर्नुपर्ने हुन्छ ।”
* (०४-०४) “तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु ।”
* (३९-०७) त्यसपछि पत्रुसले शपथ खाएर भने, “यी मानिसलाई म चिन्छु भने परमेश्‍वरले मलाई श्राप दिनुभएको होस् !”
* (५०-१६) आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरी यस संसारमा पाप ल्याएकाले परमेश्‍वरले यसलाई सराप दिनुभयो, र यसलाई नष्‍ट गर्ने निधो गर्नुभयो ।

View File

@ -0,0 +1,14 @@
# सियोनकी छोरी
## परिभाषा:
पदावली “सियोनकी छोरी” इस्राएलका मानिसहरूलाई उल्लेख गर्ने आलङ्कारिक तरिका हो । यसलाई साधारणतया भविष्यवाणीहरूमा प्रयोग गरिएको छ ।
पुरानो करारमा यरूशलेम सहरको अर्को नामको लागि “सियोन” लाई अक्सर प्रयोग गरिएको छ ।
इस्राएललाई उल्लेख गर्न “सियोन” र “यरूशलेम” दुवैको प्रयोग गरिएका छन् ।
शब्द “छोरी” लाडप्यार व स्‍नेहको शब्द हो । आफ्नो जातिको निम्‍ति भएको परमेश्‍वरको धैर्य र वास्ताको लागि यो एउटा अलङ्कार थियो ।
अनुवादका लागि सुझावहरूः
“सियोनबाट आएकी मेरी छोरी इस्राएल” लाई “सियोनका मानिसहरू जो मेरा लागि छोरीसरह छन्” वा “हे सियोन, मेरा प्रिय इस्राएल जाति” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
“सियोन” शब्दलाई बाइबलमा धेरै पटक प्रयोग गरिएकोले यी अभिव्यक्‍तिहरूमा यसलाई जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ । यसको आलङ्कारिक अर्थ र भविष्यवाणीय प्रयोगलाई व्याख्या गर्नका लागि अनुवादमा टिपोटलाई समावेश गर्न सकिन्छ ।
“छोरी” शब्दलाई सही किसिमले बुझिएसम्म यस अभिव्यक्‍तिको अनुवादमा यसलाई पनि जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ ।

12
bible/kt/dayofthelord.md Normal file
View File

@ -0,0 +1,12 @@
# प्रभुको दिन, याहोवेको दिन
## परिभाषा:
“याहोवेको दिन” वा “प्रभुको दिन” भन्‍ने वाक्यांशले परमेश्‍वरले विशेष काम (उहाँको शत्रुलाई गर्ने न्याय) लाई जनाउँछ ।
* कहिलेकहीँ “याहोवेको दिन” ले परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनको लागि गर्ने हस्तक्षेपलाई जनाउँछ ।
* अरू बेला यो वाक्यांशले याहोवेले भविष्यमा उहाँका मानिसहरूमाथि गर्ने न्याय वा दण्डको भविष्यवाणीलाई जनाउँछ । कुनै सन्दर्भमा यसले अन्तिम न्यायलाई पनि जनाउँछ ।
* यो वाक्यांशमा प्रयोग गरिएको शब्द “दिन” ले सायद २४ घण्टा भन्दा बढीको “समय” वा “अवसर” लाई जनाउँछ ।
* नयाँ करारमा “प्रभुको दिन” ले याहोवेको विरुद्धमा लागेकाहरू र ख्रीष्‍टलाई इन्कार गर्नेहरूको आखिरी न्यायलाई जनाउँछ । “प्रभु” भन्‍ने शब्दले कैयौँ सन्दर्भमा “प्रभु येशू” लाई जनाउँछ । कहिलेकहीँ “प्रभु” शब्दले याहोवे परमेश्‍वरलाई जनाउँछ ।
* “प्रभुको दिन” ले न्याय र पुनारुत्थानको अन्‍तिम वा भावी समयलाई उल्‍लेख गर्दा यसलाई ‘आखिरी’ दिन पनि भनिन्‍छ । प्रभु येशू पापीहरूको न्याय गर्न आउनु हुँदा यो समयको सुरू हुन्‍छ र यो सम्पूर्ण सृष्‍टिमाथि उहाँको राज्य स्‍थायी रूपमा स्थापित नभएसम्म जारी रहन्छ ।

11
bible/kt/deacon.md Normal file
View File

@ -0,0 +1,11 @@
# डिकन
## परिभाषा:
डिकन सङ्गी विश्‍वासीहरूका व्यावहारिक आवश्यकताहरूमा सेवा पुर्‍याउने व्‍यक्‍ति हो, जस्तैः रुपियाँ पैसा सम्हाल्ने, आवश्यकतामा परेकाहरूको सेवा गर्ने आदि ।
* “डिकन” शब्द ग्रिक भाषाबाट सिधै लिइएको हो, जसको अर्थ “दास” वा “सेवक” हुन्छ ।
* आदि ख्रीष्‍टियानहरूको समयदेखि नै मण्डलीमा डिकनको भूमिका र सेवालाई राम्ररी परिभाषित गरिएको पाइन्छ ।
* नयाँ करारमा डिकनहरूले विश्‍वासीहरूले दिएको खाना र पैसा विधवाहरूको बिचमा निष्पक्ष रूपले बाँड्नु पर्ने जिम्मा पाएको कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ ।
* “डिकन” शब्दलाई “मण्डलीको सेवक”, “मण्डलीमा काम गर्ने व्‍यक्‍ति”, “मण्डलीको दास”, वा स्थानीय विश्‍वासी समुदायको फाइदाको लागि औपचारिक रूपमा नियुक्त गरिएको व्‍यक्‍ति भनेर पनि अनुवाद गर्न सकिन्छ ।

10
bible/kt/demon.md Normal file
View File

@ -0,0 +1,10 @@
# भूतात्मा, दुष्‍ट आत्मा, अशुद्ध आत्मा
## परिभाषा:
यी सबै शब्दहरूले भूतात्माहरूलाई जनाउँछन् । यिनीहरू परमेश्‍वरको इच्छा विरुद्ध लाग्‍ने आत्मा हुन् ।
* परमेश्‍वरले स्वर्गदूतहरूलाई उहाँको सेवाको लागि सृष्‍टि गर्नुभयो । जब दियाबलसले परमेश्‍वरको विरोध गर्‍यो, अन्य केही स्वर्गदूतहरूले पनि विरोध गरे र तिनीहरू स्वर्गदेखि बाहिर फालिए । भूतात्मा र दुष्‍टात्माहरू यिनै “खसेका स्वर्गदूतहरू” हुन् भनी विश्‍वास गरिएको छ ।
* यिनीहरूलाई कहिलेकहीँ “अशुद्ध आत्मा” पनि भनिएको पाइन्छ । यिनीहरूले मानिसभित्र वास गरी उनीहरूलाई नियन्‍त्रण गर्ने काम पनि गर्छन् ।
* भूतात्माहरू मानिसहरूभन्दा शक्‍तिशाली हुन्छन् तर परमेश्‍वर जत्तिकैचाहिँ होइनन् ।

View File

@ -0,0 +1,9 @@
# भूतात्मा लागेको
## परिभाषा:
भूतात्मा लागेको मानिसको काम र सोचाइलाई भूतात्मा वा दुष्‍टात्माले नियत्रण गरेको हुन्छ ।
* भूतात्मा लागेको मानिसले प्रायजसो आफूलाई वा अरूलाई चोट पुर्‍याउने काम गर्छ किनकि उसलाई दुषटात्माले यसो गर्न लगाउँछ ।
* येशूले भूतात्मा लागेका मानिसहरूबाट भूतात्माहरूलाई बाहिर निस्कने आज्ञा दिएर निको पार्नुभयो ।

14
bible/kt/disciple.md Normal file
View File

@ -0,0 +1,14 @@
# चेला
## परिभाषा:
“चेला” शब्दले शिक्षकको चरित्रबाट र शिक्षाबाट सिक्दै लामो समय बिताउने व्‍यक्‍तिलाई जनाउँछ ।
* येशूको कुरा सुन्दै र पालना गर्दै येशूलाई पछ्याउने मानिसहरूलाई “चेलाहरू” भनिन्थ्यो ।
* बप्‍तिस्‍मा दिने यूहन्‍नाका पनि चेलाहरू थिए ।
* येशूको सेवाकालमा उहाँलाई पच्छ्याउने र उहाँका शिक्षाहरू सुन्‍ने धेरै चेलाहरू थिए ।
* येशूले बाह्र जना चेलालाई उहाँका एकदमै नजिकका अनुयायीकोरूपमा छान्‍नुभयो र उनीहरूलाई “प्रेरितहरू” भनेर चिनियो ।
* येशूका बाह्र जना प्रेरितलाई उहाँका “चेलाहरू” वा “बाह्र जना” भनेर चिनिन थालियो ।
* आफू स्वर्गमा जानु भन्दा अगाडि येशूले आफ्ना चेलाहरूलाई अरूलाई पनि चेला बनाओ भनेर आज्ञा दिनुभयो ।
* येशूमाथि विश्‍वास गर्ने र उहाँका शिक्षाहरू पालना गर्नेलाई उहाँका चेलाहरू भनिन्छ ।

11
bible/kt/discipline.md Normal file
View File

@ -0,0 +1,11 @@
# अनुशासन, आत्मानुशासन
## परिभाषा:
मानिसहरूलाई नैतिक व्यवहारका लागि कुनै पनि निश्‍चित मार्ग निर्देशनहरू पालना गर्न तालिम दिनुलाई “अनुशासन” भनिन्छ ।
* अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई आज्ञापालनको लागि नैतिक कुराहरू सिकाएर अनुशासनमा राख्छन् ।
* यस्तै प्रकारले परमेश्‍वरले पनि आफ्ना सन्तानहरूले उनीहरूको जीवनमा आनन्द, प्रेम र धैर्य जस्ता स्वस्थ आत्मिक फलहरू फलाउन सकून् भनेर अनुशासनमा राख्‍नु हुन्छ ।
* अनुशासनभित्र परमेश्‍वरलाई खुसी पार्ने तरिकाहरू र परमेश्‍वरको इच्छा विपरीत जानेहरूको लागि दिइने सजाय पनि पर्दछन् ।
* आत्म-अनुशासन नैतिक र आत्मिक सिद्धान्तहरूलाई आफ्नै जीवनमा लागू गर्ने प्रक्रिया हो ।

9
bible/kt/divine.md Normal file
View File

@ -0,0 +1,9 @@
# ईश्‍वरीय
## परिभाषा:
“ईश्‍वरीय” परमेश्‍वरसँग सम्बन्धित शब्द हो ।
* “ईश्‍वरीय अधिकार”, “ईश्‍वरीय न्याय”, “ईश्‍वरीय प्रकृति, “ईश्‍वरीय शक्‍ति” र “ईश्‍वरीय महिमा” यस शब्दका अन्य प्रयोग हुन् ।
* बाइबलका केही खण्डमा “ईश्‍वरीय” शब्दलाई झुटो देवतालाई जनाउनलाई पनि प्रयोग गरिएको छ ।

10
bible/kt/dominion.md Normal file
View File

@ -0,0 +1,10 @@
# प्रभुत्व
## परिभाषा:
कुनै मानिस, जनावरहरू वा जमिनमाथि शक्‍ति चलाउनु, नियन्‍त्रण गर्नु वा अधिकार चलाउनुलाई “प्रभुत्व” भनिन्छ ।
* येशू ख्रीष्‍टले अगमवक्ता, पूजाहारी, राजाको रूपमा सम्पूर्ण पृथ्वीमाथि आफ्नो अधिकार भएको कुरा बताउनुभयो ।
* येशूको क्रूसको मृत्युले शैतानको प्रभुत्वलाई सदाको लागि जितेको छ ।
* सृष्‍टिको बेलामा परमेश्‍वरले माछाहरू, चराहरू र पृथ्वीका सबै जीव जन्तुहरूमाथि प्रभुत्व चलाउने अधिकार मानिसलाई दिनुभयो ।

