1 line
1.0 KiB
Plaintext
1 line
1.0 KiB
Plaintext
\v 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पिताले गरिरहनुभएको देख्नु बाहेक पुत्र आफैंले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ । \v 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, र उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुनेछौ । |