2.7 KiB
2.7 KiB
पवित्र जन
परिभाषा:
बाइबलमा पदावली “पवित्र जन” प्रायः सधैँ परमेश्वरलाई जनाउने पद हो ।
- पुरानो करारमा यो पद “इस्राएलका पवित्र जन” भन्ने पदावलीमा अक्सर प्रयुक्त हुन्छ ।
- नयाँ करारमा येशूलाई पनि “पवित्र जन” को रूपमा उल्लेख गरिएको छ ।
- बाइबलमा कहिले काहीँ स्वर्गदूतलाई जनाउन पनि पदावली “पवित्र जन” को प्रयोग गरिएको छ ।
अनुवादका लागि सुझावहरूः
- शाब्दिक शब्द “पवित्र” हो ( “जन” अङ्कित गरिएको हो) । धेरै भाषाहरू (जस्तैः अङ्ग्रेजी) ले यसलाई समावेश गरिएको अङ्कित नामसहित (जस्तैः “जन” वा “परमेश्वर” ) अनुवाद गर्नेछन् ।
- यसलाई “परमेश्वर जो पवित्र हुनुहुन्छ” वा “अलग गरिनुभएका जन” भनी अनुवाद गर्न सकिन्छ ।
- पदावली “इस्राएलका पवित्र जन” लाई “इस्राएलले पूज्ने पवित्र परमेश्वर” वा “इस्राएलमाथि शासन गर्नुहुने पवित्र जन” भनी अनुवाद गर्न सकिन्छ ।
- शब्द “पवित्र” लाई अनुवाद गर्न जुन शब्द वा पदावलीको प्रयोग गरिन्छ, त्यही शब्दको प्रयोग गरेर यसलाई अनुवाद गर्नु उत्तम हुन्छ ।
(पवित्र, पवित्रता, परमेश्वर)
बाइबलका सन्दर्भहरूः
- १ यूहन्ना ०२:२०-२१
- २ राजा १९:२०-२२
- प्रेरित ०२:२७-२८
- प्रेरित ०३:१३-१४
- यशैया ०५:१५-१७
- यशैया ४१:१४-१५
- लूका ०४:३३-३४