Door43-Catalog_ne_tn/act/09/01.md

3.2 KiB

जोड्ने कथनः

वृत्तान्त पावलतर्फ नै फर्कन्छ ।

सामान्य जानकारी:

स्तिफनसलाई ढुङ्गाले हानेपछि पावलले के गर्दै थिए भन्‍ने पावलको पृष्‍ठभूमिको जानकारी यी पदहरूले दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

सामान्य जानकारी:

यहाँ "उहाँलाई" भन्ने शब्दले प्रधान पुजारीलाई जनाउँछ र "उसले" शावललाई जनाउँछ।

चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै

नामपद “हत्या” लाई क्रियापदको रूपमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अझै चेलाहरूलाई हत्यासम्म गर्ने धम्की दिँदै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

सभाघरहरूका लागि

यसले सभाघरहरूमा भएका मानिसहरूलाई बुझाउँदछ। वैकल्‍पिक अनुवादः "सभाघरका मानिसहरूका लागि" वा "सभाघरहरूमा अगुवाहरूका लागि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यदि उसले केहि भेट्टायो भने

"जब उनले कसैलाई भेट्टाए" वा "यदि उसले कसैलाई फेला पारे"

त्यस मार्गका

“येशू ख्रीष्‍टको शिक्षा पछ्याउनेहरू”

मार्ग

यो शब्द त्यसबेला ख्रीष्‍टियनमतको लागि शीर्षक भएको देखिन्छ।

यरूशलेममा ल्याउन पाऊँ

“यरूशलेममा कैदीको रूपमा ल्याउनको लागि ।” पावलको उद्देश्यलाई “यहूदी अगुवाहरूले तिनीहरूको न्याय गरेर दण्ड दिऊन् भन्‍ने” वाक्यांशलाई थपेर स्पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू