ne_jhn_text_ulb/05/01.txt

1 line
1.5 KiB
Plaintext

\v 1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो । \v 2 अब यरूशलेममा भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई आरमेइक भाषामा बेथस्दा भनिन्छ, र यसका पाँचवटा छानासहितका दलान छन् । \v 3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा वा पक्षाघातीहरू पडिरहेका थिए । \f +\ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो वाक्यांश छैन \fqa पानी छचल्किनुको प्रतिक्षा गर्दैथिए \fqa* । \f* \v 4 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ४ छैन, \fqa किनकि परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर निश्‍चित समयमा पानी हल्लाइदिन्थे र जो कोही पानी छचल्किरहँदा पानीमा पस्थ्यो, त्यो जस्तोसुकै रोगले ग्रसित भए तापनि निको भइहाल्थ्यो । \fqa* \f*