18
bible/kt/elect.md Normal file
View File

@ -0,0 +1,18 @@
# चुनिएको जन, चुन्‍नु, चुनिएको जाति, चुनिएका जन, चुनिएकाहरू
## परिभाषा:
शब्द “चुनिएकाहरू” ले शाब्‍दिक रूपमा “चुनिएका मानिसहरू” लाई जनाउँछ, र यसले ती मानिसहरूलाई उल्लेख गर्छ जसलाई परमेश्‍वरले उहाँको जाति हुनलाई नियुक्‍त गर्नुभयो वा छनोट गर्नुभयो । “चुनिएका जन” वा “परमेश्‍वरद्वारा चुनिएका जन” एउटा नाम हो जसले येशूलाई जनाउँछ जो चुनिएका मसीह हुनुहुन्छ ।
शब्द “चुन्‍नु” को अर्थ हुन्छः कुनै वस्तु वा व्यक्‍तिलाई रोज्नु वा कुनै वस्तुको निधो गर्नु । परमेश्‍वरको हुन र उहाँको सेवा गर्न उहाँद्वारा मानिसहरूलाई नियुक्‍त गर्ने अर्थमा यसलाई अक्सर प्रयोग गरिन्छ ।
“चुनिएको” शब्दको अर्थ केही गर्न वा केही हुन “छनोट गरिएको” वा “नियुक्‍त गरिएको” भन्‍ने हुन्छ ।
असल आत्मिक फल फलाऊन् भनेर परमेश्‍वरले मानिसहरूलाई पवित्र हुन चुन्‍नुभयो वा तिनीहरूलाई अलग गर्नुभयो । यसकारण, तिनीहरूलाई “चुनिएकाहरू” भनिन्छ ।
मोशा र राजा दाऊदजस्ता केही मानिसहरूलाई जनाउन बाइबलमा कहिले काहीँ पदावली “चुनिएको जन” को प्रयोग गरिएको छ । तिनीहरू परमेश्‍वरद्वारा उहाँको जातिमाथि अगुवाहरू हुन नियुक्‍त गरिएका थिए । परमेश्‍वरद्वारा चुनिएको जातिको रूपमा इस्राएल जातिलाई उल्लेख गर्न पनि यसलाई प्रयोग गरिएको छ ।
शब्द “चुनिएकाहरू” एउटा पुरानो शब्द हो जसको शाब्दिक अर्थ हुन्छः “चुनिएका जनहरू” वा “चुनिएका मानिसहरू ।” ख्रीष्‍टमा भएका विश्‍वासीहरूलाई उल्लेख गर्दा यो शब्दलाई मूल भाषामा बहुवचनमा प्रयोग गरिन्छ ।
बाइबलका पुराना अङ्ग्रेजी संस्करणहरूमा शब्द “चुनिएकाहरू” लाई “चुनिएका जनहरू” भन्‍ने पदावलीलाई अनुवाद गर्नको लागि पुरानो र नयाँ करार दुवैमा प्रयोग गरिएको छ । हालैका आधुनिक संस्करणहरूले येशूमा विश्‍वासद्वारा परमेश्‍वरद्वारा बचाइएका मानिसहरूलाई जनाउन “चुनिएकाहरू” लाई नयाँ करारमा मात्र प्रयोग गरेका छन् । बाइबलका अन्य पाठ्यांशहरूमा तिनीहरूले यसलाई अझै शाब्दिक रूपमा “चुनिएका जनहरू” को रूपमा अनुवाद गर्छन् ।
अनुवादका लागि सुझावहरूः
“चुनिएकाहरू” लाई “चुनिएका जनहरू” वा “चुनिएका मानिसहरू” भनी अनुवाद गर्नु उत्तम हुन्छ । यिनीहरूलाई “परमेश्‍वरद्वारा चुनिएका मानिसहरू” वा “आफ्नो जाति हुन परमेश्‍वरले नियुक्‍त गर्नुभएका जनहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
पदावली “जो चुनिएका थिए” लाई “जो नियुक्‍त गरिएका थिए” वा “जो छनोट गरिएका थिए” वा “जसलाई परमेश्‍वरले चुन्‍नुभयो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
“मैले तिमीलाई चुनेँ” लाई “मैले तिमीलाई नियुक्‍त गरेँ” वा “मैले तिमीलाई छनोट गरेँ” भनी अनुवाद गर्न सकिन्छ ।
येशूको सन्दर्भमा “चुनिएका जन” लाई “परमेश्‍वरका चुनिएका जन” वा “परमेश्‍वरद्वारा विशेष गरी नियुक्‍त मसीह” वा “परमेश्‍वरले नियुक्‍त गर्नुभएका जन” भनी अनुवाद गर्न सकिन्छ ।

10
bible/kt/ephod.md Normal file
View File

@ -0,0 +1,10 @@
# एपोद
## परिभाषा:
एपोद इस्राएली पूजाहारीहरूले लगाउने एक किसिमको कपडा थियो । यसलाई काँधमाथिबाट घुसारिन्‍थ्‍यो र यसले अगाडिको भागलाई ढाक्‍थ्‍यो । यसलाई फित्ताको सहायताले कम्मरमा बाँधिन्थ्यो ।
* यो सुन, नीलो, बैजनी र रातो धागोले बनेको महँगो र सुन्दर कपडा थियो जसलाई पूजाहारीले लगाउँथे ।
* एपोदको अगाडिपट्टि पूजाहारीले लगाउने छाती-पाता जोडिएको हुन्थ्यो । छाती-पाताको पछाडि ऊरीम र तुम्मीम राखिन्थ्यो र कुनै पनि विषयहरूमा परमेश्‍वरको इच्छा के छ भनेर जान्‍नको लागि यसको प्रयोग गरिन्थ्यो ।
* गिदोनले सुनको एपोद बनाए र यसलाई इस्राएलीहरूले मूर्तिको रूपमा पुज्‍न थाले ।

11
bible/kt/eternity.md Normal file
View File

@ -0,0 +1,11 @@
# सधैँ रहिरहने, अनन्त, अनन्तता
## परिभाषा:
“सधैँ रहिरहने” र “अनन्त” को अर्थ एउटै लाग्छ र यिनीहरूले सधैँ अस्‍तित्‍वमा रहने वा सदाको लागि रहिरहने कुरोलाई उलेल्‍ख गर्छन् ।
* “अनन्तता” शब्दले आदि र अन्त नभएको शब्दलाई जनाउँछ । यसले कहिल्‍यै अन्त नहुने जीवनलाई पनि जनाउँछ ।
* पृथ्वीमा जीवन भएको वर्तमान जीवनपछि माानिसहरू अनन्तसम्म परमेश्‍वरसँग स्वर्गमा वा उहाँ विना नरकमा जीवन बिताउँछन् ।
* नयाँ करारमा “अनन्त जीवन” र “सधैँ रहिरहने जीवन” को प्रयोग परमेश्‍वरसँग स्वर्गमा सधैँ रहने कुरा जनाउनलाई प्रयोग गरिएको छ ।
* “सदाको लागि” ले कहिले पनि अन्त नहुने समयलाई जनाउँछ । र यसले अनन्त जीवन वा अनन्तता कस्तो हुन्छ भन्‍ने कुराको पनि छन्क दिन्छ ।

13
bible/kt/eunuch.md Normal file
View File

@ -0,0 +1,13 @@
# नपुंसक
## परिभाषा:
बन्ध्याकरण गरेको मानिसलाई “नपुंसक” भनिन्छ । पछि गएर कुनै पनि सरकारी कर्मचारीहरूलाई नपुंसक भनेर सम्बोधन गरिन थालियो ।
* येशूले नपुंसकहरू त्यसरी नै जन्मेका हुन् भन्‍नुभयो । उनीहरूको अवस्था सायद यौनाङ्गमा खराबी भएर वा यौनसम्बन्धी क्रियाकलाप गर्न नसक्‍ने अवस्थामा पुगेर भएको हुन सक्छ । कसै-कसैले आफैँले नपुंसकजस्तो भएर बस्‍ने जीवन छानेका हुन्छन् ।
* प्राचीन समयमा नपुंसकहरू राजाका दासहरू हुन्थे र उनीहरूले महिलाहरूको आवासको रक्षा गर्ने
गर्थे (एस्तरको पुस्तकमा जस्तै) ।
* कुनै-कुनै नपुंसकहरू नयाँ करारमा फिलिपले भेटेको इथियोपियाको नपुंसक जस्तो सरकारी कर्मचारीहरू हुन्थे ।

11
bible/kt/evangelism.md Normal file
View File

@ -0,0 +1,11 @@
# प्रचारक
## परिभाषा:
येशू ख्रीष्‍टको बारेमा अरू मानिसलाई सुसमाचार सुनाउने मानिसलाई “प्रचारक” भनिन्छ ।
* “प्रचारक” शब्दको शाब्दिक अर्थ “सुसमाचार सुनाउने व्‍यक्‍ति” हुन्छ ।
* येशूले आफ्ना प्रेरितहरूलाई येशू र उहाँले अरूको पापको लागि गरेको बलिदानमा विश्‍वास गरी परमेश्‍वरको राज्यमा कसरी सहभागी हुने भन्‍ने कुराको सुसमाचार सुनाउनलाई पठाउनुभयो ।
* सबै ख्रीष्‍टियानहरूलाई यो सुसमाचार सुनाउने आज्ञा छ ।
* केही ख्रीष्‍टियानहरूलाई सुसमाचार सुनाउने विशेष वरदान दिइएको हुन्छ । यिनीहरूसँग सुसमाचार सुनाउने वरदान हुन्छ र यिनीहरूलाई “प्रचारकहरू” भनिन्छ ।

10
bible/kt/evil.md Normal file
View File

@ -0,0 +1,10 @@
# दुष्‍ट, अधर्मी, दुष्‍टता
## परिभाषा:
“दुष्‍ट” र “अधर्मी” शब्दहरूले परमेश्‍वरको पवित्रता र इच्छाको विरोध गर्ने कुनै पनि कुरालाई जनाउँछ ।
* “दुष्‍ट” शब्दले मानिसको गुणलाई जनाउँछ र “अधर्मी” शब्दले मानिसको व्यवहारलाई जनाउँछ । यद्यपि यिनीहरूको समान अर्थ छन् ।
* “दुष्‍टता” ले मानिसले गर्ने दुष्‍ट कामलाई जनाउँछ ।
* हत्या, चोरी, निन्दा, क्रूरता र निर्दयता जस्ता मानिसहरूले गर्ने कामहरू दुष्‍ट कामका परिणामहरू हुन् ।

9
bible/kt/exalt.md Normal file
View File

@ -0,0 +1,9 @@
# उच्‍च पार्नु, उचाल्ने काम
## परिभाषा:
उच्‍च पार्नु भन्‍नाले कसैको प्रशंसा गर्नु र आदर गर्नु भन्‍ने बुझिन्छ । कसैलाई उच्‍च पदमा राख्‍ने कामलाई पनि उच्‍च पार्नु भनिन्छ ।
* बाइबलमा “उच्‍च पार्नु” भनेर प्राय परमेश्‍वरको प्रशंसा गर्नको लागि प्रयोग गरिएको छ ।
* जब कुनै मानिसले आफैँलाई उच्‍च पार्छ, यसको अर्थ उसले आफैँलाई “घमण्डी” तरिकाले सोचिरहेको हुन्छ ।

9
bible/kt/exhort.md Normal file
View File

@ -0,0 +1,9 @@
# उत्साह दिनु, उत्साह
## परिभाषा:
कसैलाई सत्य र ठिक कुरा गर्नको लागि प्रोत्साहन दिने कामलाई “उत्साह दिनु” भनिन्छ । यस्तो प्रोत्साहनलाई “उत्साह” भनिन्छ ।
* उत्साहको उद्धेश्य अर्को मानिसलाई पाप गर्न छोडी परमेश्‍वरको इच्छा पालना गर्न राजी गराउनु हो ।
* नयाँ करारले ख्रीष्‍टियानहरूले एकअर्कालाई कडा र रूखो स्वरमा नभई प्रेमसाथ उत्साह दिने कुरामा शिक्षा दिन्छ ।

12
bible/kt/faith.md Normal file
View File

@ -0,0 +1,12 @@
# विश्‍वास
## परिभाषा:
सामान्यतया “विश्‍वास” शब्दले कसैमाथि वा केहीकुरा माथि गरिने भरोसा वा आत्मविश्‍वासलाई जनाउँछ ।
* कसैमाथि “विश्‍वास राख्‍नु” भन्‍नाले उसले भनेको र गरेको कुरा सत्य र भरोसायोग्य छ भनी मानिलिनु हो ।
* येशूको बारेमा परमेश्‍वरले शिक्षा दिनुभएको कुरामा विश्‍वास गर्ने कामलाई “येशूमाथि विश्‍वास गर्नु” भनिन्छ । यसले विशेष गरी येशू र उहाँको बलिदानमाथि गरिएको विश्‍वासले मानिसहरूको पाप धुन्छ र यसले ल्याउने दण्डबाट पनि बचाउँछ भन्‍ने कुरालाई जनाउँछ ।
* येशूमा गरिएको साँचो विश्‍वासले मानिसमा असल आत्मिक फलहरू वा व्यवहारहरू उत्पन्‍न गराउँछ । पवित्र आत्मा उसमा भएको कारणले यो काम सम्भव हुन्छ ।
* कहिले काहीँ “विश्‍वास” ले येशूको बारेमा सिकाइएको सबै कुरालाई जनाउँछ । “विश्‍वासको सत्यता” भन्‍ने अभिव्‍यक्‍तिले यसैलाई बुझाउँछ ।
* “विश्‍वासलाई जोगाएर राख्‍नु” वा “विश्‍वासलाई छोड्नु” भन्‍ने सन्दर्भमा “विश्‍वास” शब्दले येशूको बारेमा दिइएका सबै शिक्षालाई बुझाउँछ ।

10
bible/kt/faithful.md Normal file
View File

@ -0,0 +1,10 @@
# विश्‍वासयोग्य, विश्‍वासयोग्यता
## परिभाषा:
निरन्तर रूपमा परमेश्‍वरको शिक्षाअनुसार जिउने कामलाई “विश्‍वासयोग्य” हुनु भनिन्छ । यसले उहाँको आज्ञा पालन गरेर उहाँप्रति इमान्दार हुने कुरालाई बुझाउँछ । विश्‍वासयोग्य हुने अवस्थालाई “विश्‍वासयोग्यता” भनिन्छ ।
* विश्‍वासयोग्य मानिसले आफूले गरेका प्रतिज्ञाहरू र अरूप्रतिको उत्तरदायित्व पुरा गर्छ । यसैले, उसलाई भरोसा गर्न सकिन्छ ।
* विश्‍वासयोग्य मानिसले कुनै काम गर्दा धैर्यता अपनाउँछ, त्यो काम जस्तोसुकै लामो र कठिन नै किन नहोस् ।
* परमेश्‍वरले हामीबाट जे चाहनुहुन्छ त्यो निरन्तर रूपमा गर्नु नै परमेश्‍वरमा विश्‍वासयोग्य हुनु हो ।

10
bible/kt/faithless.md Normal file
View File

@ -0,0 +1,10 @@
# अविश्‍वासी, अविश्‍वास
## परिभाषा:
विश्‍वास नभएकोलाई “अविश्‍वासी” भनिन्छ ।
* यो शब्द परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई जनाउनको लागि प्रयोग गरिन्छ, जुन कुरा उनीहरूको अनैतिक जीवनबाट प्रकट हुन्छ ।
* अगमवक्ता यर्मियाले इस्राएलीहरूलाई अविश्‍वासी र परमेश्‍वरप्रति अनाज्ञाकारी भएको दोष लगाए ।
* उनीहरूले मूर्तिपूजा गरे र परमेश्‍वरको आराधना नगर्ने मानिसहरूका चालहरूमा लागे ।

