ne_tw/bible/kt/children.md

4.8 KiB

सन्तानहरू, सन्तान

परिभाषा:

बाइबलमा जवान वा शिशुलाई जनाउन साधारणतया “सन्तान” शब्दलाई अक्सर प्रयोग गरिएको छ । “सन्तानहरू” बहुवचन रूप हो र यसका केही आलङ्कारिक प्रयोगहरू छन् ।

  • बाइबलमा चेलाहरू वा अनुयायीहरूलाई कहिले काहीँ “सन्तानहरू” भनिएको छ ।
  • अक्सर व्यक्‍तिका छोराछोरीहरूलाई जनाउन “सन्तानहरू” शब्दको प्रयोग गरिन्‍छ ।
  • पदावली “का सन्तान” ले कुनै कुरोको विशेषता जाहेर गर्न सक्छ । यसका केही उदाहरणहरू निम्‍न लिखित छन्ः
  • ज्योतिका सन्तान
  • आज्ञाकारिताका सन्तान
  • दुष्‍टका सन्तान
  • आत्मिक सन्तानहरूजस्ता मानिसहरूलाई जनाउन पनि यस शब्दको प्रयोग गर्न सकिन्छ । उदाहरणको लागि, “परमेश्‍वरका सन्तानहरू” ले ती मानिसहरूलाई जनाउँछ, जो येशूमा राखेको विश्‍वासद्वारा परमेश्‍वरका भएका छन् ।

अनुवादका लागि सुझावहरूः

  • यस शब्दले व्यक्‍तिका छोराछोरीका नाति नातिनीहरू वा नाति नातिनीहरूका नाति नातिनीहरूलाई जनाउँदा “सन्तानहरू” लाई “सन्ततिहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “का सन्तान” लाई “को विशेषता भएका मानिसहरू” वा “जस्तै व्यवहार गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • सम्भव भएमा पदावली “परमेश्‍वरका सन्तान” लाई शाब्दिक रूपमा नै अनुवाद गरिनुपर्छ, किनकि परमेश्‍वर हाम्रा स्वर्गीय पिता हुनुहुन्छ भन्‍ने विषय एउटा महत्त्वपूर्ण बाइबलीय विषय हो । यसको सम्भाव्य वैकल्पिक अनुवादहरूमा “परमेश्‍वरका मानिसहरू” वा “परमेश्‍वरका आत्मिक सन्तान” हुन सक्छन् ।
  • येशूले आफ्ना चेलाहरूलाई “सन्तान” भनी बोलाउनुहुँदा यसलाई “प्रिय मित्रहरू” वा “मेरा प्रिय चेलाहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पावल र यूहन्‍नाले येशूमा ग्रहण गर्ने विश्‍वासीहरूलाई “सन्तानहरू” भनी उल्लेख गर्दा यसलाई “प्रिय सङ्गी विश्‍वासीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “प्रतिज्ञाका सन्तान” लाई “परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरू प्राप्‍त गर्ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः सन्तति, प्रतिज्ञा, पुत्र, आत्मा, आत्मिक, विश्‍वासी, प्रिय, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०२:२७-२९
  • ३ यूहन्‍ना ०१:१-४
  • गलाती ०४:१९-२०
  • उत्पत्ति ४५:९-११
  • यहोशू ०८:३४-३५
  • नहेम्याह ०५:४-५