1.8 KiB
1.8 KiB
डिकन
परिभाषा:
डिकन सङ्गी विश्वासीहरूका व्यावहारिक आवश्यकताहरूमा सेवा पुर्याउने व्यक्ति हो, जस्तैः रुपियाँ पैसा सम्हाल्ने, आवश्यकतामा परेकाहरूको सेवा गर्ने आदि ।
- “डिकन” शब्द ग्रिक भाषाबाट सिधै लिइएको हो, जसको अर्थ “दास” वा “सेवक” हुन्छ ।
- आदि ख्रीष्टियानहरूको समयदेखि नै मण्डलीमा डिकनको भूमिका र सेवालाई राम्ररी परिभाषित गरिएको पाइन्छ ।
- नयाँ करारमा डिकनहरूले विश्वासीहरूले दिएको खाना र पैसा विधवाहरूको बिचमा निष्पक्ष रूपले बाँड्नु पर्ने जिम्मा पाएको कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ ।
- “डिकन” शब्दलाई “मण्डलीको सेवक”, “मण्डलीमा काम गर्ने व्यक्ति”, “मण्डलीको दास”, वा स्थानीय विश्वासी समुदायको फाइदाको लागि औपचारिक रूपमा नियुक्त गरिएको व्यक्ति भनेर पनि अनुवाद गर्न सकिन्छ ।