ne_tn/deu/01/26.md

3.4 KiB

सामान्य जानकारी:

मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् ।

तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी

एमोरीहरूमाथि आक्रमण गर्न र तिनीहरूलाई नाश गर्न परमेश्वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो, तर इस्राएलीहरू डराए र तिनीहरूसँग लडाईं गर्न मानेनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

एमोरीहरूको हातमा

यहाँ "हातमा" को अर्थ तिनीहरूलाई एमोरीहरूको शक्तिमा दिनुभयो भन्‍ने हो । अर्को अनुवादः "एमोरीहरूको शक्तिमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अब हामी कहाँ जाने?

तिनीहरू कति डराएका थिए भनी यहाँ यस प्रश्‍नले जोड दिन्‍छ । यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "हामीसँग जानलाई कुनै ठाउँ छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई निराश बनाएका छन्

यसको अर्थ तिनीहरू डराए भन्‍ने हो । अर्को अनुवाद "हामीलाई निकै डराउने बनाएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

र आकाशसम्मै पर्खाल लगाइएका छन्

ती सहरहरू निकै ठुला र बलिया भएका कारण मानिसहरू कति त्रसित थिए भनी जोड दिन गरिएको यो एउटा बढाइचढाइ गरिएको वाक्य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

अनाकीहरूका सन्तानहरू

यी असाध्यै ठुला र क्रुर अनाकी मानिसहरूका सन्‍तानहरू हुन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/translate-names]])

शब्द अनुवाद