Door43-Catalog_ne_tn/mat/27/intro.md

4.4 KiB

मत्ती २७ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“उहाँलाई पिलातस बडाहाकिमकहाँ सुम्पिए”

यहूदीहरू रोमी साम्राज्यको शासनमुनि थिए, र रोमीहरूले तिनीहरूलाई कुनै पनि अपराधीलाई पहिला अनुमति नलिइकन मार्न दिँदैनथे । त्यसैकारण यहूदी अगुवाहरूले तिनीहरूको येशूमाथिको दण्‍डाज्ञालाई निश्‍चित गर्नलाई पन्तियस पिलातससँग सोध्‍नुपरेको थियो । पिलातसले तिनीहरूको निर्णयलाई निश्‍चित गर्नलाई पन्साउन खोजे । उनले यहूदी अगुवाहरूलाई येशू वा बारब्‍बा नाम गरेको अर्को धेरै नराम्रो कैदीलाई छुटाउनलाई छान्‍न लगाए ।

चिहान

जुन चिहानमा येशू गाडिनुभएको थियो (हेर्नुहोस्ः मत्ती २७:५९-६०), त्यो धनी यहूदी मानिसहरू गाडिनलाई प्रयोग हुने प्रकारको चिहान थियो । यसमा चट्टानमा खोपेर बनाइएको वास्तविक कोठा थियो, जहाँ शरीरहरूलाई कपडाले बेह्रेर भित्ताहरूको छेउमा बनाइएको ढुङ्गे तखताहरूमा राखिन्थ्यो । पछि, जब शरीर पूरै कुहिएर हड्डिमात्रै बाँकी हुन्थ्यो, ती हड्डिहरूलाई सङ्कलन गरेर अस्थिबाकस भनिने विशेष भाँडाहरूमा राखिन्थ्यो । यी चिहानहरूलाई एउटै विशाल ढुङ्गाले थुनिन्थ्यो जुन प्रवेशद्वारलाई बन्द गर्नको लागि पर्याप्‍त मात्रमा ठूलो हुन्थ्यो । यो ढुङ्गालाई चिहानको प्रवेशद्वार अगाडि गुडाएर वा घिसारेर त्यसको ठाउँमा राखिन्थ्यो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

“प्रणाम, यहूदीहरूका राजा !”

मत्ती २७:२९ मा पाइने यो वाक्यांश व्यङ्ग्‍यको एउटा उदाहरण हो । भाषाको यो अलङ्कारमा, केही कुरालाई सङ्केत गर्नको लागि केही अरू नै कुरा भनिन्छ, र धेरैपटक त्यसको विपरीत अर्थ हुन्छ । “प्रणाम” भनेर गरिने अभिव्यक्ति औपचारिक अवसरहरूमा मानिसहरूको लागि प्रयोग गरिने अभिवादन थियो, र प्राय राजा र रानीको सामुन्‍ने यसरी बोलिन्थ्यो । तापनि, येशूलाई गिल्‍ला गरिरहेका सिपाहीहरूले उहाँलाई सम्‍मान गर्न चाहेका होइनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

सम्बन्धित खण्‍डहरूः

<< | >>