ne_tn/exo/31/06.md

3.6 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासित निरन्तर बोल्नुहुन्छ ।

अहीसामाक ... ओहोलीआब

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु

मानिसहरूलाई वस्तुहरू बनाउन सक्ने तुल्याउनुलाई उहाँले तिनीहरूको हृदयमा क्षमता हालिदिरहनु भए झैं परमेश्‍वर बताउनु हुन्छ । अर्को अनुवादः "सबै बुद्धिमानीहरूलाई मैले सिप दिएको छु" अथवा "सबै बुद्धिमानीहरूलाई मैले वस्तुहरू राम्ररी बनाउन सक्ने तुल्याएको छु"

भेट हुने पाल

यो पवित्र वासस्थानको लागि अर्को नाम हो । प्रस्थान २७‍ः२१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

गवाहीको सन्दुक

सन्दुक बाकस हो जसमा आज्ञा राखिएको हुन्छ । यसलाई अनुवादमा स्पष्‍टसित बताउन सकिन्छ । प्रस्थान २६:३३मा तपाईंले यसलाई कसरीअनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "आज्ञा भएको बाकस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

प्रायश्‍चित्तको ढकनी

यो सन्दुकको माथिल्लो भागमा रहने ढकनी हो जहाँ प्रायश्‍चित्तको बलि चढाइन्‍थ्यो । प्रस्थान २५:१७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

धूपको वेदी

"धूप बल्नको लागि वेदी" प्रस्थान ३०:३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

होमबलिको लागि वेदी

"बलिहरू जलाइने वेदी" प्रस्थान ३०:२८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद