Thu Jul 07 2022 13:20:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Bindu_Bayung 2022-07-07 13:20:35 +05:45
commit 20c76e51c8
272 changed files with 338 additions and 0 deletions

1
01/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 यो परमेश्‍वरका पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो । \v 2 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरो समाचारवाहकलाई तिम्रो अगि पठाउँदैछु, जसले तिम्रो बाटो तयार पार्नेछ ।” \v 3 “उजाड-स्थानमा कोही कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”

1
01/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिंदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए । \v 5 यहूदियाको पूरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए । \v 6 यूहन्‍नाले ऊँटको रौंबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे ।

1
01/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 तिनले यसो भन्दै प्रचार गरे, “मपछि कोही आउनुहुनेछ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको जुत्ताको फित्ता निहुरेर फुकाल्न योग्यको पनि छैन । \v 8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”

1
01/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो । \v 10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो । \v 11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”

1
01/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो । \v 13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।

1
01/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो, \v 15 र भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।

1
01/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र तिनका दाजु अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए । \v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” \v 18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।

1
01/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । \v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।

1
01/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि विश्रामको दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो । \v 22 तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो ।

1
01/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो यसो भन्दै चिच्‍च्यायो, \v 24 “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।” \v 25 येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!” \v 26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।

1
01/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 अनि सबै मानिस छक्‍क परेर एक-आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! यिनले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्छन्!” \v 28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।

1
01/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा आउनुभयो । \v 30 अब सिमोनकी सासू ज्वरो आएर सुतिरहेकी थिइन्, र तिनीहरूले तिनको विषयमा झट्टै येशूलाई बताए । \v 31 यसकारण उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।

1
01/32.txt Normal file
View File

@ -0,0 +1 @@
\v 32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले बिरामी भएका र भूत लागेका सबैलाई उहाँकहाँ ल्याए । \v 33 सारा सहर नै त्यो घरको ढोकामा भेला भयो । \v 34 उहाँले विभिन्‍न प्रकारका बिमारी भएका रोगीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

1
01/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; उहाँ एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो । \v 36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे । \v 37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”

1
01/38.txt Normal file
View File

@ -0,0 +1 @@
\v 38 उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔं, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।" \v 39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

1
01/40.txt Normal file
View File

@ -0,0 +1 @@
\v 40 एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो, त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।” \v 41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु, तिमी शुद्ध होइजाऊ ।” \v 42 तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो ।

1
01/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो । \v 44 उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पूजाहारीकहाँ आफैंलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”

1
01/45.txt Normal file
View File

@ -0,0 +1 @@
\v 45 तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला जान सक्‍नुभएन । यसकारण उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू चारैतिरबाट उहाँकहाँ आए ।

1
02/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो । \v 2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत कुनै ठाउँ थिएन, अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।

1
02/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 केही मानिसहरू उहाँकहाँ आए, जसले पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए । \v 4 जब भीडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्, तब तिनीहरूले येशू हुनुभएको ठिक माथिको छानो हटाए र हटाइसकेपछि त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तिनीहरूले तल झारे ।

1
02/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघातीलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।” \v 6 तर त्यहाँ बसिरहेका शास्‍‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे । \v 7 “यो मानिसले कसरी यसरी बोल्‍न सक्छ? यसले त ईश्‍वर-निन्दा पो गर्छ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ?”

1
02/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्दैछौ?” \v 9 पक्षाघातीलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिंड’ भन्‍नु?

1
02/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो, \v 11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।” \v 12 त्यो मानिस उठ्‍यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौं ।”

1
02/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 उहाँ फेरि तालको छेउ भएर जानुभयो र सबै भीड उहाँकहाँ आयो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो । \v 14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।

1
02/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै कर उठाउनेहरू र पापीहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्‍याए । \v 16 जब शास्‍‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहनुभएको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?”

1
02/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन, तर बिरामीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई होइनँ, तर पापीहरूलाई बोलाउन आएको हुँ ।”

1
02/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 अब यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” \v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा जन्तीको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।

1
02/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् । \v 21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन । नत्रता त्यो टालेको कपडा त्यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जान्छ, अनि उक्‍त फटाइ झनै नराम्रो हुन्छ ।

1
02/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 कसैले पनि नयाँ दाखमद्य पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउनेछ अनि दाखमद्य र मशक दुवै नष्‍ट हुन्छन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हालिन्छ ।”

1
02/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 विश्रामको दिनमा येशू अन्‍नको खेतबाट भएर जानुभयो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले । \v 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले विश्रामको दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

1
02/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ? \v 26 अबियाथार प्रधान पूजाहारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पूजाहारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ।"

1
02/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 येशूले भन्‍नुभयो, “विश्रामको दिन मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति विश्राम दिनको निम्ति बनाइएको होइन । \v 28 यसकारण मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हुन् ।”

