Door43-Catalog_ne_tn/rev/02/intro.md

6.1 KiB

प्रकाश ०२ सामान्य टिपोटहरू

संरचना र ढाँचा

अध्याय २ र ३ ले एकसाथमा एउटा सिङ्गो एकाइ बनाउँछन् । यस खण्‍डलाई सामान्यतया “सात मण्‍डलीहरूलाई सात पत्रहरू” भनी जनाइन्छ । अनुवादकले यी पत्रहरूलाई स्‍पष्‍टसँग छुट्‌ट्याउन एक अर्काबाट तिनीहरूलाई अलग राख्‍ने विचार गर्न सक्छन् । केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले २:२७ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

दरिद्रता र सम्पत्ति

यस अध्यायमा गरिब हुनु र धनी हुनुको लागि भएका दुई सम्भाव्य अर्थहरूमा गरिएको खेल छ । एफिसीहरू आर्थिक रूपमा गरिब थिए किनभने तिनीहरूसँग धेरै पैसा थिएन । तिनीहरूसँग ख्रीष्‍टमा भएका महान् “धनहरू”को कारण तिनीहरू आत्मिक रूपमा गरिब थिएनन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/spirit)

“शैतानले ... गर्न लागेको छ”

प्रकाशको पुस्तक ती कुराहरूको बारेमा हो जुन शैतानले पृथ्वीमा गर्न गइरहेको छ । यसको बाबजुद, यो अन्ततः शैतानलाई हराउन परमेश्‍वरले अन्तमा के गर्नुहुनेछ भन्‍ने बारेमा हो ।

बालाम, बालाक र ईजेबेल

यदि राजाहरूको पुस्तकको अझै पनि अनुवाद गरिएको छैन भने बालामका यी शिक्षाहरू पूर्ण रूपले बुझ्‍न कठिन छन् । यो सम्भवतः इस्राएलका मानिसहरूलाई अनैतिकता र झूटा देवताहरूको पूजामा डोहोर्‍याउने कुरालाई जनाउन भनिएको हो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/falsegod)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

केही विद्वानहरूले अध्याय २ र ३ लाई एउटा अलङ्कारको रूपमा लिन्छन् । यी मण्‍डलीहरूले मण्‍डलीहरूका प्रकारहरू वा मण्‍डलीको ऐतिहासिक अवधिलाई जनाउँछन् भनेर तिनीहरूले बुझ्‍छन् । यसलाई यी हरेक सहरहरूमा भएका प्राचीन मण्‍डलीहरूलाई दिइएका निर्देशनहरूको रूपमा अनुवाद गर्न उत्तम हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

“यदि तिमीहरूसँग सुन्‍ने कान छ भने, आत्माले मण्‍डलीहरूलाई के भन्दै हुनुहुन्छ सो सुन ।”

यो एउटा पदावली हो जसले मण्‍डलीमा भएकाहरूलाई पश्‍चात्तापको लागि बोलावटको रूपमा काम गर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/repent)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“सात मण्‍डलीहरूका स्वर्गदूतहरू”

“स्वर्गदूतहरू” भनी अनुवाद गरिएको ग्रीक शब्दलाई “सन्देशवाहकहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ । यो सम्भव छ कि यो यी सात मण्‍डलीहरूका सन्देशवाहकहरू वा अगुवाहरूलाई जनाउन भनिएको हो ।

“यिनीहरू ... का वचन हुन्”

यो पदावली, जुन यी पत्रहरूको परिचय दिन प्रयोग गरिएको छ त्यो सम्भवतः येशूलाई जनाउन भनिएको हो । हरेक पत्रले त्यसपछि येूको एउटा पक्षलाई वर्णन गर्छ जुन बाँकीको पत्रको लागि महत्त्वपूर्ण छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>