Door43-Catalog_ne_tn/rev/04/intro.md

3.6 KiB

प्रकाश ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले चार जीवित प्राणीहरू (प्रकाश ४:८) र चौबीस धर्मगुरूहरूका (प्रकाश ४:११) भनाइहरूलाई अलग राख्‍छन् । यो कुरा सामान्यतया पङ्क्तिहरूलाई फरक-फरक स्थानबाट सुरु गर्ने तरिकाबाट गरिन्छ । यस अध्यायले प्रकाशको पुस्तकको बाँकीको भागलाई सुरु गर्छ र यो सुरुका तीन अध्यायहरूभन्दा स्‍पष्‍ट रूपले भिन्‍न छ । यसले अब यूहन्‍नाले दर्शनमा देखेका एउटा विस्तृत चित्रणको व्याख्या गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

महिमा

यस अध्यायको सम्पूर्ण भाग एउटा यस्तो चित्रण हो स्वर्गमा भएको एउटा दृश्‍यको व्याख्या गर्छ जुन दृश्‍यमा सबैथोकले परमेश्‍वरलाई निरन्तर महिमा दिन्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/heaven]] अनि [[rc:///tw/dict/bible/kt/glory]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

उपमा

एकजना व्यक्ति सिंहासनमा बसिरहेको विवरणमा धेरै उपमाहरू छन् । धेरै संस्कृतिहरूमा यी खास बहुमूल्य ढुङ्गाहरू छैनन् र यो सम्भव छ कि तिनीहरूको प्रतीकात्मक महत्त्व हुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

अप्‍ठेरा चित्रणहरू

यिनीहरू त्यस्ता धेरै चित्रणहरू हुन् जुन अप्‍ठेरा वा असम्भव रहेका जस्तो देखिन सक्छन् । उदाहरणको लागि, सिंहासनबाट आइरहेका बिजुलीका चमकहरू, बत्तीहरू जुन परमेश्‍वरका सात आत्माहरू हुन् वा सिंहासन अगाडि भएको एउटा समुद्र । यी कठिनाइहरूलाई अनुवादमा रहन दिन बेस हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-apocalypticwriting)

सम्बन्धित खण्‍डहरूः

<< | >>