1.4 KiB
1.4 KiB
एपोद
परिभाषा:
एपोद इस्राएली पूजाहारीहरूले लगाउने एक किसिमको कपडा थियो । यसलाई काँधमाथिबाट घुसारिन्थ्यो र यसले अगाडिको भागलाई ढाक्थ्यो । यसलाई फित्ताको सहायताले कम्मरमा बाँधिन्थ्यो ।
- यो सुन, नीलो, बैजनी र रातो धागोले बनेको महँगो र सुन्दर कपडा थियो जसलाई पूजाहारीले लगाउँथे ।
- एपोदको अगाडिपट्टि पूजाहारीले लगाउने छाती-पाता जोडिएको हुन्थ्यो । छाती-पाताको पछाडि ऊरीम र तुम्मीम राखिन्थ्यो र कुनै पनि विषयहरूमा परमेश्वरको इच्छा के छ भनेर जान्नको लागि यसको प्रयोग गरिन्थ्यो ।
- गिदोनले सुनको एपोद बनाए र यसलाई इस्राएलीहरूले मूर्तिको रूपमा पुज्न थाले ।