Door43-Catalog_ne_tn/act/21/intro.md

3.5 KiB

प्रेरितहरू २१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

२१:२०-२६ एउटा लामो उद्धरण हो भनेर पहिचान गर्न महत्त्वपूर्ण छ । यो खण्‍डको अगाडि र पछाडि गर्ने स्वभावले पाठकहरूलाई अलमल्याउन सक्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“तिनीहरू व्यवस्था पालन गर्न दृढ छन्”

येरूशलेममा भएका यहूदीहरूले अझै पनि मोशाको व्यवस्थाको पालना गर्न चाहन्थे । यस्तो देखिन्छ कि यो इच्छा वा अभ्यास अरू ठाउँमा भन्दा येरूशलेममा बढी समयसम्‍म रह्‌यो । याकूबले पावललाई यस विषयमा सहायता मागिरहेका थिए । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lawofmoses)

नाजिरीको भाकल

यस अध्यायमा चार जना मानिसहरूले गरेका भाकल एउटा नाजिरी भाकल जस्तै थियो किनभने तिनीहरूले तिनीहरूका शिरको कपाल खौरे (प्रेरितहरू २१:२३) ।

मन्दिरमा भएका अन्यजातिहरू

अन्यजातिहरूलाई मन्दिरको क्षेत्रको सबैभन्दा बाहिरी भागमा मात्रै आउन दिइन्थ्यो । यहूदीहरूले पावललाई एक अन्यजाति मानिसलाई अन्यजातिहरूलाई निषेध गरिएको क्षेत्रमा आउन दिएकोमा आरोप लगाए । यहूदीहरूको लागि, यो भनेको परमेश्‍वरको पवित्रतालाई भङ्ग गरेको हुन्थ्यो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/holy)

“म एक नागरिक हुँ”

रोमी नागरिकता भएका मानिसहरूलाई थुप्रै विशेषाधिकारहरू दिइएको थियो । उदाहरणको लागि, कुनै अपराध गरेको आरोप तिनीहरूलाई लागेको भए, तिनीहरूले कैसरकहाँ अपिल गर्न सक्थे । रोमी नागरिकता हुनु भनेको धेरै महत्त्वको कुरा थियो र यो नागरिकता प्राप्‍त गर्न मानिसहरूले धेरै अधिक प्रयास गर्ने गर्थे ।

सम्बन्धित खण्‍डहरूः

<< | >>