Door43-Catalog_ne_tn/col/03/intro.md

3.0 KiB

कलस्‍सीहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायको दोस्रो भाग एफिसी ५ र ६ सँग समान किसिमको छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पुरानो र नयाँ व्यक्ति

पुरानो र नयाँ व्यक्ति चाहिँ पुरानो/नयाँ मानिससँग बराबर रहेका अवधारणाहरू हुन् । “पुरानो मानिस” भन्‍ने शब्दले सम्भवतः पापपूर्ण स्वभावलाई जनाउँछ जससँग कोही व्यक्ति जन्मेको हुन्छ, जबकि “नयाँ मानिस” भनेको नयाँ स्वभाव वा नयाँ जीवन हो जुन एक व्यक्तिलाई ख्रीष्‍टमा विश्‍वासमा आइसकेपछि दिइन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sin]] अनि [[rc:///tw/dict/bible/kt/faith]]).

चरित्र

पावलले उनका पाठकहरूलाई पछ्याउनलाई (वा हटाउनलाई) प्रोत्साहन गरेका धेरैजसो गुणहरू कामहरू आफैँ होइनन् जति ती चारित्रिक गुणहरू हुन् । यसैकारण, तिनीहरूले अनुवादमा कठिनाइहरू प्रस्तुत गर्न सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

“जुन माथि हुनुहुन्छ”

परमेश्‍वरलाई धेरैपटक माथि अवस्थित हुनुभएको भनेर चित्रण गरिएको छ । जब पावलले यहाँ माथिका कुराहरूलाई खोज्‍न वा माथि भएका कुराहरूको बारेमा सोच्‍नलाई भन्छन्, ख्रीष्‍टिएनहरूले तिनीहरूका कार्यहरूले परमेश्‍वरलाई खुशी पार्न खोज्‍नुपर्छ भनेर उनले बताउन खोजेका हुन् ।

सम्बन्धित खण्‍डहरूः

<< | >>