ne_tn/jdg/16/17.md

2.9 KiB

त्यसलाई सबै कुरा यसरी बताइदिए

यहाँ "सबैकुरा" ले तिनको बलको स्रोतको बारेमा सबैकुरालाई जनाउँछ । यसलाई स्पष्‍टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसलाई आफ्‍नो बलको स्रोत बताए" वा "त्यसलाई सत्य बताए" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमेश्वरको निम्ति एक नाजिरी

तिनी परमेश्‍वरप्रति एक नाजिरीको रूपमा समर्पित छन् भन्‍ने यसको अर्थ हुन्छ । न्यायकर्ता १३:५मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमेश्‍वरप्रति समर्पित एक नाजिरी" वा "एक नाजिरीको रूपमा परमेश्वरप्रति समर्पित" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मेरी आमाको गर्भदेखि नै

यहाँ "मेरी आमाको गर्भदेखि नै" ले तिनको सम्पुर्ण जीवनकाललाई जनाउँछ । अर्को अनुवादः "मेरो सम्पुर्ण जीवनमा नै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यदि मेरो केस खौरियो भने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि कसैले मेरो केस खौर्‍यो भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

खौरियो

छुराले छालाको नजिकैबाट केस काट्‍नु

मेरो शक्ति मबाट जानेछ

शिमशोनले आफ्‍नो बलको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जो तिनीबाट जान सक्थ्यो । अर्को अनुवादः "म अब उसो बलियो हुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद