ne_tw/bible/kt/holy.md

5.7 KiB

पवित्र, पवित्रता

परिभाषा:

शब्दहरू “पवित्र” र “पवित्रता” ले परमेश्‍वरको त्‍यस चरित्रलाई जनाउँछन् जुन हरेक पापिष्‍ठ र असिद्ध कुराबाट पूर्णतः अलग र पृथक् छ ।

  • केवल परमेश्‍वर पूर्ण रूपमा पवित्र हुनुहुन्छ । उहाँले मानिसहरू र वस्तुहरूलाई पवित्र बनाउनुहुन्छ ।
  • पवित्र व्यक्‍ति परमेश्‍वरको हुन्छ, र त्यसलाई उहाँको सेवा गर्न र उहाँको महिमा ल्याउन अलग गरिएको हुन्छ ।
  • परमेश्‍वरले पवित्र भनी घोषणा गर्नुभएको वस्तु त्यो वस्तु हो जुन उहाँले आफ्नो महिमा र प्रयोगको लागि अलग गर्नुभएको छ (जस्तैः उहाँका निम्ति बलिदानहरू चढाउन राखिएको वेदी) ।
  • परमेश्‍वर पवित्र हुनुभएकोले मानिसहरूलाई उहाँले अनुमति नदिनुभएसम्म तिनीहरू उहाँकहाँ आउन सक्दैनन्, किनकि तिनीहरू केवल मानिसहरू हुन् जो पापिष्‍ठ र असिद्ध छन् ।
  • पुरानो करारमा परमेश्‍वरलाई विशेष सेवा पुर्‍याउन उहाँले पूजाहारीहरूलाई पवित्र समूहको रूपमा अलग गर्नुभयो । परमेश्‍वरकहाँ जान तिनीहरू विधिपूर्वक शुद्ध पारिनुपर्थ्‍यो ।
  • विशेष ठाउँ र वस्तुहरूलाई पनि परमेश्‍वरले पवित्र चिजहरूको लागि अलग गर्नुभयो, जसमा उहाँले आफैलाई प्रकट गराउनुहुन्थ्यो । मन्दिर एउटा त्यस्तै ठाउँ थियो ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “पवित्र” लाई “परमेश्‍वरको निम्ति अलग गरिएको” वा “परमेश्‍वरको” वा “पूर्णतः शुद्ध” वा “सिद्ध रूपमा पापरहित” वा “पापबाट अलग” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पवित्र पार्नु” लाई अङ्ग्रेजीमा अक्सर “पवित्र तुल्याउनु” भनी अनुवाद गरिन्छ । यसलाई “परमेश्‍वरको महिमाको लागि (कसैलाई) अलग गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, अर्पण गर्नु, पवित्र तुल्याउनु, शुद्धिकरण, अलग गर्नु)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०३:११-१३
  • १ थेसलोनिकी ०४:७-८
  • प्रेरित ०७:३३-३४
  • कलस्सी ०१:२१-२३
  • इजकिएल २०:१८-२०
  • विलाप ०४:१-२
  • मत्ती ०७:६
  • मर्कूस ०८:३८
  • रोमी ०१:१-३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०१-१६) उहाँ (परमेश्‍वर) ले सातौँ दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो, किनकि यही दिनमा नै उहाँले आफ्ना कामबाट विश्राम लिनुभयो ।
  • (०९-१२) “तिमी पवित्र भूमिमा उभिँदै छौ ।”
  • (१३-०२) “तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करारलाई पालन गर्‍यौ भने तिमीहरू मेरा मूल्यवान् सम्पत्ति, पूजाहारीको राज्य र पवित्र जाति हुनेछौ ।”
  • (१३-०५) “शबाथ-दिनलाई सधैँ पवित्र राख्‍नू ।”
  • (२२-०५) “त्यसैले, ती बच्‍चा पवित्र, परमेश्‍वरका पुत्र हुनुहुनेछ ।”
  • (५०-०२) हामीले येशूको आगमनलाई प्रतीक्षा गरिरहँदा हामीले पवित्र र परमेश्‍वरलाई आदर दिने हिसाबले बाँचेको उहाँ चाहनुहुन्छ ।