13
bible/kt/falsegod.md Normal file
View File

@ -0,0 +1,13 @@
# झुटो देवता, पराइ देवता, देवता, देवी
## परिभाषा:
एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नुको साटो मानिसहरूले पूजा गर्ने अर्को कुनै पनि कुरालाई झुटो देवता भनिन्छ । स्‍त्री वाचक झुटो देवतालाई “देवी” भनिन्छ ।
* यी झुटा देवी देवताहरू अस्तित्वमा छैनन् । याहोवे एक मात्र परमेश्‍वर हुनुहुन्छ ।
* मानिसहरूले आफ्ना झुटा देवताहरूको प्रतिकको रूपमा मूर्तिहरू बनाउँछन् ।
* बाइबलमा पनि परमेश्‍वरका जनहरूले उहाँको आज्ञा पालना गर्नुको साटो बारम्बार । झुटा देवताहरूको पूजा गरेको कुरा पाइन्छ ।
* शैतानले मानिसहरूलाई झुटो देवतामा शक्‍ति हुन्छ भन्‍ने कुरा विश्‍वास गर्न लगाएर तिनीहरूलाई भ्रममा पार्दछ ।
* बाइबलको समयमा मानिसहरूले पूजा गर्ने गरेका धेरै देवताहरूमध्ये बाल, दागोन र मोलोख तिन देवता हुन् ।
* अशेरा र आर्तेमिस प्रचीन मानिसहरूले पूजा गर्ने दुई देवी हुन् ।

11
bible/kt/favor.md Normal file
View File

@ -0,0 +1,11 @@
# कृपा, अनुकूल, पक्षपात
## परिभाषा:
“कृपा” शब्दले सकारात्मक रुपले लिइएको कुनै व्‍यक्‍तिको भलाईको लागि गरिने कामलाई जनाउँछ । “अनुकूल” भन्‍नाले सकारात्मक, मन्जुरी भएको” वा “फाइदाजनक” कुरालाई जनाउँछ ।
* कुनै मानिसलाई राम्रो व्यवहार गर्ने तर कसैको भने वास्तै नगर्ने कामलाई “पक्षपात” भनिन्छ । धनी मानिसहरूले बढी वास्ता पाउँछन् ।
* येशू परमेश्‍वर र मानिसहरूको “अनुग्रहमा” हुर्कनुभयो । यसको अर्थ हुन्‍छ कि उनीहरूले उहाँको चरित्र र व्यावहार मन पराए ।
* “कृपा प्राप्‍त गर्नु” भन्‍नाले कसैले अनुमोदन प्रदान गर्नु हो ।
* जब राजाले कसैलाई कृपा देखाउँछन्, उनले उसको अनुरोध स्वीकार गर्छन् र उसले मागेको कुरा दिन्छन् ।

10
bible/kt/fear.md Normal file
View File

@ -0,0 +1,10 @@
# भय, डर, याहोवेको भय
## परिभाषा:
“भय” र “डर” शब्दले कुनै हानि वा आपत् आइपर्दा कुनै मानिसले अनुभव गर्ने नराम्रो अनुभूतिलाई जनाउँछ ।
* “भय” शब्दले अधिकार प्राप्‍त व्‍यक्‍तिप्रति गरिने गहिरो आदर र श्रद्धालाई पनि जनाउँछ ।
* “याहोवेको भय” (र यो सँगै सम्बन्धित शब्दहरू, “परमेश्‍वरको भय” र “परमप्रभुको भय” ) ले परमेश्‍वरलाई गरिने प्रगाढ आदर र त्यो आदर प्रकट गर्नलाई गरिने आज्ञापालनलाई जनाउँछ । यो भय परमेश्‍वर पवित्र हुनुहुन्छ र उहाँले पापलाई घृणा गर्नुहुन्छ भन्‍ने कुराबाट उत्प्रेरित हुन्छ ।
* बाइबलले याहोवेको भय मान्‍ने मानिस बुद्धिमानी हुन्छ भनेर सिकाउँछ ।

11
bible/kt/fellowship.md Normal file
View File

@ -0,0 +1,11 @@
# सङ्गती
## परिभाषा:
सामान्य अर्थमा “सङ्गती” भन्‍नाले एकै किसिमका रुचि र अनुभव भएका कुनै एक समूहका सदस्यहरूबिच हुने मित्रतापूर्ण अन्तरक्रियालाई जनाउँछ ।
* बाइबलमा “सङ्गति” शब्दले ख्रीष्‍टमा भएका विश्‍वासीहरूको एकतालाई जनाउँछ ।
* ख्रीष्‍टियान सङ्गती ख्रीष्‍ट र पवित्र आत्मामा भएको सम्बन्धको कारण उत्पन्‍न हुने विश्‍वासीहरू बिचको साझा सम्बन्ध हो ।
* आदि ख्रीष्‍टियानहरूले परमेश्‍वरको वचन सुनेर; र सँग-सँगै प्रार्थना गरेर आफ्ना सम्पत्ति र खानेकुराहरू एकापसमा बाँडचुँड गरेर सङ्गतिलाई देखाउँथे ।
* येशू र उहाँको क्रूसको बलिदानले परमेश्‍वर र मानिसहरू बिचको पर्खाल भत्काइदिएको छ भन्‍ने कुरामा विश्‍वास गरेर ख्रीष्‍टियानहरूले परमेश्‍वरसँग पनि सङ्गती गर्छन् ।

9
bible/kt/filled.md Normal file
View File

@ -0,0 +1,9 @@
# आत्माले भरिनु
## परिभाषा:
परमेश्‍वरको इच्छा पुरा गर्न सक्‍ने बनाउनको लागि कुनै व्‍यक्‍तिलाई पवित्र आत्माले दिने शक्‍तिलाई जनाउनको लागि “आत्माले भरिनु” भन्‍ने शब्दवलीको आलंकारिक प्रयोग गरिन्छ ।
* “कुनै कुराले भरिनु” भन्‍नाले “नियन्‍त्रित हुनु” भन्‍ने बुझिन्छ ।
* जब मानिसहरूले पवित्र आत्माको अगुवाइलाई पछ्याउँछन् र परमेश्‍वरले चाहनु भएका कुरा गर्नलाई उहाँमा पूर्ण रुपले भर पर्छन् तब उनीहरू “आत्माले भरिन्छन्” ।

12
bible/kt/flesh.md Normal file
View File

@ -0,0 +1,12 @@
# मासु, देह
## परिभाषा:
बाइबलमा “मासु” शब्दको शाब्दिक अर्थ मानिस र जनावरको शरीरमा भएको नरम तन्तु हो ।
* बाइबलमा सबै मानिस वा सबै जीवित प्राणीलाई जनाउनको लागि यो शव्‍दलाई आलंकारिक रुपले प्रयोग गरिएको छ ।
* नयाँ करारमा “मासु” शब्द मानिसहरूको पापमय स्वभावलाई जनाउनको लागि प्रयोग गरिएको पाइन्छ । यो अन्‍तिम स्वभावको विपरीत प्रयोग गरिने शब्द हो ।
* “आफ्नै रगत र मासु” भन्‍ने टुक्‍काले अभिभावक, भाइ बहिनीहरू, छोराछोरी वा नाति नातिनीहरूजस्ता शारीरिक नातालाई जनाउँछ ।
* “रगत र मासु” भन्‍ने अभिव्‍यक्‍तिलाइ कुनै व्‍यक्‍तिको पुर्खा वा वंशजलाई जनाउनको लागि प्रयोग गरिन्छ ।
* विवाह बन्धनमा बाँधिएका पुरुष र स्‍त्रीलाई “एउटै शरीर” भनेर भनिन्छ ।

11
bible/kt/foolish.md Normal file
View File

@ -0,0 +1,11 @@
# मूर्ख, बुद्धिहीन, मूर्खता
## परिभाषा:
गलत निर्णय गर्ने र विशेष गरी आज्ञा पालन नगर्ने व्‍यक्‍तिलाई जनाउनको लागि “मूर्ख” शब्दको प्रयोग गरिन्छ । बुद्धिमानी व्यवहार नगर्ने मानिसलाई “बुद्धिहीन” भनिन्छ ।
* बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने वा उहाँको आज्ञा पालना नगर्ने मानिसलाई “मूर्ख” भनेर सम्बोधन गरिएको छ । यसलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँको आज्ञा पालना गर्ने बुद्धिमानी मानिसको विपरीत अर्थ दिने शब्दको रूपमा प्रयोग गर्न सकिन्छ ।
* बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने र उहाँले सृष्‍टि गर्नुभएका कुराहरूमा देखिने प्रमाणलाई वास्ता नगर्ने मानिसलाई मूर्ख भनिएको छ ।
* मूर्ख मानिस कस्तो हुन्छ भनेर हितोपदेशको पुस्तकले बताउँछ ।
* बुद्धिमानी तरिकाले नगरिएको र परमेश्‍वरको इच्छाको विपरीत हुने कार्यलाई “मूर्खता” भनिन्छ । प्रायजसो कुनै हास्यास्पद र खतरनाक कुरालाई जनाउनको लागि यो शब्दको प्रयोग गरिन्छ ।

11
bible/kt/forgive.md Normal file
View File

@ -0,0 +1,11 @@
# क्षमा दिनु, क्षमा
## परिभाषा:
पीडा दिने वा हानी गर्ने मानिसको विरुद्धमा कुनै किसिमको नराम्रो भावना नराख्‍नुलाई क्षमा दिनु भनिन्छ । कसैलाई क्षमा दिने कामलाई “क्षमा” भनिन्छ ।
* कुनै व्‍यक्‍तिलाई क्षमा दिनु भन्‍नाले उसले गरेको खराबीको लागि कुनै सजाय नदीनु भन्‍ने अर्थ लाग्छ ।
* यो शब्दको आलंकारिक अर्थ “रद्द गर्नु” पनि हुन्छ, जस्तैः “कसैको ऋण मिनाहा गर्नु” ।
* मानिसहरुले आफ्ना पाप स्वीकार गर्दा, येशूको बलिदानपूर्ण क्रूसको मृत्युको आधारमा परमेश्‍वरले तिनीलाई क्षमा दिनुहुन्छ ।
* जसरी येशूले आफ्ना चेलाहरूलाई क्षमा गर्नुभयो त्यसरी नै उनीहरूले अरूलाई क्षमा गर्नुपर्छ भनेर येशूले सिकाउनु भयो ।

12
bible/kt/forsaken.md Normal file
View File

@ -0,0 +1,12 @@
# त्याग्‍नु, त्यागिएको
## परिभाषा:
“त्याग्‍नु” भन्‍नाले कसैलाई वा कुनै कुरालाई छाड्नु भन्‍ने बुझिन्छ । “त्यागिएको” व्‍यक्‍ति भन्‍नाले
अरूकोहीद्वारा एकलै छोडिएको व्‍यक्‍ति हो ।
* जब मानिसहरूले परमेश्‍वरलाई त्याग्छन्, उनीहरूले परमेश्‍वरको आज्ञा पालना नगरेर विश्‍वासघात गर्छन् ।
* जब परमेश्‍वरले मानिसहरूलाई त्याग्‍नुहुन्छ, उहाँले उनीहरूलाई सहायता गर्न छोड्नुहुन्छ र उनीहरूलाई आफूकहाँ फर्कने बनाउनको लागि कष्‍टमा भएर जान दिनुहुन्छ ।
* यो शब्दले कुनै कुरा त्याग्‍नु, परमेश्‍वरका शिक्षाहरू नमान्‍नु, भन्‍ने अर्थ दिन्छ ।
* “त्यागिएको” शब्दले भूतकालमा भएको घटनालाई जनाउँछ, उदाहरणको लागि “उसले तिमीलाई त्याग्यो” ।

10
bible/kt/fulfill.md Normal file
View File

@ -0,0 +1,10 @@
# पुरा गर्नु
## परिभाषा:
कुनै पनि आशा गरिएको कुरालाई पूर्ण गर्ने कामलाई “पुरा गर्नु” भनिन्छ ।
* कुनै भविष्यवाणी पुरा भयो भन्‍ने कुराले अगमवाणी गरिएको कुरा परमेश्‍वरले पूरा गराउनुभयो भन्‍ने बुझिन्छ ।
* जब कुनै मानिसले आफुले गरेको प्रतिज्ञालाई पुरा गर्छ, यसलाई उसले आफ्नो प्रतिज्ञा पुरा गर्‍यो भनिन्छ ।
* दायित्व पुरा गर्नु भन्‍नाले दिइएको काम पुरा गर्नुलाई जनाउँछ ।

12
bible/kt/gentile.md Normal file
View File

@ -0,0 +1,12 @@
# अन्यजाति/गैरयहूदी
## परिभाषा:
“अन्यजाति” शब्दले कुनै पनि गैरयहूदीलाई जनाउँछ । अन्यजातिहरू ती मानिसहरू हुन्, जो याकूबका सन्तानहरू होइनन् ।
* बाइबलमा अन्यजातिहरूलाई जनाउन “बेखतने” शब्दलाई पनि आलङ्कारिक रूपमा प्रयोग गरिएको छ, किनकि इस्राएलीहरूले जस्तै तिनीहरूमध्ये धेरै जनाले आफ्ना पुरुषहरूको खतना गर्दैनथ्ये ।
* परमेश्‍वरले यहूदीहरूलाई उहाँको विशेष जाति हुनलाई छान्‍नुभएकोले तिनीहरूले अन्यजातिहरूलाई बाहिरियाहरू ठान्थे, जो कहिल्यै परमेश्‍वरको जाति हुन सक्दैनथ्ये ।
* इतिहासमा विभिन्‍न समयमा यहूदीहरूलाई “इस्राएलीहरू” वा “हिब्रूहरू” पनि भनियो । तिनीहरूले हरेकलाई “अन्यजाति” भनी उल्लेख गर्थे ।
* अन्यजातिलाई “गैरयहूदी” वा “गैरइस्राएली” भनेर पनि अनुवाद गर्न सकिन्छ (पुरानो करार) ।
* परम्परागत रूपमा, यहूदीहरू अन्यजातिहरूसँगै बसेर खाँदैनथ्ये, वा तिनीहरूसित सङ्गत गर्दैनथ्ये, जसको कारणले गर्दा आदि मण्डलीमा सुरु-सुरुमा समस्याहरू उब्जे ।

