2.7 KiB
2.7 KiB
करारको सन्दुक, करारका आदेशहरूको सन्दुक, यहोवेको सन्दुक
परिभाषा:
यी शब्दहरूले सुनले मोहोरिएको विशेष काठको बाकसलाई जनाउँछन्, जसमा दस आज्ञा लेखिएका दुईवटा पत्थर राखिन्थे । यसमा हारूनको लौरो र मन्न राखिएको भाँडो पनि राखिन्थे ।
- यहाँ शब्द “सन्दुक” लाई “बाकस” वा “सन्दुस” वा “भाँडो” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- यस बाकसभित्र राखिएका वस्तुहरूले परमेश्वरले इस्राएलीहरूसित बाँध्नुभएका करारहरू तिनीहरूलाई स्मरण दिलाउँथे ।
- करारको सन्दुक “महा-पवित्रस्थान” भित्र राखिन्थ्यो ।
- पवित्र वासस्थानको महा-पवित्रस्थानभित्र राखिएको करारको सन्दुकमाथि परमेश्वरको उपस्थिति हुन्थ्यो, जहाँ उहाँ इस्राएलीहरूको पक्षमा मोशासित बोल्नुहुन्थ्यो ।
- करारको सन्दुक मन्दिरको महा-पवित्रस्थानभित्र हुँदा प्रधान पूजाहारीलाई मात्रै वर्षको एक पटक प्रायश्चित्तको दिनमा करारसम्म पुग्ने पहुँच हुन्थ्यो ।
- धेरै अङ्ग्रेजी संस्करणहरूले “करारका उर्दीहरू” लाई “गवाही” भनी शाब्दिक रूपमा अनुवाद गर्छन् । दस आज्ञा परमेश्वरले आफ्ना मानिसहरूसित बाँध्नुभएको करारको लागि गवाही वा साक्षी थियो भन्ने सत्यतालाई यसले जनाउँथ्यो । यसलाई “करारको व्यवस्था” भनेर पनि अनुवाद गरिन्छ ।