Fri Aug 18 2023 14:12:34 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-08-18 14:12:41 +05:45
commit c37238e02c
363 changed files with 429 additions and 0 deletions

1
01/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 सुरुमा वचन हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो । \v 2 उहाँ सुरुमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । \v 3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै एक थोक पनि उहाँबिना बनिएन ।

1
01/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 उहाँमा जीवन थियो,र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो । \v 5 ज्‍योति अन्धकारमा चम्‍किन्छ, र अन्धकारले त्यसलाई जितेन ।

1
01/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो । \v 7 तिनीद्वारा सबैले विश्‍वास गरून् भनेर तिनी ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आए । \v 8 यूहन्‍ना ज्‍योति थिएनन्, तर तिनी ज्‍योतिको बारेमा गवाही दिन सकियोस् भनेर आए ।

1
01/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 साँचो ज्‍योति जसले सबै मानिसहरूलाई ज्योति दिन्छ, उहाँ संसारमा आउँदै हुनुहुन्थ्यो ।

1
01/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 उहाँ संसारमा हुनुहुन्थ्यो, र संसार उहाँद्वारा बनियो, र संसारले उहाँलाई चिनेन । \v 11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, र उहाँका आफ्नैहरूले उहाँलाई स्‍वीकार गरेनन् ।

1
01/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तर जतिले उहाँलाई स्‍वीकार गरे, जसले उहाँको नाउँमा विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो । \v 13 यिनीहरू रगतद्वारा जन्मेका थिएनन्, न शारीरिक इच्छाद्वारा, न मानिसको इच्छाद्वारा, तर परमेश्‍वरद्वारा जन्‍मेका थिए ।

1
01/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देखेका छौं, महिमा जुन पिताबाट आउनुभएका एक मात्रको जस्तो, अनुग्रह र सत्यताले पूर्ण थियो । \v 15 यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र यसो भन्दै ठूलो सोरले कराए, “उहाँ त्यही व्‍यक्‍ति हुनुहुन्‍छ जसको बारेमा मैले भनेको थिएँ, 'मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो।'”

1
01/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 किनकि उहाँको पूर्णताबाट हामीले सबै अनुग्रहमाथि अनुग्रह पाएका छौं । \v 17 किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आए । \v 18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन; एक मात्र परमेश्‍वर जो पिताको छेउमा हुनुहुन्छ, उहाँले परमेश्‍वरलाई चिनाउनुभएको छ ।

1
01/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 यूहन्‍नाको गवाही यही हो, जब यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई तिनीकहाँ “तिमी को हौ?” भनी सोध्‍न पठाए । \v 20 तिनले स्वीकारे—तिनले इन्कार गरेनन्, तर स्वीकारे—“म ख्रीष्‍ट होइनँ ।” \v 21 त्‍यसकारण तिनीहरूले तिनलाई सोधे, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” तिनले भने, “ म होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” तिनले जवाफ दिए, “होइनँ ।”

1
01/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 तब तिनीहरूले तिनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौं? तिमी आफ्नै बारेमा के भन्‍छौ?” \v 23 तिनले भने, “यशैया अगमवक्‍ताले भने जस्तै, म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँः ‘परमप्रभुको बाटो सोझो बनाओ’ ।”

1
01/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 अब फरिसीहरूबाट ती पठाइएकाहरू थिए, \v 25 र तिनीहरूले तिनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता हौ भने तिमी किन बप्‍तिस्‍मा दिन्‍छौ?”

