ne_tw/bible/kt/faith.md

2.3 KiB

विश्‍वास

परिभाषा:

सामान्यतया “विश्‍वास” शब्दले कसैमाथि वा केहीकुरा माथि गरिने भरोसा वा आत्मविश्‍वासलाई जनाउँछ ।

  • कसैमाथि “विश्‍वास राख्‍नु” भन्‍नाले उसले भनेको र गरेको कुरा सत्य र भरोसायोग्य छ भनी मानिलिनु हो ।
  • येशूको बारेमा परमेश्‍वरले शिक्षा दिनुभएको कुरामा विश्‍वास गर्ने कामलाई “येशूमाथि विश्‍वास गर्नु” भनिन्छ । यसले विशेष गरी येशू र उहाँको बलिदानमाथि गरिएको विश्‍वासले मानिसहरूको पाप धुन्छ र यसले ल्याउने दण्डबाट पनि बचाउँछ भन्‍ने कुरालाई जनाउँछ ।
  • येशूमा गरिएको साँचो विश्‍वासले मानिसमा असल आत्मिक फलहरू वा व्यवहारहरू उत्पन्‍न गराउँछ । पवित्र आत्मा उसमा भएको कारणले यो काम सम्भव हुन्छ ।
  • कहिले काहीँ “विश्‍वास” ले येशूको बारेमा सिकाइएको सबै कुरालाई जनाउँछ । “विश्‍वासको सत्यता” भन्‍ने अभिव्‍यक्‍तिले यसैलाई बुझाउँछ ।
  • “विश्‍वासलाई जोगाएर राख्‍नु” वा “विश्‍वासलाई छोड्नु” भन्‍ने सन्दर्भमा “विश्‍वास” शब्दले येशूको बारेमा दिइएका सबै शिक्षालाई बुझाउँछ ।