ne_tn/mat/26/intro.md

5.0 KiB

मत्ती २६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २६:३१ मा भएको कवितसासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

भेडाहरू

इस्राएलका मानिसहरूलाई जनाउनका लागि धर्मशास्‍त्रमा भेडा एउटा समान्‍य बिम्‍ब हो । तापनि मत्ती २६:३१ मा येशूले “भेड” शब्‍द आफ्‍ना चेलाहरूका लागि प्रयोग गर्नुभयो र उहाँलाई गिरफ्‍तार गरिँदा उनीहरू भाग्‍नेछन् भन्‍नुभयो ।

निस्‍तारचाड

निस्‍तारचाड त्‍यो पर्व हो, जति बेला परमेश्‍वरले मिश्रीहरूका जेठा छोराहरूलाई मार्नुभएको, तर इस्राएलीहरूलाई “निस्‍तार” अर्थात् छुटकारा दिनुभएको र तिनीहरूलाई बचाउनुभएको सम्‍झना गर्न यहूदीहरूले उत्‍सव मनाउँदछन् ।

देह र रगत खाने

यो मत्ती २६:२६-२८ खण्‍डले येशूले आफ्‍ना चेलाहरूका साथमा अन्‍तिपटक भोजन गर्नुभएको कुराको वर्णन गर्दछ । यस बेला, येशूले चेलाहरूलाई भन्‍नुभयो, कि तिनीहरूले जे खाइरहेका र पिइरहेका थिए, सो उहाँको देह र रगत थियो । करिब सबैजसो ख्रीष्‍टिएन मण्‍डलीले यो भोजको सम्‍झना गर्नका लागि “प्रभुभोज”, “युखारिस्ट”, वा “पवित्र “प्रभुभोज”, को आयोजना गर्दछ ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

येशूलाई यहूदाको चुम्‍बन

यहाँ मत्ती २६:४९ ले यहूदाले कसरी येशूलाई चुम्‍बन गर्‍यो, र यसरी सिपाहीहरूले गिरफ्‍तार गर्न उहाँलाई चिने, सो कुरा लेखिएको छ । यहूदीहरूले एकअर्कालाई अभिवादन गर्दा उनीहरूले एकअर्कालाई चुम्‍बन गर्दथे ।

“म परमेश्‍वरको मन्‍दिर नष्‍ट पार्न सक्षम छु”

दुई जना मानिसले येशूलाई (मत्ती २६:६१) मा यसो भनेर दोष लगाए, कि उहाँले यरूशलेमको मन्‍दिरलाई नष्‍ट पार्नुहुन्‍छ र त्‍यसपछि “तीन दिनमा” फेरि बनाउनुहुन्‍छ । परमेश्‍वरले उहाँलाई मन्दिर नष्‍ट पार्ने र फेरि बनाउने अधिकार दिनुभएको छ भनी उहाँले दाबी गरेर उहाँले परमेश्‍वरको अपमान गरेको भनी तिनीहरूले उहाँलाई दोष लगाए । उहाँले सँच्‍चै भन्‍नुभएको चाहिँ यो थियो, यदि यहूदी अधिकारीहरूले त्‍यो मन्‍दिरलाई भत्काइदिन्छन् भने, उहाँले निश्‍चय पनि त्‍यसलाई तीन दिनमा खडा गरिदिनुहुने छ (यूहन्‍ना २:१९) ।