3.4 KiB
3.4 KiB
अनुग्रह, अनुग्रहमय
परिभाषा:
“अनुग्रह” शब्दले कसैलाई दिइने सहायता वा आशिष्लाई जनाउँछ जुन ऊ आफैले कमाएको हुँदैन । “अनुग्रहमय” शब्दले अरूहरूप्रति अनुग्रह देखाउने व्यक्तिको बयान गर्छ ।
- पापिष्ठ मानव-जातिप्रति परमेश्वरको अनुग्रह सित्तैँमा दिइएको उपहार हो ।
- अनुग्रहको अवधारणाले गल्ती गरेको व्यक्ति वा चोट पुर्याएको व्यक्तिप्रति गरिने दया वा क्षमालाई पनि जनाउँछ ।
- पदावली “अनुग्रह पाउनु” एउटा टुक्का हो जसको अर्थ हुन्छ‒ परमेश्वरबाट सहायता र कृपा पाउनु । यसमा अक्सर त्यस्तो अर्थ हुन्छ जसमा परमेश्वर त्यस व्यक्तिप्रति खुसी हुनुहुन्छ र उसलाई सहायता गर्नुहुन्छ ।
अनुवादका लागि सुझावहरूः
- “अनुग्रह” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “ईश्वरीय दया” वा “परमेश्वरको स्नेह” वा “पापीहरूका लागि परमेश्वरको दया र क्षमा” वा “कृपावान् दया” पर्छन् ।
- “अनुग्रहमय” शब्दलाई “अनुग्रहले भरिपूर्ण” वा “दयालु” वा “कृपालु” वा “कृपा गरेर दयालु” भनी अनुवाद गर्न सकिन्छ ।
- टुक्का “उसले परमेश्वरको दृष्टिमा अनुग्रह पायो” लाई “उसले परमेश्वरबाट कृपा पायो” वा “परमेश्वरले कृपा गरेर उसलाई सहायता गर्नुभयो” वा “परमेश्वरले उसलाई आफ्ना स्नेह देखाउनुभयो” वा “परमेश्वर उसबाट खुसी हुनुभयो र उसलाई मदत गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ ।
बाइबलका सन्दर्भहरूः
- प्रेरित ०४:३२-३३
- प्रेरित ०६:८-९
- प्रेरित १४:३-४
- कलस्सी ०४:५-६
- कलस्सी ०४:१८
- उत्पत्ति ४३:२८-२९
- याकूब ०४:६-७
- यूहन्ना ०१:१६-१८
- फिलिप्पी ०४:२१-२३
- प्रकाश २२:२०-२१