1
01/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 यूहन्‍नाले तिनीहरूलाई यसो भन्दै जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ, \v 27 उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।” \v 28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।

1
01/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा! \v 30 उहाँ उही हुनुहुन्छ जसको बारेमा मैले भनें, ' मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो । \v 31 म उहाँलाई चिन्‍दिनथें, तर उहाँलाई इस्राएलमा प्रकट गर्न सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिंदै आएँ ।”

1
01/32.txt Normal file
View File

@ -0,0 +1 @@
\v 32 यूहन्‍नाले यसो भन्दै गवाही दिए, “मैले आत्‍मा स्‍वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखें । \v 33 मैले उहाँलाई चिनिनँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि बस्दै गर्नुभएको देख्‍नेछौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्छ ।’ \v 34 मैले दुवै देखेको, र गवाही दिएको छु कि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”

1
01/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 फेरि, अर्को दिन, यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा, \v 36 तिनीहरूले येशू त्यही बाटो भएर हिंडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!”

1
01/37.txt Normal file
View File

@ -0,0 +1 @@
\v 37 तिनका दुई चेलाले तिनले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्‍याए । \v 38 तब येशू फर्कनुभयो र तिनीहरूले उहाँलाई पछ्‍याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ?” तिनीहरूले जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्दै हुनुहुन्छ?” \v 39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ र हेर ।” तब तिनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे; त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनकि दसौं घडी हुन लागेको थियो ।

1
01/40.txt Normal file
View File

@ -0,0 +1 @@
\v 40 यूहन्‍नाले भनेको सुन्‍ने र त्यसपछि येशूलाई पछ्‍याउने यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका दाजु अन्‍द्रियास थिए । \v 41 अन्‍द्रियासले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र तिनलाई भने, “हामीले मसीह (जसको अर्थ हो, ख्रीष्‍ट) लाई भेट्टाएका छौं।” \v 42 तिनले तिनलाई येशूकहाँ ल्‍याए । अनि येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ हो, पत्रुस ) भनिनेछ ।

1
01/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 अर्को दिन, जब येशूले गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।” \v 44 अब फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो । \v 45 फिलिपले नथानेललाई भेट्टाए र तिनलाई भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौंः योसेफका पुत्र, नासरतका येशूलाई ।”

1
01/46.txt Normal file
View File

@ -0,0 +1 @@
\v 46 नथानेलले तिनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई भने, “आएर हेर!” \v 47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र तिनको बारेमा भन्‍नुभयो, “हेर, एक सच्चा इस्राएली, जसमा कुनै छल छैन!” \v 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ?” येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउनुभन्‍दा पहिले, तिमी नेभाराको रुखमुनि हुँदा, मैले तिमीलाई देखें ।”

1
01/49.txt Normal file
View File

@ -0,0 +1 @@
\v 49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!” \v 50 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ? तिमीले योभन्‍दा ठुला-ठुला कुराहरू देख्‍नेछौ ।” \v 51 त्यसपछि उहाँले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”

1
02/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 तीन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् । \v 2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।

1
02/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।” \v 4 येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।” \v 5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्छ, त्यही गर ।"

1
02/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 अब त्यहाँ यहूदीको शुद्ध हुने विधिको लागि प्रत्येकमा झण्डै एक सय लिटर अटाउने छवटा ढुङ्गाका भाँडाहरू थिए । \v 7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए । \v 8 तब उहाँले सेवकहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर भोजका मुखियाकहाँ लैजाओ ।" तिनीहरूले त्यसै गरे ।

1
02/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 भोजका मुखियाले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने तिनलाई थाहा थिएन (तर पानी भर्ने सेवकहरूलाई थाहा थियो) । तब तिनले दुलहालाई बोलाए \v 10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र तिनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखिछोडेका छौ ।”

1
02/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिन्‍ह थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, र उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।

1
02/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, र उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ तिनीहरू केही दिनसम्म बसे ।

1
02/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो । \v 14 उहाँले मन्दिरमा गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू त्यहाँ बसिरहेका थिए ।

1
02/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 त्यसैले उहाँले डोरीहरूको एउटा कोर्रा बनाउनुभयो र दुइटै भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूका पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबुलहरू पल्टाइदिनुभयो । \v 16 परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यी कुराहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”