31
bible/kt/gift.md Normal file
View File

@ -0,0 +1,31 @@
# उपहार
## परिभाषा:
शब्द “उपहार” ले कसैलाई दिइने कुनै पनि कुरोलाई जनाउँछ । कुनै पनि कुरो फिर्ता नपाउने अपेक्षासहित उपहार दिइन्छ ।
* गरिब मानिसहरूलाई दिइने रुपियाँ-पैसा, खाना, वस्‍त्र वा अन्य थोकहरूलाई “उपहारहरू” भनिन्छ ।
* बाइबलमा परमेश्‍वरलाई चढाइने भेटी वा बलिदानलाई पनि उपहार भनिएको छ ।
* उद्धारको उपहार परमेश्‍वरले येशूमा ग्रहण गर्नेहरूलाई दिनुहुने कुरो हो ।
* नयाँ करारमा अरू मानिसहरूको सेवाको लागि परमेश्‍वरले सबै ख्रीष्‍टियानलाई दिनुहुने विशेष आत्मिक योग्यताहरूलाई जनाउन पनि शब्द “उपहारहरू (वरदानहरू)” को प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* “उपहार” को लागि प्रयुक्‍त सामान्य शब्दलाई “दिइने कुरो” को अर्थ दिने कुनै शब्द वा पदावलीद्वारा अनुवाद गर्न सकिन्छ ।
* कसैले परमेश्‍वरबाट आउने उपहार (वरदान) वा विशेष योग्यता प्राप्‍त गरेको सन्दर्भमा “पवित्र आत्माबाट आउने वरदान” लाई “आत्मिक योग्यता” वा “पवित्र आत्माबाट आएको विशेष योग्यता” वा “परमेश्‍वरले दिनुभएको विशेष आत्मिक खुबी” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः आत्मा, आत्मिक, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा)
बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी १२:१-३
* २ शमूएल ११:६-८
* प्रेरित ०८:२०-२३
* प्रेरित १०:३-६
* प्रेरित ११:१७-१८
* प्रेरित २४:१७-१९
* याकूब ०१:१७-१८
* यूहन्‍ना ०४:९-१०
* मत्ती ०५:२३-२४
* मत्ती ०८:४

41
bible/kt/glory.md Normal file
View File

@ -0,0 +1,41 @@
# महिमा, महिमित
## परिभाषा:
सामान्यतया “महिमा” शब्दको अर्थ हुन्छ‒ आदर, वैभव र अत्यधिक महानता । “महिमा” भएको कुनै पनि कुरोलाई “महिमित” भनिन्छ ।
* कहिले काहीँ “महिमा” ले महान् मूल्य र महत्त्वलाई जनाउँछ । अन्य सन्दर्भहरूमा यसले वैभव, चम्किलोपना वा न्यायको अभिव्यक्‍ति दिन्छ ।
* उदाहरणको लागि, “गोठालाहरूको महिमा” ले हरियाली गौचरनलाई उल्लेख गर्छ, जहाँ भेडाहरूले खाने पर्याप्‍त घाँस हुन्छन् ।
* महिमा खास गरी परमेश्‍वरको बयान गर्न प्रयोग गरिन्छ । सारा विश्‍वमा अन्य कुनै थोक वा व्यक्‍तिभन्दा उहाँ बढी महिमित हुनुहुन्छ । उहाँको चरित्रमा भएको हरेक कुरोले उहाँको महिमा र उहाँको वैभवलाई प्रकट गर्छ ।
* “मा महिमा गर्नु” को अर्थ हुन्छः कुनै कुरोमा घमन्ड गर्नु वा गर्व गर्नु ।
अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर “महिमा” लाई “वैभव” वा “चम्किलोपन” वा “ऐश्‍वर्य” वा “भययोग्य महानता” वा “अत्यधिक मूल्यवान्” भनी अनुवाद गर्न सकिन्छ ।
* “महिमित” शब्दलाई “महिमाले भरिपूर्ण” वा “अत्यधिक मूल्यवान्” वा “तेजिलो चमक” वा “भययोग्य रूपमा ऐश्‍वर्यवान्” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “परमेश्‍वरलाई महिमा दिनुहोस्” लाई “परमेश्‍वरको महानताको आदर गर्नुहोस्” वा “परमेश्‍वरको ऐश्‍वर्यको कारणले उहाँको स्तुति होस्” वा “परमेश्‍वर कति महान् हुनुहुन्छ भनी अरूलाई बताउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “मा महिमा गर्नु” लाई “प्रशंसा गर्नु” वा “मा गर्व गर्नु” वा “को बारेमा घमन्ड गर्नु” वा “मा खुसी हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः महिमा दिनु)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०२:१५-१७
* १ थेसलोनिकी ०२:५-६
* प्रेरित ०७:१-३
* कलस्सी ०३:१-४
* प्रस्थान २४:१६-१८
* यशैया ३५:१-२
* याकूब ०२:१-४
* लूका ०२:८-९
* गन्ती १४:९-१०
* फिलिप्पी ०२:१४-१६
* फिलिप्पी ०४:१८-२०
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (२३-०७) अकस्मात्, आकाश स्वर्गदूतहरूले भरिए जसले यसो भन्दै परमेश्‍वरले स्तुति गरे, “स्वर्गमा परमेश्‍वरलाई महिमा होस् र पृथ्वीमा उहाँका मानिसहरूलाई शान्ति !”
* (२५-०६) त्यसपछि शैतानले येशूलाई संसारका सबै राज्य र त्यसका सबै महिमा देखाएर भन्यो, “मलाई दण्डवत् गरी मेरो आराधना गर्नुभयो भने म यी सबै तपाईंलाई दिनेछु ।”
* (३७-०१) येशूले यो खबर सुनेपछि भन्‍नुभयो, “यस रोगले मृत्युमा पुर्‍याउँदैन, तर यो परमेश्‍वरको महिमाको लागि हो ।”
* (३७-०८) येशूले जवाफ दिनुभयो, “तिमीहरूले ममा विश्‍वास गर्‍यौ भने तिमीहरूले परमेश्‍वरको महिमा देख्‍नेछौ भनी के मैले तिमीहरूलाई भनिनँ र ?”

63
bible/kt/god.md Normal file
View File

@ -0,0 +1,63 @@
# परमेश्‍वर
## परिभाषा:
बाइबलमा शब्द “परमेश्‍वर” ले शून्यताबाट सारा विश्‍वको सृष्‍टि गर्नुहुने अनन्त अस्तित्वलाई जनाउँछ । परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ । परमेश्‍वरको व्यक्‍तिगत नाउँ “यहोवे” हो ।
* परमेश्‍वर सधैँ अस्तित्वमा रहनुभएको छ । कुनै पनि थोक अस्तित्वमा आउनुअगि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो, र उहाँ सदाको लागि अस्तित्वमा हुनुहुन्‍छ ।
* उहाँ मात्र एक साँचो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, जससित सारा विश्‍वमा भएका हरेक थोकमाथि अधिकार छ ।
* परमेश्‍वर सिद्ध रूपमा धर्मी, असीमित रूपमा बुद्धिमान्, पवित्र, पापरहित, न्यायी, कृपालु र प्रेमिलो हुनुहुन्छ ।
* उहाँ करार पालन गर्नुहुने परमेश्‍वर हुनुहुन्छ, जसले सधैँ आफ्ना प्रतिज्ञाहरू पुरा गर्नुहुन्छ ।
* मानिसहरू परमेश्‍वरको आराधना गर्नलाई सृष्‍टि गरिए, र तिनीहरूले उहाँको मात्रै आराधना गर्नुपर्छ ।
* परमेश्‍वरले आफ्नो नाउँलाई “यहोवे” भनी प्रकट गराउनुभयो, जसको अर्थ हुन्छ‒ “उहाँ हुनुहुन्छ” वा “म हुँ” वा “(सधैँ) अस्तित्वमा हुनुहुने जन ।”
* बाइबलले झुटा “देवताहरू” को बारेमा पनि सिकाउँछ । ती निर्जीव मूर्तिहरू हुन्, जसलाई मानिसहरूले गलत तरिकाले पूजा गर्छन् ।
अनुवादका लागि सुझावहरूः
* परमेश्‍वरलाई “ईश्‍वर” वा “सृष्‍टिकर्ता” वा “सर्वोच्‍च अस्तित्व” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
* “परमेश्‍वर” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “सर्वोच्‍च सृष्‍टिकर्ता” वा “असीमित सार्वभौम परमप्रभु” वा “अनन्त सर्वोच्‍च अस्तित्व” पर्छन् ।
* स्थानीय वा राष्‍ट्रिय भाषामा परमेश्‍वरलाई कसरी उल्लेख गरिन्छ भनी ख्याल गर्नुहोस् । अनुवाद गरिएको भाषामा “परमेश्‍वर” को लागि प्रयोग गरिने शब्द पहिले नै अस्तित्वमा भएको हुन सक्छ । त्यसो हो भने, माथि वर्णित एक मात्र साँचो परमेश्‍वरका गुणहरू त्यस नाउँसित मेल खान्छन् कि खाँदैनन् भनी निश्‍चित गर्नु महत्त्वपूर्ण हुन्छ ।
* झुटा देवताबाट एक मात्र साँचो परमेश्‍वरलाई छुट्टयाउन धेरै भाषाहरूले यस शब्दको पहिलो अक्षरलाई ठुलो बनाउँछन् । (नोटः नेपाली भाषामा ठुलो र सानो वर्णमाला नभएकोले यसो गर्न सम्भव छैन)
* “परमेश्‍वर” र “देवता” को निम्ति दुई बेग्लाबेग्लै शब्दको प्रयोग गरी यस भिन्‍नतालाई काम राख्‍न सकिन्छ ।
* वाक्यांश “म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्” लाई “म परमेश्‍वरले यी मानिसहरूमाथि शासन गर्नेछु र तिनीहरूले मेरो आराधना गर्नेछन्” भनी अनुवाद गर्न सकिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः सृष्‍टि गर्नु, सृष्‍टि, सृष्‍टिकर्ता, झुटो देवता, देवता, परमेश्‍वर पिता, स्वर्गीय पिता, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, मूर्ति, परमेश्‍वरका पुत्र, पुत्र येशू, यहोवे)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०१:५-७
* १ शमूएल १०:७-८
* १ तिमोथी ०४:९-१०
* कलस्सी ०१:१५-१७
* व्यवस्था २९:१४-१६
* एज्रा ०३:१-२
* उत्पत्ति ०१:१-२
* होशे ०४:११-१२
* यशैया ३६:६-७
* याकूब ०२:१८-२०
* यर्मिया ०५:४-६
* यूहन्‍ना ०१:१-३
* यहोशू ०३:९-११
* विलाप ०३:४०-४३
* मीका ०४:४-५
* फिलिप्पी ०२:५-८
* हितोपदेश २४:११-१२
* भजनसंग्रह ४७:८-९
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०१-०१) परमेश्‍वरले विश्‍व र यसमा भएका हरेक थोक छ दिनमा सृष्‍टि गर्नुभयो ।
* (०१-१५) परमेश्‍वरले स्‍त्री र पुरुषलाई उहाँको आफ्नै स्वरूपमा बनाउनुभयो ।
* (०५-०३) “म सर्वशक्‍तिमान् परमेश्‍वर हुँ । म तिमीहरूसित करार बाँध्‍नेछु ।”
* (०९-१४) परमेश्‍वरले भन्‍नुभयो, “म हुँ जो म हुँ । तिनीहरूलाई भनिदेऊ, ‘म हुँ भन्‍नेले मलाई तपाईंहरूकहाँ पठाउनुभएको छ ।’ तिनीहरूलाई यो पनि भनिदेऊ ‘म यहोवे अर्थात् तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ । मेरो नाउँ सदासर्वदाको लागि यही नै हो’ ।”
* (१०-०२) यी विपत्तिहरूद्वारा परमेश्‍वर नै फारो र मिश्रका सबै देवहरूभन्दा शक्‍तिशाली हुनुहुँदोरहेछ भनी उहाँले फारोलाई देखाउनुभयो ।
* (१६-०१) इस्राएलीहरूले साँचो परमेश्‍वर यहोवेलाई पुज्‍नुको साटो कनानी देवहरूलाई पुज्‍न थाले ।
* (२२-०७) तिमी मेरा पुत्र सर्वोच्‍च परमेश्‍वरका अगमवक्‍ता कहलाइनेछौ जसले मानिसहरूलाई मसीहलाई स्वीकार गर्ने मार्ग तयार पार्नुहुनेछ ।”
* (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले परमेश्‍वर पिता बोल्नुभएको सुने, र तिनले येशूलाई बप्‍तिस्मा दिँदा पुत्र येशू र पवित्र आत्मालाई देखे ।
* (२५-०७) “केवल परमप्रभु तिम्रा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
* (२८-०१) “एक मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।”
* (४९-०९) तर परमेश्‍वरले संसारमा भएको हरेक व्यक्‍तिलाई यति धेरै प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो ताकि उहाँमा विश्‍वास गर्ने कोही पनि आफ्ना पापका लागि दण्डित नहोस् तर ऊ सदासर्वदा परमेश्‍वरसितै जिओस् ।
* (५०-१६) तर कुनै दिन परमेश्‍वरले नयाँ स्वर्ग र नयाँ पृथ्वी सृष्‍टि गर्नुहुनेछ जुन सिद्ध हुनेछन् ।

26
bible/kt/godly.md Normal file
View File

@ -0,0 +1,26 @@
# ईश्‍वरीय, ईश्‍वरभक्‍ति
## परिभाषा:
परमेश्‍वरलाई आदर गर्ने र परमेश्‍वर कस्तो हुनुहुन्छ भनी देखाउने तरिकाले क्रियाकलाप गर्ने व्यक्‍तिको बयान गर्न “ईश्‍वरीय” शब्दको प्रयोग गरिन्छ । परमेश्‍वरको इच्छालाई कार्यान्वयन गरी उहाँलाई आदर गर्ने गुणलाई “ईश्‍वरभक्‍ति” भनी उल्लेख गरिन्छ ।
* ईश्‍वरीय चरित्र भएको व्यक्‍तिले प्रेम, आनन्द, शान्ति, धैर्य, दया र आत्म-संयमजस्ता पवित्र आत्माका फलहरू देखाउँछन् ।
* ईश्‍वरभक्‍तिको योग्यता अर्थात् परमेश्‍वरलाई आदर गर्ने तरिकाले गरिने क्रियाकलाप व्यक्‍तिसित पवित्र आत्मा छ र ऊ उहाँको अधीनमा छ भन्‍ने फल वा बाहिरी साक्षी हो ।
अनुवादका लागि सुझावहरूः
* शब्द “ईश्‍वरभक्‍तहरू” लाई “ईश्‍वरीय मानिसहरू” वा “परमेश्‍वरको आज्ञा मान्‍ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः नामिक विशेषण)
* विशेषण “ईश्‍वरीय” लाई “परमेश्‍वरप्रति आज्ञाकारी” वा “धार्मिक” वा “परमेश्‍वरलाई खुसी पार्ने” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “ईश्‍वरीय चालमा” लाई “परमेश्‍वरको आज्ञा पालन गर्ने गरी” वा “परमेश्‍वरलाई खुसी पार्ने वचन र कर्महरूसहित” भनी अनुवाद गर्न सकिन्छ ।
* “ईश्‍वरभक्‍ति” लाई “परमेश्‍वरलाई खुसी पार्ने तरिकाले गरिने क्रियाकलाप” वा “परमेश्‍वरको आज्ञा पालन गर्ने काम” वा “धार्मिक तरिकाबाट जिइने जीवन यापन” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः धार्मिक, ईश्‍वररहित, ईश्‍वरविहीन, ईश्‍वरविहीनता, ईश्‍वररहित अवस्था, अधार्मिकता, अधार्मिक अवस्था)
बाइबलका सन्दर्भहरूः
* १ तिमोथी ०४:६-८
* २ तिमोथी ०३:१०-१३
* प्रेरित ०३:११-१२
* प्रेरित १०:१-२
* हिब्रू ११:७

41
bible/kt/godthefather.md Normal file
View File

@ -0,0 +1,41 @@
# परमेश्‍वर पिता, स्वर्गीय पिता, पिता
## परिभाषा:
पदावलीहरू “परमेश्‍वर पिता” र “स्वर्गीय पिता” ले यहोवेलाई जनाउँछन्, जो एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ । खास गरी येशूले उहाँलाई उल्लेख गर्नुहुँदा यो शब्द “पिता” को रूपमा मात्र पनि प्रयुक्‍त भएको छ ।
* परमेश्‍वर पिता परमेश्‍वर, पुत्र परमेश्‍वर र पवित्र आत्मा परमेश्‍वरको रूपमा अस्तित्वमा हुनुहुन्छ । हरेक पूर्ण रूपमा परमेश्‍वर हुनुहुन्छ र पनि उहाँहरू एक मात्र परमेश्‍वर हुनुहुन्छ । यो एउटा यस्तो रहस्य हो जसलाई मानिसले पूर्ण रूपमा बुझ्‍न सक्दैन ।
* परमेश्‍वर पिताले पुत्र (येशू) परमेश्‍वरलाई संसारमा पठाउनुभयो, र उहाँले आफ्ना मानिसहरूकहाँ पवित्र आत्मा पठाउनुहुन्छ ।
* पुत्र परमेश्‍वरमा विश्‍वास गर्ने कुनै पनि व्यक्‍ति परमेश्‍वर पिताको सन्तान बन्छ, र पवित्र आत्मा परमेश्‍वर त्यस व्यक्‍तिभित्र बास गर्न आउनुहुन्छ । यो अर्को एउटा रहस्य हो जसलाई मानव-जातिले पूर्ण रूपमा बुझ्‍न सक्दैनन् ।
अनुवादका लागि सुझावहरूः
* पदावली “परमेश्‍वर पिता” मा “पिता” शब्दलाई मानवीय पितालाई जनाउन प्रयोग गरिने सामान्य शब्दद्वारा नै अनुवाद गर्नु उत्तम हुन्छ ।
* पदावली “स्वर्गीय पिता” लाई “स्वर्गमा बस्‍नुहुने पिता” वा “पिता परमेश्‍वर जो स्वर्गमा बस्‍नुहुन्छ” वा “स्वर्गमा हुनुहुने हाम्रा पिता परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ ।
* साधारणतया परमेश्‍वरलाई जनाउन अङ्ग्रेजीमा “पिता” शब्दको अगाडिको अक्षर ठुलो लेखिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः पिता, पुर्खा, परमेश्‍वर, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, परमेश्‍वरका पुत्र, पुत्र येशू, पुत्र)
बाइबलका सन्दर्भहरूः
* १ कोरिन्थी ०८:४-६
* १ यूहन्‍ना ०२:१-३
* १ यूहन्‍ना ०२:२२-२३
* १ यूहन्‍ना ०३:१-३
* कलस्सी ०१:१-३
* एफिसी ०५:१८-२१
* लूका १०:२२
* मत्ती ०५:१५-१६
* मत्ती २३:८-१०
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (२४-०९) एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्‍नाले परमेश्‍वर पिता बोल्नुभएको सुने, र तिनले येशूलाई बप्‍तिस्मा दिँदा पुत्र येशू र पवित्र आत्मालाई देखे ।
* (२९-०९) त्यसपछि येशूले भन्‍नुभयो, “यदि ह्दयबाट नै तिमीले आफ्नो भाइलाई क्षमा दिएनौ भने मेरा स्वर्गीय पिताले हरेकलाई यसै गर्नुहुनेछ ।”
* (४०-०७) तब येशूले माथि स्वर्गतिर हेरेर भन्‍नुभयो, “हे पिता, मेरो आवाजलाई सुन्‍नुभएकोमा तपाईंलाई धन्यवाद छ ।”
* (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।”
* (४३-०८) “अहिले येशू परमेश्‍वर पिताको दाहिने हातपट्टि उचालिनुभएको छ ।”
* (५०-१०) “त्यस बेला परमेश्‍वर तिनीहरूका पिताको राज्यमा धर्मीहरू सूर्यझैँ चम्कनेछन् ।”

46
bible/kt/good.md Normal file
View File

@ -0,0 +1,46 @@
# असल, उत्तमता
## परिभाषा:
सन्दर्भमा आधारित रहेर शब्द “असल” का विभिन्‍न अर्थहरू छन् । यी विभिन्‍न शब्दहरूलाई अनुवाद गर्न धेरै भाषाहरूले विभिन्‍न शब्दहरूको प्रयोग गर्छन् ।
* साधारणतया परमेश्‍वरको चरित्र, उद्देश्य र इच्छासित मेल खायो भने त्यो कुरो असल हुन्छ ।
* “असल” कुरो सुखद, सर्वोत्तम, मदतदायी, उपयुक्‍त, लाभदायक वा नैतिक रूपमा सही हुन्छ ।
* “असल” जमिनलाई “उर्वरायुक्‍त” वा “उत्पादनशील” भन्‍न सकिन्छ ।
* “असल” फसल “प्रचुर” फसल हुन सक्छ ।
* आफ्नो काम वा पेसामा व्यक्‍ति दक्ष छ भने उसले गर्ने काममा ऊ “असल” हुन सक्छ, जस्तैः “असल किसान ।”
* बाइबलमा “असल” को सामान्य अर्थ “खराब” को विपरीत छ ।
* शब्द “उत्तमता” ले साधारणतया नैतिक रूपमा असल वा विचार र कर्ममा धार्मिक हुने कुरोलाई जनाउँछ ।
* परमेश्‍वरको उत्तमता (भलाइ) ले कसरी उहाँले मानिसहरूलाई असल र फाइदाजनक चिजहरू दिएर तिनीहरूलाई आशिष् दिनुहुन्छ भन्‍ने कुरोलाई जनाउँछ । यसले उहाँको नैतिक सिद्धतालाई पनि जनाउन सक्छ ।
अनुवादका लागि सुझावहरूः
* अनुवाद गरिएको भाषामा “असल” को लागि प्रयोग गरिने शब्दलाई जहाँसुकै यो सामान्य अर्थ सठिक र स्वाभाविक हुँदा प्रयोग गरिनुपर्छ, खास गरी खराब (वा दुष्‍ट) सित विपरीत भएका सन्दर्भहरूमा ।
* सन्दर्भमा आधारित रहेर यस शब्दलाई “दयालु” वा “सर्वोत्तम” वा “परमेश्‍वरमा स्वीकारयोग्य” वा “धार्मिक” वा “नैतिक रूपमा सोझो” वा “लाभदायक” भनी अनुवाद गर्न सकिन्छ ।
* “असल जमिन” लाई “उर्वरायुक्‍त जमिन” वा “उत्पादनशील जमिन” भनी अनुवाद गर्न सकिन्छ । “असल फसल” लाई “प्रचुर फसल” वा “फसलको अत्यधिक मात्रा” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “लाई असल गर्नुहोस्” को अर्थ हुन्छ कि अरूलाई फाइदा पुग्‍ने कुराहरू गर्नु र यसलाई “प्रति दयालु हुनुहोस्” वा कसैलाई “मदत गर्नुहोस्” वा “फाइदा दिनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
* सन्दर्भमा आधारित रहेर “उत्तमता” लाई “आशिष्” वा “दया” वा “नैतिक सिद्धता” वा “धार्मिकता” वा “शुद्धता” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता, पवित्र, पवित्रता, लाभ, लाभदायक, धार्मिक, धार्मिकता)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०६:२-४
* गलाती ०५:२२-२४
* उत्पत्ति ०१:११-१३
* उत्पत्ति ०२:९-१०
* उत्पत्ति ०२:१५-१७
* याकूब ०३:१३-१४
* रोमी ०२:३-४
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०१-०४) आफूले सृष्‍टि गर्नुभएको कुरो असल थियो भनी परमेश्‍वरले देख्‍नुभयो ।
* (०१-११) परमेश्‍वरले ... असल र खराबको ज्ञान दिने रुख लगाउनुभयो ।”
* (०१-१२) त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई एकलो रहन असल छैन ।”
* (०२-०४) “परमेश्‍वर जान्‍नुहुन्छ कि तिमीले यसलाई खानेबित्तिकै तिमी परमेश्‍वरजस्तै हुनेछ्यौ र तिमीले उहाँले जस्तै असल र खराबलाई बुझ्‍नेछ्यौ ।”
* (०८-१२) “तपाईंहरूले मलाई दासको रूपमा बेच्‍नुहुँदा खराब गर्ने कोसिस गर्नुभयो, तर परमेश्‍वरले त्यस खराबलाई असलको लागि प्रयोग गर्नुभयो ।”
* (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने ।
* (१८-१३) यीमध्ये केही राजाहरू असल मानिसहरू थिए, जसले न्यायपूर्वक शासन गरे र परमेश्‍वरको आराधना गरे ।
* (२८-०१) “हे असल शिक्षक, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी मलाई किन ‘असल’ भन्छौ ? एक जना मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।”

39
bible/kt/goodnews.md Normal file
View File

@ -0,0 +1,39 @@
# शुभ खबर, सुसमाचार
## परिभाषा:
“सुसमाचार” को शाब्दिक अर्थ हुन्छ‒ “शुभ खबर ।” यसले त्यस्तो सन्देश वा घोषणालाई जनाउँछ, जसलाई सुन्दा मानिसहरूलाई फाइदा मिल्छ वा तिनीहरूलाई खुसी पार्छन् ।
* बाइबलमा यस शब्दले साधारणतया क्रुसमा येशूको बलिदानद्वारा मानिसहरूका निम्ति परमेश्‍वरको उद्धारबारे भएको सन्देशलाई जनाउँछ ।
* अधिकांश अङ्ग्रेजी बाइबलहरूमा “शुभ खबर” लाई साधारणतया “सुसमाचार” भनी अनुवाद गरिएको छ । “येशू ख्रीष्‍टको सुसमाचार,” “परमेश्‍वरको सुसमाचार” र “राज्यको सुसमाचार” भन्‍ने पदावलीहरूमा यसलाई देख्‍न सकिन्छ ।
अनुवादका लागि सुझावहरूः
* “शुभ सन्देश” वा “शुभ घोषणा” वा “उद्धारबारे परमेश्‍वरको सन्देश” वा “येशूको बारेमा परमेश्‍वरले सिकाउनुहुने शुभ कुराहरू” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
* सन्दर्भमा आधारित रहेर “को शुभ खबर” लाई “बारेमा भएको शुभ खबर/सन्देश” वा “बाट आएको शुभ सन्देश” वा “को बारेमा परमेश्‍वरले बताउनुहुने शुभ कुराहरू” वा “परमेश्‍वरले मानिसहरूलाई कसरी बचाउनुहुन्छ भन्‍ने कुरा” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः राज्य, बलिदान, भेटी, उद्धार)
बाइबलका सन्दर्भहरूः
* १ थेसलोनिकी ०१:४-५
* प्रेरित ०८:२५
* कलस्सी ०१:२१-२३
* गलाती ०१:६-७
* लूका ०८:१-३
* मर्कूस ०१:१४-१५
* फिलिप्पी ०२:२२-२४
* रोमी ०१:१-३
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (२३-०६) स्वर्गदूतले भने, “नडराओ, किनकि तिमीहरूका लागि मसित शुभ खबर छ । मसीह अर्थात् मालिक बेथलेहेममा जन्मनुभएको छ !”
* (२६-०३) येशूले पाठ गर्नुभयो, “गरिबहरूलाई शुभ खबर सुनाउन, बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्न, दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन उत्पीडनहरूलाई मुक्‍त गर्न परमेश्‍वरले मलाई उहाँका आत्मा दिनुभएको छ । यो प्रभुको कृपाको वर्ष हो ।”
* (४५-१०) तिनलाई येशूको शुभ खबर सुनाउन फिलिपले अन्य धर्मशास्‍त्र पनि प्रयोग गरे ।
* (४६-१०) त्यसपछि अन्य धेरै ठाउँहरूमा येशूको बारेमा भएको शुभ खबरको प्रचार गर्न तिनीहरूले उनीहरूलाई पठाए ।
* (४७-०१) एक दिन पावल र सिलास येशूको बारेमा भएको शुभ खबरको घोषणा गर्न फिलिप्पी नगरमा गए ।
* (४७-१३) येशूको बारेमा भएको शुभ खबर फैलिरह्‍यो, र मण्डली वृद्धि भइरह्‍यो ।
* (५०-०१) करिब दुई हजार वर्षसम्म संसारका चारैतिर भएका धेरैभन्दा धेरै मानिसहरूले येशू मसीहको बारेमा भएको शुभ खबरलाई सुन्दै आइरहेका छन् ।
* (५०-०२) येशू पृथ्वीमा जिउनुहुँदा उहाँले भन्‍नुभयो, “संसारको हरेक ठाउँमा भएका मानिसहरूलाई मेरा चेलाहरूले परमेश्‍वरको राज्यको बारेमा भएको शुभ खबर प्रचार गर्नेछन्, र त्यसपछि अन्त्य आउनेछ ।”
* (५०-०३) उहाँ स्वर्ग फर्कनुअगि कहिल्यै शुभ खबर नसुनेका मानिसहरूलाई यसको घोषणा गर्न येशूले ख्रीष्‍टियानहरूलाई आज्ञा दिनुभयो ।

