2.2 KiB
2.2 KiB
अन्यजाति/गैरयहूदी
परिभाषा:
“अन्यजाति” शब्दले कुनै पनि गैरयहूदीलाई जनाउँछ । अन्यजातिहरू ती मानिसहरू हुन्, जो याकूबका सन्तानहरू होइनन् ।
- बाइबलमा अन्यजातिहरूलाई जनाउन “बेखतने” शब्दलाई पनि आलङ्कारिक रूपमा प्रयोग गरिएको छ, किनकि इस्राएलीहरूले जस्तै तिनीहरूमध्ये धेरै जनाले आफ्ना पुरुषहरूको खतना गर्दैनथ्ये ।
- परमेश्वरले यहूदीहरूलाई उहाँको विशेष जाति हुनलाई छान्नुभएकोले तिनीहरूले अन्यजातिहरूलाई बाहिरियाहरू ठान्थे, जो कहिल्यै परमेश्वरको जाति हुन सक्दैनथ्ये ।
- इतिहासमा विभिन्न समयमा यहूदीहरूलाई “इस्राएलीहरू” वा “हिब्रूहरू” पनि भनियो । तिनीहरूले हरेकलाई “अन्यजाति” भनी उल्लेख गर्थे ।
- अन्यजातिलाई “गैरयहूदी” वा “गैरइस्राएली” भनेर पनि अनुवाद गर्न सकिन्छ (पुरानो करार) ।
- परम्परागत रूपमा, यहूदीहरू अन्यजातिहरूसँगै बसेर खाँदैनथ्ये, वा तिनीहरूसित सङ्गत गर्दैनथ्ये, जसको कारणले गर्दा आदि मण्डलीमा सुरु-सुरुमा समस्याहरू उब्जे ।