1
02/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोशले मलाई जलाउनेछ ।” \v 18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र भने, “तपाईंले यी कुराहरू गरिरहनुभएको हुनाले तपाईंले हामीलाई के चिन्ह देखाउनुहुनेछ?” \v 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु ।”

1
02/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर छयालिस वर्षमा बनाइयो, र तपाईं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” \v 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो । \v 22 उहाँ मृत्युबाट जीवित भई उठ्नुभएपछि, उहाँका चेलाहरूले उहाँले यो भन्‍नुभएको थियो भनी सम्‍झे, र तिनीहरूले धर्मशास्‍‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

1
02/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 अब उहाँ निस्तार-चाडको बेलामा यरूशलेममा हुनुहुँदा जब धेरै जनाले उहाँले गर्नुभएका चिन्‍हहरू देखे, तिनीहरूले उहाँको नाउँमा विश्‍वास गरे । \v 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो, \v 25 किनभने मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनकि मानिसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।

1
03/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । \v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”

1
03/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।” \v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त?

1
03/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन । \v 6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।

1
03/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान । \v 8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”

1
03/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्”? \v 10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ? \v 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीँ भन्छौं, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

1
03/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीले कसरी विश्‍वास गर्छौ? \v 13 स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।

1
03/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ, \v 15 ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।

1
03/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् । \v 17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो । \v 18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।

1
03/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए । \v 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् । \v 21 तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।

1
03/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो । \v 23 अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए । \v 24 किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।

1
03/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो । \v 26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

1
03/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन । \v 28 तिमीहरू आफैं गवाही दिन सक्‍छौ, कि मैले भनें, ‘म ख्रीष्‍ट होइनँ, तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’

1
03/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 दुलहीचाहिं दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ । \v 30 उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।

1
03/31.txt Normal file
View File

@ -0,0 +1 @@
\v 31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ । \v 32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन । \v 33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।

1
03/34.txt Normal file
View File

@ -0,0 +1 @@
\v 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न । \v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ । \v 36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”

1
04/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो, \v 2 (यद्यपि येशू आफैंले बप्‍तिस्‍मा दिंदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिंदै थिए) \v 3 उहाँले यहूदिया छोड्नुभयो र फेरि गालीलतिर फर्केर जानुभयो ।

1
04/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो । \v 5 त्‍यसैले उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।

1
04/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभएको थियो र इनारको छेउमा बस्‍नुभयो । प्रायः छैठौं घडी भएको थियो । \v 7 एक जना सामरी स्‍‍त्री पानी लिन आई, र येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।” \v 8 किनकि उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।

1
04/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 त्‍यसपछि सामरी स्‍‍त्रीले उहाँलाई भनी, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍‍त्रीसँग कसरी केही पिउने कुरा मागिरहनुभएको छ?” किनकि यहूदीहरूले समारीहरूसँग केही सम्बन्ध राख्दैनन्। \v 10 येशूले त्यसलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई र ‘मलाई पिउन देऊ’ भनी तिमीलाई भनिरहने को हो भनी चिनेकी भए, तिमीले उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए ।”

1
04/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 स्‍‍त्रीले उहाँलाई जवाफ दिई, “महाशय, तपाईंसित उघाउने भाँडो छैन, र इनार गहिरो छ । तब तपाईंसँग जिउँदो पानी कहाँ छ त? \v 12 के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र आफैंले पनि यही इनारबाट पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”

1
04/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ, \v 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको फोहरा बन्‍नेछ ।”

1
04/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म तिर्खाउनेछैनँ र यहाँ पानी लिन आउनुपर्नेछैनँ ।” \v 16 येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ फर्केर आऊ ।”

1
04/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 स्‍‍त्रीले उहाँलाई जवाफ दिई र भनी, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भन्‍यौ । \v 18 किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन्, र अहिले जो तिमीसँग छन्, त्यो तिम्रो लोग्‍ने होइन । तिमीले जे भनेकीछ्‍यौ, त्यो साँचो हो ।”

