Door43-Catalog_ne_tn/act/23/intro.md

4.4 KiB

प्रेरितहरू २३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले २३:५-९ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“सेतो पोतिएको”

यो धर्मी देखिने तर त्यस्तो नभएकाहरूको लागि धर्मशास्‍त्रमा भएको सामान्य अलङ्कार हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/righteous]])

मृतकहरूको पुनरुत्थान

फरिसीहरूले विश्‍वास गर्थे कि, मृत्युपछि, मानिसहरूलाई दण्‍ड वा इनामको लागि मृतकबाट बौह्रिउठाइने थियो । सदुकीहरूले यो कुरा मान्दैनथे । तिनीहरुले केवल भौतिक संसारमा मात्र भरोसा गर्थे । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/other/raise]] अनि [[rc:///tw/dict/bible/other/reward]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

“श्राप बोलाए”

केही यहूदीहरूले एउटा शपथ गरे कि तिनीहरूले पावललाई नमारेसम्‍म खाने वा पिउने थिएनन्, र यदि तिनीहरू तिनीहरूको शपथमा चलेनन् भने तिनीहरूलाई श्राप दिन परमेश्‍वरलाई बिन्ती गरे । यो परमेश्‍वरलाई खुशी बनाउने केही कुरा होइन, र यसो गरेकोमा तिनीहरू प्रस्‍टसँग गलत थिए । यो कुरा व्यङ्ग्‍यपूर्ण छ कि तिनीहरूले एउटा पवित्र भाकललाई त्यस्तो एउटा अपवित्र तरिकामा प्रयोग गरे । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/curse]], [[rc:///ta/man/translate/figs-irony]], [[rc:///tw/dict/bible/kt/holy]], [[rc:///tw/dict/bible/kt/vow]] अनि rc://*/tw/dict/bible/kt/unholy)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

रोमी नागरिकता

रोमी नागरिकता भएका मानिसहरूलाई थुप्रै विशेषाधिकारहरू दिइएको थियो । उदाहरणको लागि, कुनै अपराध गरेको आरोप तिनीहरूलाई लागेको भए, तिनीहरूले कैसरकहाँ अपिल गर्न सक्थे । रोमी नागरिकता हुनु भनेको धेरै महत्त्वको कुरा थियो र यो नागरिकता प्राप्‍त गर्न मानिसहरूले धेरै अधिक प्रयास गर्ने गर्थे । यो “प्रमुख कप्‍तान” एउटा रोमी नागरिकलाई त्यसरी व्यवहार गरेको कारण समस्यामा पर्न सक्थ्यो ।

सम्बन्धित खण्‍डहरूः

<< | >>