Door43-Catalog_ne_tn/rev/03/01.md

3.9 KiB

सामान्य जानकारीः

मानिसका पुत्रले सार्डिसको मण्डलीका दूतलाई दिएको सन्देशको यो शुरुआत हो ।

सार्डिस

यो एशियाको पश्चिमी भागमा रहेको शहरको नाम हो जुन आज आधुनिक टर्की हो । तपाईंले यसलाई प्रकाश १:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सात आत्माहरू

सङ्ख्या सात पूर्णता र पूर्णताको प्रतिक हो । "सात आत्मा" ले या त परमेश्वरको आत्मालाई बुझाउँछ वा सात आत्माहरू जसले परमेश्वरको सेवा गर्दछ । तपाईंले यसलाई प्रकाश १:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

सात ताराहरू

यी ताराहरू प्रतीकहरू हुन् जसले सात मण्डलीहरूको सात स्वर्गदूतहरुलाई प्रतिनिधित्व गर्दछ । तपाईंले यसलाई प्रकाश १:१६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

जीवित ... मृत

परमेश्वरको आज्ञा पालन गर्नु र उहाँको आदर गर्नु भनेको जीवित हुनु भनेको हो । उसको अनाज्ञाकारी र बेइज्जती गर्नु मृत भएको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उठ्नुहोस् र बाँकी रहेको कुरालाई बलियो बनाउनुहोस्, तर मर्नै लागेको छ

सार्डिसमा विश्वासीहरूले गरेका असल कामहरू उनीहरू जीवितै थिए तर मर्ने खतरामा छन् भनेर बताइएको छ । वैकल्‍पिक अनुवादः "उठ र बाँकी रहेको काम पूरा गर, नत्रता तिमीहरूले गरेका कामहरू बेकम्मा हुनेछन्" वा "उठ । यदि तिमीहरूले सुरु गरेको काम समाप्‍त गरेनौ भने, तिमीहरूको अघिल्लो कार्य बेकार हुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उठ

खतराप्रति सतर्क हुनु भनेको उठ्नु भनेको हो । वैकल्‍पिक अनुवादः "सतर्क होओ" वा "सावधान होओ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू