ne_tn/lev/22/31.md

2.2 KiB

मेरा आज्ञा मान्‍नू र तीअनुसार हिँड्नू

"मान्‍नू" र "हिँड्नु" शब्दहरूले एउटै कुरालाई जनाउँछ । यी शब्दहरूले मानिसहरूले परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ भन्‍ने कुरामा जोड दिन्छ । अर्को अनुवादः "मेरा आज्ञा पालन गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू

यहाँ "नाउँ" शब्दले परमेश्‍वर स्वयम्‌लाई र उहाँको प्रसिद्ध नाउँलाई जनाउँछ । अर्को अनुवादः " तिमीहरूले मलाई अनादर नगर्नू" वा "तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरूद्वारा म पवित्र छु भन्‍ने कुरा स्वीकारिओस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद