ne_tw/bible/kt/circumcise.md

4.9 KiB

खतना गर्नु, खतना

परिभाषा:

“खतना गर्नु” को अर्थ हुन्छ‒ पुरुष वा बच्‍चाको लिङ्गको टुप्पो ढाक्‍ने छालाको भागलाई काटेर फ्याँक्‍नु । यससँग सम्बन्धित रहेर खतनाको विधि गरिन्छ ।

  • परमेश्‍वरले बाँध्‍नुभएको करारको चिन्हस्वरूप अब्राहामको परिवार र तिनका दासहरू सबैको खतना गर्न परमेश्‍वरले तिनलाई आज्ञा दिनुभयो ।
  • अब्राहामको घरानामा जन्मने हरेक पुरुषले पनि यस विधिलाई पालन गरेको हुनुपर्थ्यो भनी परमेश्‍वरले तिनलाई आज्ञा दिनुभयो ।
  • पदावली “ह्दयको खतना” ले आलङ्कारिक रूपमा व्यक्‍तिको जीवनबाट पापको अपसारण (हटाउने कार्य) वा “मिल्काउने कार्य” लाई जनाउँछ ।
  • आत्मिक अर्थमा “खतनावालहरू” ले ती मानिसहरूलाई जनाउँछन् जसलाई परमेश्‍वरले येशूको रगतले पापबाट शुद्ध पार्नुभएको छ र ती उहाँका मानिसहरू भएका छन् ।
  • “बेखतनावालहरू” ले शारीरिक रूपमा खतना नगरिएका मानिसहरूलाई जनाउँछ । परमेश्‍वरसित सम्बन्ध नभएका आत्मिक रूपमा खतना नगरिएकाहरूलाई जनाउन पनि यसलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषाको संस्कृतिमा पुरुषहरूको खतना गरिन्छ भने, यसको लागि प्रयोग गरिने शब्दले यसको अनुवाद गरिनुपर्छ ।
  • “वरिपरि काट्नु” वा “वृत्ताकारमा काट्नु” वा “लिङ्गको टुप्पोको छालाको भाग काट्नु” आदिजस्ता पदावलीहरू यसका सम्भाव्य अनुवादहरू हुन् ।
  • खतना ज्ञात नभएका संस्कृतिहरूमा पादटिप्पणी (फुटनोट) वा पारिभाषिक शब्दावलीमा यसको व्याख्या गर्नुपर्ने हुन सक्छ ।
  • यसलाई अनुवाद गर्न प्रयोग गरिएको शब्दले स्‍त्रीहरूलाई जनाउनु हुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् । यसले “पुरुष” लाई मात्र जनाउने शब्दसहित अनुवाद गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ ।

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः बेखतनावालहरू, बेखतना, करार)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १०:४४-४५
  • प्रेरित ११:१-३
  • प्रेरित १५:१-२
  • कलस्सी ०२:१०-१२
  • प्रस्थान १२:४७-४८
  • गलाती ०५:३-४
  • उत्पत्ति १७:९-११
  • उत्पत्ति १७:१२-१४
  • यहोशू ०५:२-३
  • फिलिप्पी ०३:१-३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०५-०३) “तिमीले तिम्रो घरको हरेक पुरुषको खतना गर्नुपर्छ ।”
  • (०५-०५) त्यस दिन अब्राहामले आफ्नो घरानामा भएका सबै पुरुषको खतना गरे ।