Door43-Catalog_ne_tn/col/02/intro.md

2.8 KiB

कलस्‍सीहरू ०२ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

सांसारिकता

हुन त विश्‍वासीहरू यस संसारमा जिउनुपर्छ, पावलले कलस्‍सेमा भएका ख्रीष्‍टिएनहरूलाई “सांसारिक” जीवन नजिउनलाई आग्रह गर्छन् । यसद्वारा उनले गैर-ख्रीष्‍टिएनहरूले जसरी नजिउन भनेर भन्‍न खोजेका हुन् ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो र यो सम्भव छ कि “शरीर” भनेको व्यक्तिको पापपूर्ण स्वभावको लागि एउटा अलङ्कार हो । यो मानिसको शारीरिक भाग होइन जुन पापपूर्ण छ । पावलले सिकाइरहेका छन् कि, जबसम्‍म मानिस जीवित रहन्छ (शरीरमा), ऊ उसको प्रयासको बाबजुद पापपूर्ण नै रहनेछ, तर उसको नयाँ स्वभाव उसको पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । शरीरलाई यहाँ सामान्य रूपमा मानिसको भौतिक भागलाई जनाउन पनि प्रयोग गरिएको छ ।

अन्तर्निहित जानकारी

त्यहाँ यस अध्यायमा थुप्रै विषयहरू उल्‍लेख गरिएका छन् जसले कलस्‍सेमा भएको मण्‍डलीको सन्दर्भको बारेमा अन्तर्निहित जानकारी बाँड्छन् । उल्‍लेख गरिएका अवस्थाहरूको खास विवरणहरू उपर अनिश्‍चिततालाई पाठ्यखण्‍डमा रहन दिन बेस हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सम्बन्धित खण्‍डहरूः

<< | >>