ne_jhn_text_ulb/04/34.txt

1 line
1.1 KiB
Plaintext

\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो । \v 35 के तिमीहरू भन्‍दैनौ, 'अझ चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउँछ'? म तिमीहरूलाई भन्‍दैछु, आँखा उचाल र खेतलाई हेर किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् । \v 36 जसले कटनी गर्दैछ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।