29
bible/kt/grace.md Normal file
View File

@ -0,0 +1,29 @@
# अनुग्रह, अनुग्रहमय
## परिभाषा:
“अनुग्रह” शब्दले कसैलाई दिइने सहायता वा आशिष्लाई जनाउँछ जुन ऊ आफैले कमाएको हुँदैन । “अनुग्रहमय” शब्दले अरूहरूप्रति अनुग्रह देखाउने व्यक्‍तिको बयान गर्छ ।
* पापिष्‍ठ मानव-जातिप्रति परमेश्‍वरको अनुग्रह सित्तैँमा दिइएको उपहार हो ।
* अनुग्रहको अवधारणाले गल्ती गरेको व्यक्‍ति वा चोट पुर्‍याएको व्यक्‍तिप्रति गरिने दया वा क्षमालाई पनि जनाउँछ ।
* पदावली “अनुग्रह पाउनु” एउटा टुक्‍का हो जसको अर्थ हुन्छ‒ परमेश्‍वरबाट सहायता र कृपा पाउनु । यसमा अक्सर त्यस्तो अर्थ हुन्छ जसमा परमेश्‍वर त्यस व्यक्‍तिप्रति खुसी हुनुहुन्छ र उसलाई सहायता गर्नुहुन्छ ।
अनुवादका लागि सुझावहरूः
* “अनुग्रह” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “ईश्‍वरीय दया” वा “परमेश्‍वरको स्‍नेह” वा “पापीहरूका लागि परमेश्‍वरको दया र क्षमा” वा “कृपावान् दया” पर्छन् ।
* “अनुग्रहमय” शब्दलाई “अनुग्रहले भरिपूर्ण” वा “दयालु” वा “कृपालु” वा “कृपा गरेर दयालु” भनी अनुवाद गर्न सकिन्छ ।
* टुक्‍का “उसले परमेश्‍वरको दृष्‍टिमा अनुग्रह पायो” लाई “उसले परमेश्‍वरबाट कृपा पायो” वा “परमेश्‍वरले कृपा गरेर उसलाई सहायता गर्नुभयो” वा “परमेश्‍वरले उसलाई आफ्ना स्‍नेह देखाउनुभयो” वा “परमेश्‍वर उसबाट खुसी हुनुभयो र उसलाई मदत गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०४:३२-३३
* प्रेरित ०६:८-९
* प्रेरित १४:३-४
* कलस्सी ०४:५-६
* कलस्सी ०४:१८
* उत्पत्ति ४३:२८-२९
* याकूब ०४:६-७
* यूहन्‍ना ०१:१६-१८
* फिलिप्पी ०४:२१-२३
* प्रकाश २२:२०-२१

34
bible/kt/guilt.md Normal file
View File

@ -0,0 +1,34 @@
# दोष, दोषी
## परिभाषा:
शब्द “दोष” ले पाप वा अपराध गरेको सत्यतालाई जनाउँछ ।
* “दोषी हुनु” को अर्थ हुन्छ‒ नैतिक रूपमा गलत काम गरेको हुनु वा परमेश्‍वरप्रति अनाज्ञाकारी भएको हुनु ।
* “दोषी” को विपरीत शब्द हो‒ “निर्दोष ।”
अनुवादका लागि सुझावहरूः
* केही भाषाहरूले “दोष” लाई “पापको तौल” वा “पापको गणना” भनी अनुवाद गर्न सक्छन् ।
* “दोषी हुनु” लाई “भुलमा हुनु” वा “नैतिक रूपमा गलत काम गरेको हुनु” वा “पाप गरेको हुनु” भन्‍नेजस्ता पदावलीहरूले अनुवाद गर्न सकिन्छ ।
युएलबीका उदाहरणहरूः तपाईंको पापको दोष लैजानुहोस्, तपाईंको दोष लैजानुहोस्, दोषबलि, तपाईंको दोषलाई दण्ड दिनुहोस्, उसलाई हत्याको दोष लाग्‍नेछैन, उसले आफ्नै दोष बोक्‍छ, आफ्नो दोष धुनेछ, दोषी हुन्छ, हाम्रा दोष स्वर्गसम्म पुग्छ ।
(हेर्नुहोस्ः निर्दोष, अपराध, दण्ड दिनु, दण्ड, पाप, पापिष्‍ठ, पापी)
बाइबलका सन्दर्भहरूः
* प्रस्थान २८:३६-३८
* होशे १२:१३-१४
* यशैया ०६:६-७
* याकूब ०२:१०-११
* यूहन्‍ना १९:४-६
* योना ०१:१४-१६
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (३९-०२) तिनीहरूले धेरै साक्षीहरू ल्याए जसले उहाँ (येशू) को बारेमा झुट बोले । तथापि, तिनीहरूका भनाइहरू एक अर्कामा मेल खाएनन् । त्यसैले, उहाँ कुनै पनि कुरोको दोषी हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूले प्रमाणित गर्न सकेनन् ।
* (३९-११) येशूसित बोलिसकेपछि पिलातस भिडकहाँ गए र भने, “म यी मानिसमा कुनै दोष भेट्टाउँदिनँ ।” तर यहूदी अगुवाहरू र भिड चिच्‍च्याए, “तिनलाई क्रुसमा चढाओ !” पिलातसले जवाफ दिए, “उहाँ दोषी हुनुहुन्‍न ।” तर तिनीहरू झनै चर्को सोरले कराए । त्यसपछि पिलातसले तेस्रो पटक भने, “उहाँ दोषी हुनुहुन्‍न !”
* (४०-०४) येशूलाई दुई डाँकाका बिचमा क्रुसमा टाँगियो । तीमध्ये एक जनाले येशूको गिल्ला गर्‍यो, तर अर्काचाहिँले भने, “के तिमी परमेश्‍वरदेखि डराउँदैनौ ? हामी दोषी छौँ, तर यी मानिस निर्दोष हुनुहुन्छ ।”
* (४९-१०) तपाईंको पापको कारणले गर्दा तपाईं दोषी हुनुहुन्छ र मृत्युको योग्य हुनुहुन्छ ।

32
bible/kt/hades.md Normal file
View File

@ -0,0 +1,32 @@
# चिहान (हिब्रूमा सिओल र ग्रिकमा हेडिस)
## परिभाषा:
हिब्रू शब्द “सिओल” र ग्रिक शब्द “हेडिस” (जसलाई नेपालीमा धेरै पटक “चिहान” भनी अनुवाद गरिएको छ) ले मृत्यु र मानिसहरू मरेपछि तिनीहरूका आत्माहरू जाने ठाउँलाई जनाउँछन् । यी दुवै शब्दको अर्थ समान छ ।
* साधारणतया मृत्युको स्थानलाई उल्लेख गर्न हिब्रू शब्द “सिओल” लाई पुरानो करारमा अक्सर प्रयोग गरिएको छ ।
* नयाँ करारमा ग्रिक शब्द “हेडिस” ले परमेश्‍वरको विरुद्धमा जाने मानिसहरूका आत्माहरूको बासस्थानलाई जनाउँछ । यी आत्माहरू “तल” हेडिसमा गए भनी उल्लेख गरिएको छ । कहिले काहीँ “माथि” स्वर्गमा जाने कुरोसित यसको भिन्‍नता छुट्टयाइएको छ । स्वर्ग त्यो ठाउँ हो, जहाँ येशूमा विश्‍वास गर्ने मानिसहरूका आत्माहरू बस्छन् ।
* प्रकाशको पुस्तकमा “हेडिस” शब्द “मृत्यु” सँगै आएको पाइन्छ । अन्त्यको समयमा मृत्यु र हेडिस दुवै अग्‍नि-कुण्डमा फ्याँकिनेछन्, जुन नरक हो ।
अनुवादका लागि सुझावहरूः
* पुरानो करारको शब्द “सिओल” लाई “मृतकहरूको वासस्थान” वा “मृत आत्माहरूको स्थान” भनी अनुवाद गर्न सकिन्छ । सन्दर्भमा आधारित रहेर केही अनुवादहरूले यसलाई “खाडल” वा “मृत्यु” भनी अनुवाद गर्छन् ।
* नयाँ करारको शब्द “हेडिस” लाई “विश्‍वास नगर्ने मृत आत्माहरूको स्थान” वा “मृतकहरूको यातनाको स्थान” वा “विश्‍वास नगर्ने मृत मानिसहरूका आत्माहरूको स्थान” भनी अनुवाद गर्न सकिन्छ ।
* केही अनुवादहरूले “सिओल” वा “हेडिस” लाई अनुवाद गर्नुको साटो लिप्यन्तर गर्छन्, अर्थात् अनुवाद गरिएको भाषामा तिनलाई जस्ताको तस्तै ल्याउँछन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
* यस शब्दलाई व्याख्या गर्न कुनै पदावली पनि थप्‍न सकिन्छ, जस्तैः “सिओल अर्थात् मृत मानिसहरूको वासस्थान” वा “हेडिस अर्थात् मृत्युको स्थान ।”
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्, अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः मृत्यु, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, नरक, अग्‍नि-कुण्ड, चिहान)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०२:२९-३१
* उत्पत्ति ४४:२७-२९
* योना ०२:१-२
* लूका १०:१३-१५
* लूका १६:२२-२३
* मत्ती ११:२३-२४
* मत्ती १६:१७-१८
* प्रकाश ०१:१७-१८

39
bible/kt/heart.md Normal file
View File

@ -0,0 +1,39 @@
# ह्दय/मुटु
## परिभाषा:
बाइबलमा व्‍यक्‍तिका विचार, भावना, चाहना वा इच्छालाई जनाउन “ह्दय/मुटु” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।
* “कडा ह्दय” हुनु एउटा सामान्य अभिव्‍यक्‍ति हो, जसको अर्थ हुन्छः व्‍यक्‍ति हठी भएर परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गर्छ ।
* अभिव्‍यक्‍तिहरू “मेरा सारा ह्दयले” वा “मेरा सम्पूर्ण ह्दयले” को अर्थ हुन्छ‒ केही पनि बाँकी नराखी पूर्ण प्रतिबद्धता र तत्परताले कुनै कुरो गर्नु ।
* टुक्‍का “यसलाई ह्दयमा लैजानु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई गम्भीरतापूर्वक लिई त्यसलाई व्‍यक्‍तिको जीवनमा उतार्नु ।
* “भग्‍नह्दय” शब्दले ज्यादै दुःखी व्‍यक्‍तिलाई बयान गर्छ । उसलाई भावनात्मक रूपमा ज्यादै गहिरो चोट लागेको छ ।
अनुवादका लागि सुझावहरूः
* यी विचारलाई जनाउन केही भाषाहरूले “पेट” वा “कलेजो” जस्ता शरीरका अङ्गहरूलाई प्रयोग गर्छन् ।
* अरू भाषाहरूले यीमध्ये केही अवधारणालाई व्यक्त गर्न एउटा शब्द र अन्य अवधारणालाई व्यक्त गर्न अर्को शब्द प्रयोग गर्न सक्छन् ।
* “ह्दय” वा शरीरका अन्य अङ्गहरूले यस अर्थलाई व्यक्त गर्दैन भने केही भाषाहरूले “विचार” वा “भावना” वा “इच्छा” जस्ता शब्दहरूको प्रयोग गरी यसलाई शाब्दिक रूपमा व्यक्त गर्नुपर्ने हुन सक्छ ।
* सन्दर्भमा आधारित रहेर “मेरा सारा ह्दयले” वा “मेरा सम्पूर्ण ह्दयले” लाई “मेरा सबै शक्तिले” वा “पूर्ण समर्पणसहित” वा “पूर्णतः” वा “पूर्ण प्रतिबद्धतासहित” भनेर अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “ह्दयमा लैजानु” लाई “यसलाई गम्भीर रूपमा लिनु” वा “यसबारे होसियारीपूर्वक सोच्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
* टुक्‍का “कडा ह्दय” लाई “हठी रूपमा विद्रोही” वा “आज्ञा मान्‍न इन्कार गर्ने” वा “निरन्तर रूपमा परमेश्‍वरप्रति अनाज्ञाकारी हुने” भनी अनुवाद गर्न सकिन्छ ।
* “भग्‍नह्दय” लाई “ज्यादै दुःखी” वा “गहन चोटको अनुभूति गरेको” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः कडा, कठोरता, अन्य)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०३:१६-१८
* १ थेसलोनिकी ०२:३-४
* १ थेसलोनिकी ०३:११-१३
* २ थेसलोनिकी ०३:१३-१५
* प्रेरित ०८:२०-२३
* प्रेरित १५:७-९
* लूका ०८:१४-१५
* मत्ती ०५:५-८
* मत्ती ०९:३-६
* मत्ती १३:१५
* मत्ती १३:१८-१९
* मत्ती २२:३७-३८
* मर्कूस ०२:५-७