1
04/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्छु । \v 20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”

1
04/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 येशूले त्यसलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । त्यो बेला आउँदैछ जब तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ । \v 22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौं, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट आउँछ ।

1
04/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 तापनि, त्यो बेला आउँदैछ र त्यो अहिले नै हो जब साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन् , किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ । \v 24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँलाई आराधना गर्ने मानिसहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”

1
04/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 स्‍‍त्रीले उहाँलाई भनी, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ। जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।” \v 26 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही हुँ ।”

1
04/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 त्‍यही बेला उहाँका चेलाहरू फर्किआए । अब उहाँ स्‍‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले भनेन ।

1
04/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 त्‍यसैले त्यस स्‍‍त्रीले आफ्नो गाग्रो छोडी, सहरतिर फर्केर गई र मानिसहरूलाई भनी, \v 29 “आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै कुराहरू मलाई बताइदिनुभयो । उहाँ ख्रीष्‍ट हुन सक्दैन, हुन सक्छ त?” \v 30 तिनीहरू सहरबाट निस्के र उहाँकहाँ आए ।

1
04/31.txt Normal file
View File

@ -0,0 +1 @@
\v 31 त्‍यसैबेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।” \v 32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जसको बारे तिमीहरू जान्दैनौ ।” \v 33 त्‍यसैले चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”

1
04/34.txt Normal file
View File

@ -0,0 +1 @@
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो । \v 35 के तिमीहरू भन्‍दैनौ, 'अझ चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउँछ'? म तिमीहरूलाई भन्‍दैछु, आँखा उचाल र खेतलाई हेर किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् । \v 36 जसले कटनी गर्दैछ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।

1
04/37.txt Normal file
View File

@ -0,0 +1 @@
\v 37 किनकि 'एउटाले छर्छ र अर्काले कटनी गर्छ' भन्‍ने यो भनाइ यसैमा साँचो छ । \v 38 मैले तिमीहरूलाई त्यो कटनी गर्न पठाएँ जसको लागि तिमीहरूले काम गरेका छैनौ। अरूहरूले काम गरेका छन्, र तिमीहरू तिनीहरूका श्रममा प्रवेश गरेका छौ ।”

1
04/39.txt Normal file
View File

@ -0,0 +1 @@
\v 39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी ती स्‍‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरका धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे । \v 40 त्यसैले जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई आफूहरूसँग बस्‍न आग्रह गरे, र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।

1
04/41.txt Normal file
View File

@ -0,0 +1 @@
\v 41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे । \v 42 तिनीहरूले ती स्‍‍त्रीलाई भने, “ अब तिमीले भनेका कुराले गर्दा हामी विश्‍वास गरेका होइनौं , किनकि हामी आफैंले सुनेका छौं र हामी जान्दछौं, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”

1
04/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 त्यसको दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो । \v 44 किनकि येशू आफैंले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई त्यसको आफ्नै गाउँमा आदर हुँदैन । \v 45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।

1
04/46.txt Normal file
View File

@ -0,0 +1 @@
\v 46 अब उहाँ गालीलको काना सहरमा फेरि आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थियो । \v 47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनको मर्न लागेको छोरोलाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।

1
04/48.txt Normal file
View File

@ -0,0 +1 @@
\v 48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिन्‍हहरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।” \v 49 ती अधिकारीले उहाँलाई भने, “हजुर, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।” \v 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।

1
04/51.txt Normal file
View File

@ -0,0 +1 @@
\v 51 तिनी जाँदै गर्दा, तिनका सेवकहरूले तिनको छोरो बाँच्यो भन्दै तिनलाई भेटे । \v 52 त्यसैले कुन घडीदेखि त्यसको सुधार हुनथाल्यो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौं घडीमा त्यसलाई ज्‍वरोले छोड्‍यो ।”

