ne_tw/bible/kt/beloved.md

2.9 KiB

प्रिय

परिभाषा:

“प्रिय” शब्द स्‍नेहको अभिव्यक्‍ति हो, जसले प्रेम गरिने वा कसैको लागि मायालु व्यक्‍तिको बयान गर्छ ।

  • शब्द “प्रिय” को शाब्दिक अर्थ हुन्छ‒ “माया गरिएको (जन)” वा “(जसलाई) माया गरिन्छ ।”
  • परमेश्‍वर येशूलाई “प्रिय पुत्र” भन्‍नुहुन्छ ।
  • ख्रीष्‍टियान मण्डलीहरूलाई लेखिएका पत्रहरूमा प्रेरितहरूले आफ्ना सङ्गी विश्‍वासीहरूलाई बारम्बार “प्रिय” भनी सम्बोधन गरेका छन् ।

अनुवादका लागि सुझावहरूः

  • यस शब्दलाई “प्रेम गरिएको” वा “प्रेम गरिएको जन” वा “राम्ररी प्रेम गरिएको” वा “ज्यादै मायालु” भनी अनुवाद गर्न सकिन्छ ।
  • घनिष्‍ठ मित्रको चर्चा गर्दाको सन्दर्भमा यसलाई “मेरा स्‍नेही मित्र” वा “मेरा घनिष्‍ठ मित्र” भनी अनुवाद गर्न सकिन्छ । अङ्ग्रेजीमा “मेरा प्रिय मित्र पावल” वा “पावल, मेरा प्रिय मित्र हुन्” भन्‍नु स्वाभाविक नै हो । अन्य भाषाहरूले यसलाई अझै सामान्य रूपमा व्यक्‍त गर्न सक्छन् ।
  • ख्याल राख्‍नुहोस्, कि शब्द “प्रिय” परमेश्‍वरको प्रेमको लागि प्रयोग गरिने शब्दबाट आएको हो, जुन सर्तविनाको, निस्वार्थी र बलिदानपूर्ण हुन्छ ।

(हेर्नुहोस्ः प्रेम)

  • १ कोरिन्थी ०४:१४-१६
  • १ यूहन्‍ना ०३:१-३
  • १ यूहन्‍ना ०४:७-८
  • मर्कूस ०१:९-११
  • मर्कूस १२:६-७
  • प्रकाश २०:९-१०
  • रोमी १६:६-८
  • श्रेष्‍ठगीत ०१:१२-१४
  • श्रेष्‍ठगीत ०७:१०-११