43
bible/kt/heaven.md Normal file
View File

@ -0,0 +1,43 @@
# स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय
## परिभाषा:
“स्वर्ग” भनी अनुवाद गरिएको शब्दले परमेश्‍वरको वासस्थानलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर यही शब्दको अर्थ आकाश पनि हुन सक्छ ।
* शब्द “आकाशहरू” ले हामीले माथि देख्‍ने सूर्य, चन्द्रमा र ताराहरूलगायत हरेक कुरोलाई उल्लेख गर्छ । पृथ्वीबाट सिधै देख्‍न नसकिने धेरै टाढाका आकाशीय पिण्डहरू पनि यसमा पर्छन् ।
* “आकाश” शब्दले पृथ्वीभन्दा माथिको निलो फैलावटलाई जनाउँछ, जहाँ बादलहरू र हावा हुन्छन् । अक्सर सूर्य र चन्द्रमा पनि “माथि आकाशमा” छन् भनिएको छ ।
* बाइबलका केही सन्दर्भहरूमा “स्वर्ग” शब्दले आकाश वा परमेश्‍वर बस्‍नुहुने ठाउँलाई जनाउन सक्छ ।
* “स्वर्ग” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, यो परमेश्‍वरलाई जनाउने एउटा तरिका हो । उदाहरणको लागि, मत्तीले “स्वर्गको राज्य” को बारेमा बताउँदा तिनले परमेश्‍वरको राज्यलाई उल्लेख गर्दै छन् ।
अनुवादका लागि सुझावहरूः
* “स्वर्ग” लाई आलङ्कारिक रूपमा प्रयोग गर्दा, यसलाई “परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ ।
* मत्तीको पुस्तकमा अभिलिखित पदावली “स्वर्गको राज्य” मा “स्वर्ग” शब्दलाई राख्‍नु उत्तम हुन्छ, किनकि यो मत्तीको सुसमाचारको पृथक्‍ता हो ।
* “आकाशहरू” वा “स्वर्गीय पिण्डहरू” लाई “सूर्य, चन्द्रमा र ताराहरू” वा “विश्‍वमा भएका सबै ताराहरू” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “स्वर्गका ताराहरू” लाई “आकाशमा भएका ताराहरू” वा “तारापुञ्‍जमा भएका ताराहरू” वा “विश्‍वमा भएका ताराहरू” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः परमेश्‍वरको राज्य, स्वर्गको राज्य)
बाइबलका सन्दर्भहरूः
* १ राजा ०८:२२-२४
* १ थेसलोनिकी ०१:८-१०
* १ थेसलोनिकी ०४:१६-१८
* व्यवस्था ०९:१-२
* एफिसी ०६:९
* उत्पत्ति ०१:१-२
* उत्पत्ति ०७:११-१२
* यूहन्‍ना ०३:१२-१३
* यूहन्‍ना ०३:२७-२८
* मत्ती ०५:१७-१८
* मत्ती ०५:४६-४८
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०४-०२) तिनीहरूले स्वर्गसम्मै पुग्‍ने एउटा अग्लो धरहरा पनि बनाउन थाले ।
* (१४-११) उहाँ (परमेश्‍वर) ले तिनीहरूलाई स्वर्गबाट “मन्‍न” भनिने रोटी दिनुभयो ।
* (२३-०७) अकस्मात्, आकाश स्वर्गदूतहरूले भरिए जसले यसो भन्दै परमेश्‍वरको स्तुति गरे, “स्वर्गमा परमेश्‍वरलाई महिमा होस् र पृथ्वीमा उहाँका मानिसहरूलाई शान्ति !”
* (२९-०९) त्यसपछि येशूले भन्‍नुभयो, “यदि ह्दयबाट नै तिमीले आफ्नो भाइलाई क्षमा दिएनौ भने मेरा स्वर्गीय पिताले हरेकलाई यसै गर्नुहुनेछ ।”
* (३७-०९) त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्‍नुभयो, “हे पिता, मेरो आवाजलाई सुन्‍नुभएको लागि तपाईंलाई धन्यवाद छ ।”
* (४२-११) त्यसपछि येशू स्वर्ग जानुभयो, र बादलले उहाँलाई तिनीहरूका दृष्‍टिबाट ढाक्यो ।

22
bible/kt/hebrew.md Normal file
View File

@ -0,0 +1,22 @@
# हिब्रू
## परिभाषा:
“हिब्रूहरू” इसहाक र याकूबको वंश हुँदै अब्राहामबाट आएका सन्तानहरू थिए । बाइबलमा अब्राहामलाई नै पहिलो पटक “हिब्रू” भनिएको छ ।
* “हिब्रू” शब्दले हिब्रू मानिसहरूले बोल्ने भाषालाई पनि जनाउँछ । पुरानो करार सुरुमा हिब्रू भाषामा लेखिएको थियो ।
* बाइबलका विभिन्‍न ठाउँहरूमा हिब्रूहरूलाई “यहूदीहरू” वा “इस्राएलीहरू” भनिएका छन् । यी शब्दहरूले उही जातिलाई जनाउँदासम्म पाठ्यांशको मौलिक सन्दर्भमा यी शब्दहरूलाई जस्ताको तस्तै राख्‍नु उत्कृष्‍ट हुन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः इस्राएल, यहूदी, यहूदी अगुवाहरू)
बाइबलका सन्दर्भहरूः
* प्रेरित २६:१२-१४
* उत्पत्ति ३९:१३-१५
* उत्पत्ति ४०:१४-१५
* उत्पत्ति ४१:१२-१३
* योना ०१:८-१०
* फिलिप्पी ०३:४-५

36
bible/kt/hell.md Normal file
View File

@ -0,0 +1,36 @@
# नरक, अग्‍नि-कुण्ड
## परिभाषा:
नरक अन्त्यहीन पीडा र दुःखकष्‍टको ठाउँ हो, जहाँ उहाँको विरुद्धमा जाने र येशूको बलिदानमार्फत मानिसहरूलाई बचाउने उहाँको उद्धारको योजनालाई इन्कार गर्ने हरेकलाई उहाँले दण्ड दिनुहुनेछ । यसलाई “अग्‍नि-कुण्ड” भनेर पनि उल्लेख गरिएको छ ।
* नरकलाई आगो र अत्यधिक दुःखकष्‍टको ठाउँको रूपमा बयान गरिएको छ ।
* शैतान र त्यसलाई पछ्याउने दुष्‍तात्माहरू अनन्त दण्डको लागि नरकमा फ्याँकिनेछन् ।
* आफ्ना पापको लागि येशूको बलिदानमा विश्‍वास नगर्ने र उहाँले तिनीहरूलाई बचाउन सक्‍नुहुन्छ भनी भरोसा नगर्ने मानिसहरू पनि सदाको लागि नरकमा दण्डित हुनेछन् ।
अनुवादका लागि सुझावहरूः
* यी शब्दहरू विभिन्‍न सन्दर्भहरूमा प्रयुक्‍त हुने भएकाले तिनलाई फरक-फरक किसिमले अनुवाद गरिनुपर्छ ।
* केही भाषाहरूले पदावली “अग्‍नि-कुण्ड” मा “कुण्ड” शब्दको प्रयोग गर्न सक्दैनन् किनकि यसले पानीलाई जनाउँछ ।
* “नरक” शब्दलाई “दुःखकष्‍टको ठाउँ” वा “अन्धकार र पीडाको आखिरी स्थान” भनी अनुवाद गर्न सकिन्छ ।
* “अग्‍नि-कुण्ड” शब्दलाई “आगोको सागर” वा “(दुःखकष्‍टको) विशाल आगो” वा “आगोको क्षेत्र” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, मृत्यु, मर्नु, मृत, हेडिस, सिओल, अगाद-खाँद)
बाइबलका सन्दर्भहरूः
* याकूब ०३:५-६
* लूका १२:४-५
* मत्ती ०५:२१-२२
* मत्ती ०५:२९-३०
* मत्ती १०:२८-३१
* मत्ती २३:३२-३३
* मत्ती २५:४१-४३
* मर्कूस ०९:४२-४४
* प्रकाश २०:१३-१५
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (५०-१४) उहाँ (परमेश्‍वर) ले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ तिनीहरू बडो कष्‍टसाथ सदासर्वदा रुनेछन् र आ-आफ्ना दार्‍हा किट्नेछन् । कहिल्यै ननिभ्ने आगोले तिनीहरूलाई निरन्तर रूपमा जलाइरहनेछ, र किराहरूले तिनीहरूलाई खाइरहनेछन् ।
* (५०-१५) उहाँले शैतानलाई नरकमा फालिदिनुहुनेछ, जहाँ परमेश्‍वरप्रति आज्ञाकारी हुनुको साटो त्यसलाई पछ्याउने हरेक व्यक्‍तिसँगै त्यो सदासर्वदा जल्नेछ ।

40
bible/kt/highpriest.md Normal file
View File

@ -0,0 +1,40 @@
# प्रधान पूजाहारी
## परिभाषा:
पदावली “प्रधान पूजाहारी” ले विशेष पूजाहारीलाई जनाउँछ जसलाई एक वर्षसम्म अन्य सबै इस्राएली पूजाहारीहरूको अगुवा भई सेवा गर्न नियुक्‍त गरिन्थ्यो ।
* प्रधान पूजाहारीका विशेष उत्तरदायित्वहरू हुन्थे । वर्षको एक चोटि विशेष बलिदान चढाउन मन्दिरको महा-पवित्रस्थानभित्र प्रवेश गर्न तिनलाई मात्र अनुमति मिल्थ्यो ।
* इस्राएलीहरूका धेरै पूजाहारी हुन्थे, तर एक पटकमा एक मात्र प्रधान पूजाहारी हुन्थ्यो ।
* येशू पक्राउ पर्नुहुँदा कैयाफा औपचारिक प्रधान पूजाहारी थिए । कैयाफाका ससुरा हन्‍नासलाई पनि कहिले काहीँ प्रधान पूजाहारी भनी उल्लेख गरिएको छ, किनकि तिनी अगिल्ला प्रधान पूजाहारी थिए । सम्भवतः तिनीसित अझै पनि मानिसहरूमाथि शक्‍ति र अधिकार थियो ।
अनुवादका लागि सुझावहरूः
* “प्रधान पूजाहारी” लाई “सर्वोच्‍च पूजाहारी” वा “उच्‍चतम पूजाहारी” भनी अनुवाद गर्न सकिन्छ ।
* “मुख्य पूजाहारी” लाई अनुवाद गर्ने शब्दभन्दा यसलाई अनुवाद गर्ने शब्द फरक हुनुपर्छ भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
(हेर्नुहोस्ः हन्‍नास, कैयाफा, मूख्य पूजाहारीहरू, पूजाहारी, पूजाहारीको पद, मन्दिर)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०७:१-३
* प्रेरित ०९:१-२
* प्रस्थान ३०:१०
* हिब्रू ०६:१९-२०
* लेवी १६:३२-३३
* लूका ०३:१-२
* मत्ती २६:३-५
* मत्ती २६:५१-५४
* मर्कूस ०२:२५-२६
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (१३-०८) पर्दा पछाडिको कोठामा प्रधान पूजाहारीबाहेक कोही पनि प्रवेश गर्न सक्दैनथ्यो, किनकि त्यहाँ परमेश्‍वर बास गर्नुहुन्थ्यो ।
* (२१-०७) आउनेवाला मसीह सिद्ध प्रधान पूजाहारी हुनुहुने थियो, जसले आफैलाई सिद्ध बलिदानको रूपमा परमेश्‍वरको निम्ति चढाउनुहुने थियो ।
* (३८-०३) येशूलाई धोका दिन प्रधान पूजाहारीद्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्‍का दिए ।
* अन्त्यमा, प्रधान पूजाहारीले येशूलाई सिधा हेरी भने, “हामीलाई भन्‍नुहोस्, कि के तपाईं नै मसीह अर्थात् जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ?”
* (४४-०७) अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए ।
* (४५-०२) त्यसैले, धार्मिक अगुवाहरूले स्तिफनसलाई पक्राउ गरी तिनलाई प्रधान पूजाहारी र यूहदीहरूका अन्य अगुवाहरूकहाँ ल्याए, जहाँ अझै थप झुटा साक्षीहरूले स्तिफनसको बारेमा झुट बोले ।
* (४६-०१) दमस्कस सहरमा गई त्यहाँ भएका ख्रीष्‍टियानहरूलाई पक्राउ गरी तिनीहरूलाई यरूशलेममा ल्याउन प्रधान पूजाहारीले शाऊललाई अनुमति दिए ।
* (४८-०६) येशू महान् प्रधान पूजाहारी हुनुहुन्छ । अन्य पूजाहारीहरूका विपरीत उहाँले संसारका सबै मानिसहरूका पाप उठाई लैजान सक्‍ने एक मात्र बलिदानको रूपमा आफैलाई अर्पण गर्नुभयो । येशू सिद्ध प्रधान पूजाहारी हुनुहुन्थ्यो किनकि उहाँले जो कसैले गरेको हरेक पापको दण्ड बोक्‍नुभयो ।

