6.3 KiB
6.3 KiB
परमेश्वर पिता, स्वर्गीय पिता, पिता
परिभाषा:
पदावलीहरू “परमेश्वर पिता” र “स्वर्गीय पिता” ले यहोवेलाई जनाउँछन्, जो एक मात्र साँचो परमेश्वर हुनुहुन्छ । खास गरी येशूले उहाँलाई उल्लेख गर्नुहुँदा यो शब्द “पिता” को रूपमा मात्र पनि प्रयुक्त भएको छ ।
- परमेश्वर पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरको रूपमा अस्तित्वमा हुनुहुन्छ । हरेक पूर्ण रूपमा परमेश्वर हुनुहुन्छ र पनि उहाँहरू एक मात्र परमेश्वर हुनुहुन्छ । यो एउटा यस्तो रहस्य हो जसलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन ।
- परमेश्वर पिताले पुत्र (येशू) परमेश्वरलाई संसारमा पठाउनुभयो, र उहाँले आफ्ना मानिसहरूकहाँ पवित्र आत्मा पठाउनुहुन्छ ।
- पुत्र परमेश्वरमा विश्वास गर्ने कुनै पनि व्यक्ति परमेश्वर पिताको सन्तान बन्छ, र पवित्र आत्मा परमेश्वर त्यस व्यक्तिभित्र बास गर्न आउनुहुन्छ । यो अर्को एउटा रहस्य हो जसलाई मानव-जातिले पूर्ण रूपमा बुझ्न सक्दैनन् ।
अनुवादका लागि सुझावहरूः
- पदावली “परमेश्वर पिता” मा “पिता” शब्दलाई मानवीय पितालाई जनाउन प्रयोग गरिने सामान्य शब्दद्वारा नै अनुवाद गर्नु उत्तम हुन्छ ।
- पदावली “स्वर्गीय पिता” लाई “स्वर्गमा बस्नुहुने पिता” वा “पिता परमेश्वर जो स्वर्गमा बस्नुहुन्छ” वा “स्वर्गमा हुनुहुने हाम्रा पिता परमेश्वर” भनी अनुवाद गर्न सकिन्छ ।
- साधारणतया परमेश्वरलाई जनाउन अङ्ग्रेजीमा “पिता” शब्दको अगाडिको अक्षर ठुलो लेखिन्छ ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः पिता, पुर्खा, परमेश्वर, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, पवित्र आत्मा, परमेश्वरका आत्मा, प्रभुका आत्मा, येशू, येशू ख्रीष्ट, ख्रीष्ट येशू, परमेश्वरका पुत्र, पुत्र येशू, पुत्र)
बाइबलका सन्दर्भहरूः
- १ कोरिन्थी ०८:४-६
- १ यूहन्ना ०२:१-३
- १ यूहन्ना ०२:२२-२३
- १ यूहन्ना ०३:१-३
- कलस्सी ०१:१-३
- एफिसी ०५:१८-२१
- लूका १०:२२
- मत्ती ०५:१५-१६
- मत्ती २३:८-१०
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (२४-०९) एक मात्र परमेश्वर अस्तित्वमा हुनुहुन्छ । तर यूहन्नाले परमेश्वर पिता बोल्नुभएको सुने, र तिनले येशूलाई बप्तिस्मा दिँदा पुत्र येशू र पवित्र आत्मालाई देखे ।
- (२९-०९) त्यसपछि येशूले भन्नुभयो, “यदि ह्दयबाट नै तिमीले आफ्नो भाइलाई क्षमा दिएनौ भने मेरा स्वर्गीय पिताले हरेकलाई यसै गर्नुहुनेछ ।”
- (४०-०७) तब येशूले माथि स्वर्गतिर हेरेर भन्नुभयो, “हे पिता, मेरो आवाजलाई सुन्नुभएकोमा तपाईंलाई धन्यवाद छ ।”
- (४२-१०) त्यसकारण, जाओ, सबै जातिका मानिसहरूलाई चेला बनाओ र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको हरेक कुरा तिनीहरूलाई पालन गर्न सिकाओ ।”
- (४३-०८) “अहिले येशू परमेश्वर पिताको दाहिने हातपट्टि उचालिनुभएको छ ।”
- (५०-१०) “त्यस बेला परमेश्वर तिनीहरूका पिताको राज्यमा धर्मीहरू सूर्यझैँ चम्कनेछन् ।”