ne_tw/bible/kt/demon.md

1.6 KiB

भूतात्मा, दुष्‍ट आत्मा, अशुद्ध आत्मा

परिभाषा:

यी सबै शब्दहरूले भूतात्माहरूलाई जनाउँछन् । यिनीहरू परमेश्‍वरको इच्छा विरुद्ध लाग्‍ने आत्मा हुन् ।

  • परमेश्‍वरले स्वर्गदूतहरूलाई उहाँको सेवाको लागि सृष्‍टि गर्नुभयो । जब दियाबलसले परमेश्‍वरको विरोध गर्‍यो, अन्य केही स्वर्गदूतहरूले पनि विरोध गरे र तिनीहरू स्वर्गदेखि बाहिर फालिए । भूतात्मा र दुष्‍टात्माहरू यिनै “खसेका स्वर्गदूतहरू” हुन् भनी विश्‍वास गरिएको छ ।
  • यिनीहरूलाई कहिलेकहीँ “अशुद्ध आत्मा” पनि भनिएको पाइन्छ । यिनीहरूले मानिसभित्र वास गरी उनीहरूलाई नियन्‍त्रण गर्ने काम पनि गर्छन् ।
  • भूतात्माहरू मानिसहरूभन्दा शक्‍तिशाली हुन्छन् तर परमेश्‍वर जत्तिकैचाहिँ होइनन् ।