1
04/53.txt Normal file
View File

@ -0,0 +1 @@
\v 53 त्‍यसपछि ती बुबाले महसुस गरे कि यो त्यही घडी थियो जब येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍छ” भन्‍नुभएको थियो । त्यसैले तिनीले र तिनका सम्‍पूर्ण घरानाले विश्‍वास गरे । \v 54 येशू यहूदियाबाट गालीलमा आउनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिन्‍ह थियो ।

1
05/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो । \v 2 अब यरूशलेममा भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई आरमेइक भाषामा बेथस्दा भनिन्छ, र यसका पाँचवटा छानासहितका दलान छन् । \v 3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा वा पक्षाघातीहरू पडिरहेका थिए । \f +\ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो वाक्यांश छैन \fqa पानी छचल्किनुको प्रतिक्षा गर्दैथिए \fqa* । \f* \v 4 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ४ छैन, \fqa किनकि परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर निश्‍चित समयमा पानी हल्लाइदिन्थे र जो कोही पानी छचल्किरहँदा पानीमा पस्थ्यो, त्यो जस्तोसुकै रोगले ग्रसित भए तापनि निको भइहाल्थ्यो । \fqa* \f*

1
05/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 त्यहाँ अठ्तिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो । \v 6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभएपछि, उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”

1
05/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई तलाउमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।” \v 8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान लेऊ, र हिंड ।”

1
05/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 त्यो मानिस तुरुन्तै निको भयो, र त्यसले आफ्नो ओछ्‍यान उठायो, र हिंड्‍यो । अब त्यो विश्रामको दिन थियो ।

1
05/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 त्यसैले यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो ओछ्‍यान बोकेर हिंड्ने अनुमति छैन ।” \v 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो ओछ्‍यान उठाऊ र हिंड’।”

1
05/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तिनीहरूले त्यसलाई भने, “तिमीलाई ‘यो उठाऊ र हिंड’ भन्‍ने त्यो मानिस को हो?” \v 13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यस ठाउँमा भीड लागेको थियो ।

1
05/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र त्यसलाई भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ! अब फेरि पाप नगर, ताकि तिमीमाथि झन् खराबी आइनपरोस् ।” \v 15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुन्थ्यो भनी त्यसले यहूदीहरूलाई बतायो ।

1
05/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनभने उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभयो । \v 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेको छु ।” \v 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनभने उहाँले विश्रामको दिन मात्र तोड्नुभएन, तर आफैंलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई उहाँको आफ्नै पिता पनि भन्‍नुभयो ।

1
05/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैंले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ । \v 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, र उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुनेछौ ।

1
05/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन् त्यसलाई जीवन दिन्छन् । \v 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ, \v 23 ताकि तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।

1
05/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।

1
05/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेको छ, र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन् ।

1
05/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 किनकि जसरी पिता आफैंसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि उनी आफैंसँग जीवन होस्, \v 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन् ।

1
05/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 यसमा अचम्म नमान, किनकि समय आउँदैछ जब चिहानमा हुनेहरू सबैले उनको सोर सुन्‍नेछन्, \v 29 र बाहिर आउनेछन्ः असल गरेकाहरू जीवनको पुनरुत्थानको निम्ति, र दुष्‍ट काम गरेकाहरू न्यायको पुनरुत्थानको निम्ति ।

1
05/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 म आफैंले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनभने मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु । \v 31 यदि म आफैंले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैन । \v 32 मेरो बारेमा गवाही दिनुहुने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।

1
05/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्यको गवाही दिएका छन् । \v 34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाटको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्दछु । \v 35 यूहन्‍ना बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।

1
05/36.txt Normal file
View File

@ -0,0 +1 @@
\v 36 तैपनि मसँग भएको गवाही यूहन्‍नाको भन्दा पनि महान् छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले नै, मलाई पिताले पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन् । \v 37 मलाई पठाउनुहुने पिता आफैंले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ । \v 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।

