ne_jhn_text_ulb/05/16.txt

1 line
1013 B
Plaintext

\v 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनभने उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभयो । \v 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेको छु ।” \v 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनभने उहाँले विश्रामको दिन मात्र तोड्नुभएन, तर आफैंलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई उहाँको आफ्नै पिता पनि भन्‍नुभयो ।