3.4 KiB
3.4 KiB
स्वीकार गर्नु, स्वीकार
परिभाषा:
“स्वीकार गर्नु” को अर्थ कुनै कुरो साँचो हो भनी मानिलिनु वा ठोकेर भन्नु हो । “स्वीकार” भनेको कुनै कुरो साँचो हो भन्ने ठोकुवा वा स्वीकृति हो ।
- “स्वीकार गर्नु” ले परमेश्वरको बारेमा भएको सत्यतालाई साहसपूर्वक बताउने कुरोलाई जनाउन सक्छ । हामीले पाप गरेका छौँ भनेर मानिलिने कुरोलाई पनि यसले उल्लेख गर्न सक्छ ।
- मानिसहरूले परमेश्वरको सामु आफ्ना पाप स्वीकार गरे उहाँले तिनीहरूलाई क्षमा दिनुहुनेछ भनी बाइबलले बताउँछ ।
- प्रेरित याकूबले आफ्ना पत्रमा लेखेका छन्, कि विश्वासीहरूले एक अर्कामा आफ्ना पाप स्वीकार गर्दा त्यसले आत्मिक चङ्गाइ ल्याउँछ ।
- प्रेरित पावलले फिलिप्पीहरूलाई लेखे, कि कुनै दिन हरेकले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछ वा घोषणा गर्नेछ ।
- पावलले यो पनि लेखेका छन्, कि येशू नै प्रभु हुनुहुन्छ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी मानिसहरूले विश्वास गरे भने तिनीहरूले उद्धार पाउनेछन् ।
अनुवादका लागि सुझावहरूः
- सन्दर्भमा आधारित रहेर “स्वीकार गर्नु” लाई “मानिलिनु” वा “गवाही दिनु” वा “घोषणा गर्नु” वा “मान्नु” वा “ठोकेर भन्नु” भनी अनुवाद गर्न सकिन्छ ।
- “स्वीकार” लाई “घोषणा” वा “गवाही” वा “हामीले जे विश्वास गर्छौं त्यसबारे भएको कथन” वा “पाप-स्वीकार” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
- १ यूहन्ना ०१:८-१०
- २ यूहन्ना ०१:७-८
- होशे १४:१-२
- याकूब ०५:१६-१८
- लेवी ०५:५-६
- मत्ती ०३:४-६
- नहेम्याह ०१:६-७
- फिलिप्पी ०२:९-११
- भजनसंग्रह ३८:१७-१८