1
05/39.txt Normal file
View File

@ -0,0 +1 @@
\v 39 तिमीहरू धर्मशास्‍‍त्रहरूमा खोज्छौ, किनभने तिनीहरूमा तिमीहरूको निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्छौ, र यी नै धर्मशास्‍‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्, \v 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ।

1
05/41.txt Normal file
View File

@ -0,0 +1 @@
\v 41 म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ, \v 42 तर म जान्दछु, तिमीहरू आफैंमा परमेश्‍वरको प्रेम छैन ।

1
05/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई ग्रहण गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ । \v 44 तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ, तिमीहरू जसले एक अर्कोबाट महिमा स्वीकार गर्छौ तर एक मात्र परमेश्‍वरबाट आउने महिमा खोजिरहेका छैनौ?

1
05/45.txt Normal file
View File

@ -0,0 +1 @@
\v 45 पिताको सामु तिमीहरूलाई म आफैंले दोष लगाउँनेछु भन्‍ने नसोच । तिमीहरूलाई दोष लगाउने त मोशा हुन् जसमा तिमीहरूले आशा राखेका छौ । \v 46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनभने तिनले मेरो विषयमा लेखे । \v 47 यदि तिमीहरूले तिनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरा वचनहरूमा कसरी विश्‍वास गर्छौ?”

1
06/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 यी कुराहरूपछि येशू गालीलको समुद्रको पारिपट्टि जानुभयो जसलाई तिबेरियासको समुद्र पनि भनिन्थ्यो। \v 2 एउटा ठुलो भीडले उहाँलाई पछ्‍याइरहेको थियो, किनभने बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएका चिन्‍हहरू तिनीहरूले देखे । \v 3 येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो ।

1
06/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 (अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो । ) \v 5 जब येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भीड आफूतर्फ आइरहेको देख्‍नुभयो, उहाँले फिलिपलाई भन्‍नुभयो, “हामीले कहाँ रोटी किन्‍ने ताकि यिनीहरूले खान सकून्?” \v 6 (तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभयो, किनकि उहाँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैंलाई थाहा थियो ।)

1
06/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि प्रत्येकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।” \v 8 चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका दाजु अन्द्रियासले येशूलाई भने, \v 9 “यहाँ एक जना केटो छ, जससँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बीचमा यी के हुन् र?”

1
06/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” अब त्यस ठाउँमा धेरै घाँस थियो । त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे । \v 11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यो त्यहाँ बसेकाहरूलाई दिनुभयो । उहाँले माछा पनि त्यसै गर्नुभयो, जति जति तिनीहरूले चाहना गरे । \v 12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”

1
06/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 यसैले तिनीहरूले ती बटुले र खानेहरूले उबारेका जौका ती पाँचवटा रोटीका टुक्रा-टाक्रीहरू बार्‍ह डाला भरे । \v 14 त्यसपछि जब मानिसहरूले उहाँले गर्नुभएका यी चिन्‍हहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यस संसारमा आउनुहुने अगमवक्‍ता हुनुहुन्छ ।” \v 15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने येशूले थाहा गर्नुभयो, उहाँ फेरि पनि एक्लै डाँडातर्फ लाग्‍नुभयो ।

1
06/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे । \v 17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन । \v 18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।

1
06/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिंडिरहनुभएको र डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए । \v 20 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ! नडराओ ।” \v 21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।

1
06/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भीडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा देखेन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको तर उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देख्यो । \v 23 तैपनि त्यहाँ तिबेरियासबाट त्यस ठाउँ नजिक आएका केही डुङ्गाहरू थिए जहाँ प्रभुले धन्यवाद चढाएपछि तिनीहरूले रोटी खाएका थिए ।

1
06/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 जब त्यस भीडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैं डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए । \v 25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”

Some files were not shown because too many files have changed in this diff Show More