Door43-Catalog_ne_tn/col/02/01.md

5.4 KiB

जोड्ने कथन:

पावलले कलस्सी र लाओडिसियाका विश्वासीहरूलाई ख्रीष्ट परमेश्वर हुनुहुन्छ र उहाँ विश्वासीहरूमा बस्नुहुन्छ भन्ने कुरा बुझ्न प्रोत्साहित गरिरहेछन्, यसकारण उनीहरूले उनलाई ग्रहण गरे अनुसार जीवन बिताउनुपर्दछ।

सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे

तिनीहरूले सुसमाचारलाई राम्रो सँग बुझून् र पवित्र जीवन जिऊन् भनेर पावलले धेरै कडा परिश्रम गरेका थिए ।

लाउडिकियामा भएकाहरू

यो सहर कलस्सेबाट धेरै नजिक थियो र पावलले प्रार्थना गरिरहेको मण्डली पनि त्यहीँ थियो ।

शरीरमा मेरो अनुहार नदेखेकाहरू सबै

यहाँ "शरीरमा अनुहार" भनेको व्यक्तिलाई हो । वैकल्पिक अनुवाद: “मैले व्यक्‍तिगत रूपमा धेरैलाई कहिल्यै पनि देखेको छैनँ” वा “मैले कहिल्यै पनि धेरैको अनुहार देखेको छैनँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूका हृदयहरू

उनले गलातीवासीहरूलाई समावेश गरे पनि उनले बेग्लाबेग्लै सर्वनाम प्रयोग गरे। वैकल्पिक अनुवाद: "ताकि उनीहरूको मुटु र तपाईंको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

एकसाथ ल्याइएर

यसको मतलब, एक अर्कामा बुनिएको वा नजिकको सम्बन्धमा ल्याइएको हो ।

समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा

पावल एक त्यस्तो व्यक्तिको कुरा गर्छन् जसले पूर्णतया निश्चित छ कि सुसमाचार सत्य छ जस्तो कि त्यो शारीरिक भौतिक चीजहरूमा धनी थियो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको गुप्‍त सत्यता

यो केवल परमेश्‍वरबाट प्रकट गरिने ज्ञान हो ।

ख्रीष्‍टमा

येशू ख्रीष्‍ट परमेश्‍वरबाट प्रकट गरिनुभएको गुप्‍त सत्यता हुनुहुन्छ ।

उहाँमा ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू लुकाइएको छ ।

केवल ख्रीष्टले मात्र परमेश्वरको साँचो बुद्धि र ज्ञान प्रकट गर्न सक्नुहुन्छ। यो सक्रिय फारममा भन्न सकिन्छ। वैकल्पिक अनुवाद: "परमेश्‍वरले बुद्धि र ज्ञानका सबै खजानाहरू ख्रीष्टमा लुकाउनुभएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू

पावलले परमेश्वरको बुद्धि र ज्ञानको कुरा गरे जसरी उनीहरू भौतिक सम्पत्ति हुन् । वैकल्पिक अनुवाद: “धेरै बहुमूल्य बुद्धि र ज्ञान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बुद्धि र ज्ञान

यहाँ यी दुवै शब्दहरूका अर्थ आधारभूत रूपमा उस्तै हुन् । सबै आत्मिक ज्ञानहरू ख्रीष्‍टबाट नै आउँछन् भनेर बढी जोड दिनको लागि पावलले दुवै शब्दहरू सँगसँगै राखेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

अनुवादका शब्‍दहरू