Door43-Catalog_ne_tn/act/22/intro.md

3.6 KiB

प्रेरितहरू २२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यो प्रेरितहरूको पुस्तकमा भएको पावलको परिवर्तनको दोस्रो विवरण हो । किनकि यो सुरुको मण्‍डलीमा भएको त्यस्तो एउटा महत्त्वपूर्ण घटना हो, त्यहाँ पावलको परिवर्तनको तीनवटा विवरणहरू दिइएका छन् । (हेर्नुहोस्ः प्रेरितहरू ९ अनि प्रेरितहरू २६).

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“हिब्रू भाषामा”

यो समयमा हिब्रू भाषा इस्राएलमा सामान्य गरी बोलिँदैनथ्यो । मानिसहरूले आरमेइक वा ग्रीकमा बोल्‍ने हुन सक्छन् । खासगरी, ती यहूदी विद्वानहरू थिए जो हिब्रूमा बोल्‍न सक्षम थिए । त्यसैकारण पावलले हिब्रूमा बोल्‍न सुरु गर्दा मानिसहरूले ध्यान दिए ।

“मार्ग”

यो धेरै सुरुका ख्रीष्‍टिएन विश्‍वासीहरूको विश्‍वासलाई दिइएको नाम थियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“म येशू हुँ”

पाठ्यखण्‍डले यसलाई किटेरै स्‍पष्‍ट बनाउँदैन, तर यो मृतकबाट बौह्रिउठिसक्‍नु भएपछिको येशू हुनुहुन्छ । उहाँ केवल शाऊललाई मात्र दृश्‍य हुनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

रोमी नागरिकता

रोमी नागरिकता भएका मानिसहरूलाई थुप्रै विशेषाधिकारहरू दिइएको थियो । उदाहरणको लागि, कुनै अपराध गरेको आरोप तिनीहरूलाई लागेको भए, तिनीहरूले कैसरकहाँ अपिल गर्न सक्थे । रोमी नागरिकता हुनु भनेको धेरै महत्त्वको कुरा थियो र यो नागरिकता प्राप्‍त गर्न मानिसहरूले धेरै अधिक प्रयास गर्ने गर्थे । यो “प्रमुख कप्‍तान” एउटा रोमी नागरिकलाई त्यसरी व्यवहार गरेको कारण समस्यामा पर्न सक्थ्यो ।

सम्बन्धित खण्‍डहरूः

<< | >>