41
bible/kt/holy.md Normal file
View File

@ -0,0 +1,41 @@
# पवित्र, पवित्रता
## परिभाषा:
शब्दहरू “पवित्र” र “पवित्रता” ले परमेश्‍वरको त्‍यस चरित्रलाई जनाउँछन् जुन हरेक पापिष्‍ठ र असिद्ध कुराबाट पूर्णतः अलग र पृथक् छ ।
* केवल परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ । उहाँले मानिसहरू र वस्तुहरूलाई पवित्र बनाउनुहुन्छ ।
* पवित्र व्यक्‍ति परमेश्‍वरको हुन्छ, र त्यसलाई उहाँको सेवा गर्न र उहाँको महिमा ल्याउन अलग गरिएको हुन्छ ।
* परमेश्‍वरले पवित्र भनी घोषणा गर्नुभएको वस्तु त्यो वस्तु हो जुन उहाँले आफ्नो महिमा र प्रयोगको लागि अलग गर्नुभएको छ (जस्तैः उहाँका निम्ति बलिदानहरू चढाउन राखिएको वेदी) ।
* परमेश्‍वर पवित्र हुनुभएकोले मानिसहरूलाई उहाँले अनुमति नदिनुभएसम्म तिनीहरू उहाँकहाँ आउन सक्दैनन्, किनकि तिनीहरू केवल मानिसहरू हुन् जो पापिष्‍ठ र असिद्ध छन् ।
* पुरानो करारमा परमेश्‍वरलाई विशेष सेवा पुर्‍याउन उहाँले पूजाहारीहरूलाई पवित्र समूहको रूपमा अलग गर्नुभयो । परमेश्‍वरकहाँ जान तिनीहरू विधिपूर्वक शुद्ध पारिनुपर्थ्‍यो ।
* विशेष ठाउँ र वस्तुहरूलाई पनि परमेश्‍वरले पवित्र चिजहरूको लागि अलग गर्नुभयो, जसमा उहाँले आफैलाई प्रकट गराउनुहुन्थ्यो । मन्दिर एउटा त्यस्तै ठाउँ थियो ।
अनुवादका लागि सुझावहरूः
* शब्द “पवित्र” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको” वा “परमेश्‍वरको” वा “पूर्णतः शुद्ध” वा “सिद्ध रूपमा पापरहित” वा “पापबाट अलग” भनी अनुवाद गर्न सकिन्छ ।
* “पवित्र पार्नु” लाई अङ्ग्रेजीमा अक्सर “पवित्र तुल्याउनु” भनी अनुवाद गरिन्छ । यसलाई “परमेश्‍वरको महिमाको लागि (कसैलाई) अलग गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, अर्पण गर्नु, पवित्र तुल्याउनु, शुद्धिकरण, अलग गर्नु)
बाइबलका सन्दर्भहरूः
* १ थेसलोनिकी ०३:११-१३
* १ थेसलोनिकी ०४:७-८
* प्रेरित ०७:३३-३४
* कलस्सी ०१:२१-२३
* इजकिएल २०:१८-२०
* विलाप ०४:१-२
* मत्ती ०७:६
* मर्कूस ०८:३८
* रोमी ०१:१-३
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०१-१६) उहाँ (परमेश्‍वर) ले सातौँ दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो, किनकि यही दिनमा नै उहाँले आफ्ना कामबाट विश्राम लिनुभयो ।
* (०९-१२) “तिमी पवित्र भूमिमा उभिँदै छौ ।”
* (१३-०२) “तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करारलाई पालन गर्‍यौ भने तिमीहरू मेरा मूल्यवान् सम्पत्ति, पूजाहारीको राज्य र पवित्र जाति हुनेछौ ।”
* (१३-०५) “शबाथ-दिनलाई सधैँ पवित्र राख्‍नू ।”
* (२२-०५) “त्यसैले, ती बच्‍चा पवित्र, परमेश्‍वरका पुत्र हुनुहुनेछ ।”
* (५०-०२) हामीले येशूको आगमनलाई प्रतीक्षा गरिरहँदा हामीले पवित्र र परमेश्‍वरलाई आदर दिने हिसाबले बाँचेको उहाँ चाहनुहुन्छ ।

29
bible/kt/holyone.md Normal file
View File

@ -0,0 +1,29 @@
# पवित्र जन
## परिभाषा:
बाइबलमा पदावली “पवित्र जन” प्रायः सधैँ परमेश्‍वरलाई जनाउने पद हो ।
* पुरानो करारमा यो पद “इस्राएलका पवित्र जन” भन्‍ने पदावलीमा अक्सर प्रयुक्‍त हुन्छ ।
* नयाँ करारमा येशूलाई पनि “पवित्र जन” को रूपमा उल्लेख गरिएको छ ।
* बाइबलमा कहिले काहीँ स्वर्गदूतलाई जनाउन पनि पदावली “पवित्र जन” को प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
* शाब्दिक शब्द “पवित्र” हो ( “जन” अङ्कित गरिएको हो) । धेरै भाषाहरू (जस्तैः अङ्ग्रेजी) ले यसलाई समावेश गरिएको अङ्कित नामसहित (जस्तैः “जन” वा “परमेश्‍वर” ) अनुवाद गर्नेछन् ।
* यसलाई “परमेश्‍वर जो पवित्र हुनुहुन्छ” वा “अलग गरिनुभएका जन” भनी अनुवाद गर्न सकिन्छ ।
* पदावली “इस्राएलका पवित्र जन” लाई “इस्राएलले पूज्‍ने पवित्र परमेश्‍वर” वा “इस्राएलमाथि शासन गर्नुहुने पवित्र जन” भनी अनुवाद गर्न सकिन्छ ।
* शब्द “पवित्र” लाई अनुवाद गर्न जुन शब्द वा पदावलीको प्रयोग गरिन्छ, त्यही शब्दको प्रयोग गरेर यसलाई अनुवाद गर्नु उत्तम हुन्छ ।
(पवित्र, पवित्रता, परमेश्‍वर)
बाइबलका सन्दर्भहरूः
* १ यूहन्‍ना ०२:२०-२१
* २ राजा १९:२०-२२
* प्रेरित ०२:२७-२८
* प्रेरित ०३:१३-१४
* यशैया ०५:१५-१७
* यशैया ४१:१४-१५
* लूका ०४:३३-३४

33
bible/kt/holyplace.md Normal file
View File

@ -0,0 +1,33 @@
# पवित्रस्थान, महा-पवित्रस्थान
## परिभाषा:
बाइबलमा शब्दहरू “पवित्रस्थान” र “महा-पवित्रस्थान” ले पवित्र वासस्थान वा मन्दिरमा भएका दुईवटा कोठालाई जनाउँछन् । कहिले काहीँ “पवित्रस्थान” ले साधारणतया परमेश्‍वरको लागि अलग गरिएको कुनै पनि स्थानलाई जनाउँछ ।
* “पवित्रस्थान” र “महा-पवित्रस्थान” पवित्र वासस्थान वा मन्दिरमा पर्खाल लगाइएका चोकहरूद्वारा घेरिएको भवनका कोठाहरू थिए । महा-पवित्रस्थानको प्रवेशमा बाक्लो, गर्‍हुङ्गो पर्दा झुण्ड्याइएको हुन्थ्यो ।
* परमेश्‍वर प्रधान पूजाहारीसित भेट गर्न आउनुहुन्थ्यो जसले सबै इस्राएलीहरूको प्रतिनिधित्व गर्थे ।
* प्रधान पूजाहारीलाई मात्रै महा-पवित्रस्थानभित्र प्रवेश गर्ने अनुमति थियो । एउटा बाक्लो, गर्‍हुङ्गो पर्दाले जो कसैलाई पनि प्रवेश गर्नबाट रोक्थ्यो ।
* “पवित्रस्थान” पहिलो कोठा थियो जसमा दुईवटा कुरा थिएः धूपको वेदी र अर्पण गरिएको टेबुल जसमाथि रोटी राखिन्थ्यो ।
* “महा-पवित्रस्थान” दोस्रो कोठा थियो जुन सबैभन्दा भित्री कोठा थियो र यसमा करारको सन्दुक राखिन्थ्यो ।
* कहिले काहीँ “पवित्रस्थान” ले मन्दिर वा पवित्र वासस्थानको सम्पूर्ण संरचनालाई उल्लेख गर्छ ।
अनुवादका लागि सुझावहरूः
* शब्द “पवित्रस्थान” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको कोठा” वा “परमेश्‍वरलाई भेट गर्ने विशेष कोठा” वा “परमेश्‍वरको निम्ति छुट्टयाइएको स्थान” भनी अनुवाद गर्न सकिन्छ ।
* शब्द “महा-पवित्रस्थान” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको कोठा” वा “परमेश्‍वरलाई भेट गर्ने ज्यादै विशेष कोठा” भनी अनुवाद गर्न सकिन्छ ।
* सन्दर्भमा आधारित रहेर शब्द “पवित्रस्थान” लाई “अर्पित स्थान” वा “परमेश्‍वरले अलग गर्नुभएको स्थान” वा “मन्दिरको संरचनामा भएको पवित्र ठाउँ” वा “परमेश्‍वरको मन्दिरको चोक” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः करारको सन्दुक, करारको सन्दुकका आदेशहरू, यहोवेको सन्दुक, पवित्र, पवित्रता, अलग गरिएको, पवित्र वासस्थान, मन्दिर)
बाइबलका सन्दर्भहरूः
* १ राजा ०६:१६-१८
* प्रस्थान २६:३१-३३
* प्रस्थान ३१:१०-११
* इजकिएल ४१:१-२
* एज्रा ०९:८-९
* हिब्रू ०९:१-२
* लेवी १६:१७-१९
* मत्ती २४:१५-१८
* प्रकाश १५:५-६

44
bible/kt/holyspirit.md Normal file
View File

@ -0,0 +1,44 @@
# पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा
## परिभाषा:
यी सबै पदावलीहरूले पवित्र आत्मालाई जनाउँछन् जो परमेश्‍वर हुनुहुन्छ । एक मात्र साँचो परमेश्‍वर अनन्त कालदेखि पिता, पुत्र र पवित्र आत्माको रूपमा अस्तित्वमा हुनुहुन्छ ।
* पवित्र आत्मालाई “आत्मा”, “यहोवेका आत्मा” र “सत्यताको आत्मा” भनेर पनि उल्लेख गरिएको छ ।
* पवित्र आत्मा परमेश्‍वर हुनुभएकोले उहाँका सारा स्वभाव र उहाँले गर्नुहुने हरेक क्रियाकलापमा उहाँ पूर्णतः पवित्र, असीमित रूपमा शुद्ध र नैतिक रूपमा सिद्ध हुनुहुन्छ ।
* पिता र पुत्रसँगै पवित्र आत्मा पनि संसारको सृष्‍टिमा सक्रिय हुनुहुन्थ्यो ।
* जब परमेश्‍वरका पुत्र येशू स्वर्गमा फर्कनुभयो, तब परमेश्‍वरको इच्छा पुरा गर्ने उद्देश्यले आफ्ना मानिसहरूलाई अगुवाइ गर्न, सिकाउन, सान्त्वना दिन र सक्षम तुल्याउन परमेश्‍वरले तिनीहरूकहाँ पवित्र आत्मा पठाउनुभयो ।
* पवित्र आत्माले येशूलाई अगुवाइ गर्नुभयो, र उहाँले येशूमा विश्‍वास गर्नेहरूलाई अगुवाइ गर्नुहुन्छ ।
अनुवादका लागि सुझावहरूः
* “पवित्र” र “आत्मा” लाई अनुवाद गर्नका लागि प्रयोग गरिने शब्दहले यसलाई अनुवाद गर्न सकिन्छ ।
* यसलाई “शुद्ध आत्मा” वा “आत्मा जो पवित्र हुनुहुन्छ” वा “आत्मा परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः पवित्र, पवित्रता, आत्मा, आत्मिक, परमेश्‍वर, प्रभु, पिता परमेश्‍वर, स्वर्गीय पिता, पिता, परमेश्‍वरका पुत्र, पुत्र, पुत्र येशू, उपहार)
बाइबलका सन्दर्भहरूः
* १ शमूएल १०:९-१०
* १ थेसलोनिकी ०४:७-८
* प्रेरित ०८:१४-१७
* गलाती ०५:२५-२६
* उत्पत्ति ०१:१-२
* यशैया ६३:१०
* अय्यूब ३३:४-५
* मत्ती १२:३१-३२
* मत्ती २८:१८-१९
* भजनसंग्रह ५१:१०-११
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०१-०१) तर परमेश्‍वरका आत्मा पानीमाथि हुनुहुन्थ्यो ।
* (२४-०८) बप्‍तिस्मा लिनुभएपछि येशू पानीबाट बाहिर आउनुहुँदा परमेश्‍वरका आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो, र तल ओर्ली उहाँमाथि बस्‍नुभयो ।
* (२६-०१) शैतानका परीक्षाहरूमाथि विजय हासिल गर्नुभएपछि येशू पवित्र आत्माको शक्‍तिमा गालीलको क्षेत्रमा फर्कनुभयो, जहाँ उहाँ बस्‍नुभयो ।
* (२६-०३) येशूले पाठ गर्नुभयो, “गरिबहरूलाई शुभ खबर सुनाउन, बन्दीहरूलाई स्वतन्‍त्रताको घोषणा गर्न, दृष्‍टिनविहीनहरूलाई दृष्‍टि दिन र उत्पीडनहरूलाई मुक्‍त गर्न परमेश्‍वरले मलाई उहाँका आत्मा दिनुभएको छ । यो प्रभुको कृपाको वर्ष हो ।”
* (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्‍मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।”
* (४३-०३) तिनीहरू सबै पवित्र आत्माले भरिए, र तिनीहरूले अन्य भाषाहरूमा बोल्न लागे ।
* (४३-०८) “र आफूले प्रतिज्ञा गर्नुभएझैँ येशूले पवित्र आत्मा पठाउनुभएको छ । अहिले तपाईंहरूले देखिरहनुभएका र सुनिरहनुभएका कुराहरू पवित्र आत्माले नै हुन आउन दिनुभएको हो ।”
* (४३-११) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूमध्ये हरेकले पश्‍चात्ताप गरी येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुपर्छ, ताकि परमेश्‍वमरले तपाईंहरूका पाप क्षमा गरिदिनुभएको होस् ।”
* (४५-०१) तिन (स्तिफनस) को ख्याति राम्रो थियो, र तिनी पवित्र आत्मा र बुद्धिले भरिएका थिए ।

Some files were not shown because too many files have changed in this diff Show More