परमप्रभु यस सहरका मानिसहरूसित बोल्नुहुन्छ मानौँ तिनीहरू त्यहाँ सुन्दैछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-apostrophe]])
# एप्राता
यो या त बेथलेहेम स्थित क्षेत्र हो वा यो बेथलेहेमको लागि अर्को नाम हो अथवा यसले यो बेथलेहेमलाई अर्कोबाट छुट्टयाउछ । बेथलेहेम यरूशलेमको दक्षिणबाट लगभग ६ माइल छ । यो दाऊद राजाको गृहनगर थियो । अनुवादकहरूले यस्तो पादटिप्पणी थप्न सक्नुहुन्छः "'एप्राता' नामको अर्थ 'फलिफाप हुनु' हो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# तँ यहूदाका वंशहरूमा सानो भए तापनि
यसको अर्थ परमेश्वरले सानो र सामान्य सहरद्वारा ठूला-ठूला कुराहरू गर्नुहुनेछ ।
# मकहाँ आउनेछ
यहाँ "म"ले परमप्रभुलाई जनाउँछ ।
# जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो
यसले दाऊद राजाको प्राचीन घरानाबाट आएको शासकलाई जनाउँछ । "प्राचीन समयदेखि" र "सदादेखि" वाक्यांशहरूले मुलत: एउटै कुरालाई जनाउँछ र यो घराना कति पुरानो छ भन्ने कुरामा जोड दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])