Door43-Catalog_ne_tn/rev/03/intro.md

5.2 KiB

प्रकाश ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

अध्याय २ र ३ ले एकसाथमा एउटा सिङ्गो एकाइ बनाउँछन् । यस खण्‍डलाई सामान्यतया “सात मण्‍डलीहरूलाई सात पत्रहरू” भनी जनाइन्छ । अनुवादकले यी पत्रहरूलाई स्‍पष्‍टसँग छुट्‌ट्याउन एक अर्काबाट तिनीहरूलाई अलग राख्‍ने विचार गर्न सक्छन् । केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ३:७ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारलाई उल्‍लेख गर्न भनिएको हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

परमेश्‍वरका सात आत्माहरू

यस पदावलीको खास अर्थ अस्‍पष्‍ट छ । यो सम्भवतः पवित्र आत्मालाई जनाउन भनिएको हो जसमा सङ्ख्या सात “पूर्णता”को प्रतीक हो । यो परमेश्‍वरको सिंहासनलाई वरिपरि घेर्ने सात आत्माहरूलाई जनाउन भनिएको हुन सक्छ । यसलाई अनुवादमा निर्दिष्‍ट गरेर परिभाषित गर्न आवश्‍यक छैन ।

सात ताराहरू

यिनीहरू सम्भवतः मण्‍डलीहरूका अगुवाहरूलाई जनाउन भनिएको हो । (हेर्नुहोस्ः प्रकाश १:२०)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

Metaphor

केही विद्वानहरूले अध्याय २ र ३ लाई एउटा अलङ्कारको रूपमा लिन्छन् । यी मण्‍डलीहरूले मण्‍डलीहरूका प्रकारहरू वा मण्‍डलीको ऐतिहासिक अवधिलाई जनाउँछन् भनेर तिनीहरूले बुझ्‍छन् । यसलाई यी हरेक सहरहरूमा भएका प्राचीन मण्‍डलीहरूलाई दिइएका निर्देशनहरूको रूपमा अनुवाद गर्न उत्तम हुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]]) “हेर, म ढोकामा उभिएर ढकढक्याउँछु” भन्‍ने पदावली अर्को विस्तारित अलङ्कार हो जसले पश्‍चात्ताप गर्ने र उहाँमा विश्‍वास गर्ने जो कसैलाई ग्रहण गर्न येशूको तत्‍परता र राजीखुशीपनलाई वर्णन गर्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/repent]] अनि rc://*/tw/dict/bible/kt/believe)

“यदि तिमीहरूसँग सुन्‍ने कान छ भने, आत्माले मण्‍डलीहरूलाई के भन्दै हुनुहुन्छ सो सुन ।”

यो एउटा पदावली हो जसले मण्‍डलीमा भएकाहरूलाई पश्‍चात्तापको लागि बोलावटको रूपमा काम गर्छ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“सात मण्‍डलीहरूका स्वर्गदूतहरू”

“स्वर्गदूतहरू” भनी अनुवाद गरिएको ग्रीक शब्दलाई “सन्देशवाहकहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ । यो सम्भव छ कि यो यी सात मण्‍डलीहरूका सन्देशवाहकहरू वा अगुवाहरूलाई जनाउन भनिएको हो ।

सम्बन्धित खण्‍डहरूः

<< | >>