ne_tn/mic/05/02.md

3.6 KiB

तर, बेथलेहेम एप्राता, तँ

परमप्रभु यस सहरका मानिसहरूसित बोल्नुहुन्छ मानौँ तिनीहरू त्यहाँ सुन्दैछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-apostrophe)

एप्राता

यो या त बेथलेहेम स्थित क्षेत्र हो वा यो बेथलेहेमको लागि अर्को नाम हो अथवा यसले यो बेथलेहेमलाई अर्कोबाट छुट्टयाउछ । बेथलेहेम यरूशलेमको दक्षिणबाट लगभग ६ माइल छ । यो दाऊद राजाको गृहनगर थियो । अनुवादकहरूले यस्तो पादटिप्पणी थप्‍न सक्नुहुन्छः "'एप्राता' नामको अर्थ 'फलिफाप हुनु' हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तँ यहूदाका वंशहरूमा सानो भए तापनि

यसको अर्थ परमेश्‍वरले सानो र सामान्य सहरद्वारा ठूला-ठूला कुराहरू गर्नुहुनेछ ।

मकहाँ आउनेछ

यहाँ "म"ले परमप्रभुलाई जनाउँछ ।

जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो

यसले दाऊद राजाको प्राचीन घरानाबाट आएको शासकलाई जनाउँछ । "प्राचीन समयदेखि" र "सदादेखि" वाक्यांशहरूले मुलत: एउटै कुरालाई जनाउँछ र यो घराना कति पुरानो छ भन्‍ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

यसैकारण ... परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ

"यसैकारण ... परमेश्‍वरले इस्राएलका मानिसहरूलाई तिरस्कार गर्नुहुनेछ"

प्रसववेदनामा भएकीले बच्चा नजन्माएसम्म

यसले शासक जन्मदाको सीमित समयलाई जनाउँछ ।

त्यसका बाँकी रहेकाहरू

"त्यसका बाँकी इस्राएली दाजुभाइहरू ।" यी निर्वासित इस्राएलीहरू हुन् । यहाँ "त्यसका"ले शासक हुने बालकलाई जनाउँछ ।

शब्द अनुवाद