ne_jhn_text_ulb/02/20.txt

1 line
869 B
Plaintext

\v 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर छयालिस वर्षमा बनाइयो, र तपाईं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” \v 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो । \v 22 उहाँ मृत्युबाट जीवित भई उठ्नुभएपछि, उहाँका चेलाहरूले उहाँले यो भन्‍नुभएको थियो भनी सम्‍झे, र तिनीहरूले धर्मशास्‍‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।