4.3 KiB
4.3 KiB
दोष, दोषी
परिभाषा:
शब्द “दोष” ले पाप वा अपराध गरेको सत्यतालाई जनाउँछ ।
- “दोषी हुनु” को अर्थ हुन्छ‒ नैतिक रूपमा गलत काम गरेको हुनु वा परमेश्वरप्रति अनाज्ञाकारी भएको हुनु ।
- “दोषी” को विपरीत शब्द हो‒ “निर्दोष ।”
अनुवादका लागि सुझावहरूः
- केही भाषाहरूले “दोष” लाई “पापको तौल” वा “पापको गणना” भनी अनुवाद गर्न सक्छन् ।
- “दोषी हुनु” लाई “भुलमा हुनु” वा “नैतिक रूपमा गलत काम गरेको हुनु” वा “पाप गरेको हुनु” भन्नेजस्ता पदावलीहरूले अनुवाद गर्न सकिन्छ ।
युएलबीका उदाहरणहरूः तपाईंको पापको दोष लैजानुहोस्, तपाईंको दोष लैजानुहोस्, दोषबलि, तपाईंको दोषलाई दण्ड दिनुहोस्, उसलाई हत्याको दोष लाग्नेछैन, उसले आफ्नै दोष बोक्छ, आफ्नो दोष धुनेछ, दोषी हुन्छ, हाम्रा दोष स्वर्गसम्म पुग्छ ।
(हेर्नुहोस्ः निर्दोष, अपराध, दण्ड दिनु, दण्ड, पाप, पापिष्ठ, पापी)
बाइबलका सन्दर्भहरूः
- प्रस्थान २८:३६-३८
- होशे १२:१३-१४
- यशैया ०६:६-७
- याकूब ०२:१०-११
- यूहन्ना १९:४-६
- योना ०१:१४-१६
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (३९-०२) तिनीहरूले धेरै साक्षीहरू ल्याए जसले उहाँ (येशू) को बारेमा झुट बोले । तथापि, तिनीहरूका भनाइहरू एक अर्कामा मेल खाएनन् । त्यसैले, उहाँ कुनै पनि कुरोको दोषी हुनुहुन्थ्यो भनी यहूदी अगुवाहरूले प्रमाणित गर्न सकेनन् ।
- (३९-११) येशूसित बोलिसकेपछि पिलातस भिडकहाँ गए र भने, “म यी मानिसमा कुनै दोष भेट्टाउँदिनँ ।” तर यहूदी अगुवाहरू र भिड चिच्च्याए, “तिनलाई क्रुसमा चढाओ !” पिलातसले जवाफ दिए, “उहाँ दोषी हुनुहुन्न ।” तर तिनीहरू झनै चर्को सोरले कराए । त्यसपछि पिलातसले तेस्रो पटक भने, “उहाँ दोषी हुनुहुन्न !”
- (४०-०४) येशूलाई दुई डाँकाका बिचमा क्रुसमा टाँगियो । तीमध्ये एक जनाले येशूको गिल्ला गर्यो, तर अर्काचाहिँले भने, “के तिमी परमेश्वरदेखि डराउँदैनौ ? हामी दोषी छौँ, तर यी मानिस निर्दोष हुनुहुन्छ ।”
- (४९-१०) तपाईंको पापको कारणले गर्दा तपाईं दोषी हुनुहुन्छ र मृत्युको योग्य हुनुहुन्छ ।