ne_tn/deu/02/20.md

3.7 KiB

सामान्य जानकारी:

यी पदहरूले त्‍यस भूमिमा बसोबास गरेका मानिसहरूका समूह बारे पृष्ठभूमिको जानकारी दिन सुरु गर्छ । यदि तपाईंको भाषामा अब आउन लागेको कुरा पृष्ठभूमिको जानकारी हो भनी देखाउने कुनै तरिका छ भने, तपाईंले यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

त्यसलाई पनि ... ठानिन्थ्यो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मानिसहरूले यसलाई पनि ... ठान्‍थे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

रपाईहरू

यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले व्यवस्‍था २:११मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जमजुम्मीहरू

यो रपाई मानिसहरूका निम्ति अर्को नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अनाकीहरू

यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले व्यवस्‍था १:२८मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अम्मोनीहरूकै सामुन्‍ने तिनीहरूलाई नष्ट गरिदिनुभयो

"अम्मोनीहरूद्वारा तिनीहरूलाई पराजित हुन दिनुभयो" वा "अम्मोनीहरूद्वारा तिनीहरूलाई मर्न दिनुभयो"

तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे

"रपाईहरूसँग भएका सबै कुरा अम्मोनीहरूले लिए र रपाईहरू बसोबास गरेका ठाउँहरूमा बसे"

होरीहरू

यो एउटा मानिसहरूको समूहको नाम हो । तपाईंले व्यवस्‍था २:१२मा यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

होरीहरूलाई नष्ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्नुहुँदा

"होरीहरूसँग भएका सबै कुरा लिई होरीहरू बसोबास गरेका ठाउँहरूमा बसेका"

शब्द अनुवाद