3.5 KiB
3.5 KiB
कुने-ढुङ्गो
परिभाषा:
शब्द “कुने-ढुङ्गो” ले विशेष तवरले काटेर तयार पारी भवनको जगको कुनामा राखिने ढुङ्गोलाई जनाउँछ ।
- भवनका अन्य सबै ढुङ्गाहरू नापेर तयार गरिन्छन् र तिनलाई कुने-ढुङ्गोको सम्बन्धमा राखिन्छन् ।
- पुरै संरचनाको शक्ति र स्थिरताको लागि यो निकै महत्त्वपूर्ण छ ।
- नयाँ करारमा विश्वासीहरूको समुदायलाई भवनसित तुलना गरी रूपकको रूपमा प्रस्तुत गरिएको छ, जसमा येशू ख्रीष्टलाई “कुने-ढुङ्गो” को रूपमा उल्लेख गरिएको छ ।
- जसरी भवनको कुने-ढुङ्गोले पुरै भवनको अवस्थालाई समर्थन गर्नुका साथै यसको निधो गर्छ, त्यसै गरी येशू ख्रीष्ट त्यो कुने-ढुङ्गो हुनुहुन्छ जसमाथि विश्वासीहरूको समुदाय स्थापित हुनुका साथै समर्थन गरिएको हुन्छ ।
अनुवादका लागि सुझावहरूः
- शब्द “कुने-ढुङ्गो” लाई “भवनको मुख्य ढुङ्गो” वा “जगको ढुङ्गो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- अनुवाद गरिएको भाषामा मुख्य समर्थनस्वरूप भवनको जगको भाग छ कि छैन भनी विचार गर्नुहोस् । छ भने, त्यस शब्दलाई प्रयोग गर्न सकिन्छ ।
- “भवनको कुनामा राख्न प्रयोग गर्ने जगको ढुङ्गो” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
- दृढ र सुरक्षित भवनको सामग्रीको रूपमा प्रयोग गरिने यो एउटा ठुलो ढङ्गो हो भन्ने सत्यतालाई ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ । भवन निर्माणको लागि ढुङ्गाहरू प्रयोग गरिँदैनन् भने “ठुलो ढुङ्गो” को अर्थ बोकेको अर्को शब्दलाई प्रयोग गर्न सकिन्छ, तर यसमा राम्ररी रचना गरिएको र उपुयक्त हुने अवधारणा पनि हुनुपर्छ ।
बाइबलका सन्दर्भहरूः
- प्रेरित ०४:११-१२
- एफिसी ०२:१९-२२
- मत्ती २१:४२
- भजनसंग्रह ११८:२२-२३