1
03/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो । \v 2 उहाँले त्यसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।

1
03/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।” \v 4 तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “विश्रामको दिनमा असल गर्नु कि हानि गर्नु, जीवन बचाउनु कि मार्नु, कुन चाहिं उचित हुन्छ?” तर तिनीहरू चूप थिए ।

1
03/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र त्यसको हात पहिलेको जस्तै भयो । \v 6 फरिसीहरू गए र तिनीहरूले उहाँलाई कसरी मारौं भनेर हेरोदीहरूसँग उहाँको विरुद्धमा तुरुन्तै षड्यन्‍‍त्र रच्‍न थाले ।

1
03/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 तब येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि गालीलबाट, यहूदियाबाट, \v 8 यरूशलेमबाट, इदुमिआबाट, र यर्दनपारी, र टुरोस र सीदोन वरिपरिबाटका मानिसहरूको ठुलो भीडले उहाँलाई पछ्‍यायो । उहाँले गरिरहनुभएका कुराहरूका बारेमा सुन्दा, त्यो ठूलो भीड उहाँकहाँ आयो ।

1
03/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लगाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । \v 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो, त्यसैले कष्‍टमा परेकाहरू सबैले उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।

1
03/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे, तिनीहरू उहाँको सामु ढल्थे, चिच्‍च्याउँथे अनि तिनीहरूले भन्‍थे , “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” \v 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।

1
03/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए । \v 14 उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्, \v 15 अनि भूतहरूलाई निकाल्ने अधिकार पाउन् । \v 16 उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो ।

1
03/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो; \v 18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी, \v 19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोका दिने थियो ।

1
03/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भयो । त्यसकारण उहाँले खानसम्म पनि पाउनु भएन । \v 21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग ठाँउमा छैन ।” \v 22 यरूशलेमबाट आएका शास्‍‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।”

1
03/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई द‍ृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ?” \v 24 यदि राज्य आफैंमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन । \v 25 यदि घर आफैंमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन ।

1
03/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ र विभाजित छ भने त्यो टिक्‍न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ । \v 27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ ।

1
03/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, र तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्, \v 29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ । \v 30 येशूले यसो भन्‍नुभयो, किनभने तिनीहरूले “त्योसँग अशुद्ध आत्मा छ” भनिरहेका थिए ।

1
03/31.txt Normal file
View File

@ -0,0 +1 @@
\v 31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए । तिनीहरूले उहाँलाई बोलाउन पठाए । \v 32 एउटा भीड उहाँको वरिपरि बसिरहेको थियो, र तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”

1
03/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?” \v 34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!” \v 35 किनकी जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, त्यो व्यक्ति नै मेरो भाइ र बहिनी र मेरी आमा हो ।”

1
04/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 फेरि उहाँले समुद्रको छेउमा शिक्षा दिन थाल्नुभयो, अनि धेरै ठुलो भीड उहाँको वरिपरि भेला भयो । उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भीड समुद्र किनारको छेउमा थिए । \v 2 उहाँले तिनीहरूलाई धेरै कुरा द‍ृष्‍टान्तमा सिकाउनुभयो र आफ्नो शिक्षामा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो,

1
04/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 “सुन! बीउ छर्ने बीउ छर्न निस्क्यो । \v 4 त्यसले बीउ छर्दा केही बीउ बाटोमा प‍रे, र चराहरू आएर त्यो खाइदिए । \v 5 अरू बीउ चाहिं त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । त्यो तुरुन्तै उम्रियो, किनभने त्यहाँ माटो गहिरो थिएन ।

1
04/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 तर जब घाम लाग्यो, बिरूवाहरू ओइलाए, अनि तिनीहरूका जरा नभएकोले ती सुकिहाले । \v 7 अरू बीउ काँडाका झाङ्हरूको बीचमा परे । काँडाका झाङ्हरू बढे, र त्यसलाई निसासिदिए, अनि त्यसले कुनै फल फलाएन ।

1
04/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 अरू बीउ असल जमिनमा परे, र ती बढ्दै र हुर्कंदै गर्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा पनि फल फलाए ।” \v 9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!”

1
04/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 येशू एक्लै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त द‍ृष्‍टान्तको बारेमा उहाँसँग सोधे । \v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, "तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा द‍ृष्‍टान्तहरूमा दिइएको छ । \v 12 त्यसैले तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्‍न त सुन्छन् तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्‍थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”

1
04/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो द‍ृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले सबै द‍ृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?” \v 14 बीउ छर्नेले वचन छर्छ । \v 15 वचन छर्दा बाटोतिर परेका बीउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ ।

1
04/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 र ढुङ्गेनी जमिनमा छरिएका केही बीउचाहिं यी नै हुन्; जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् । \v 17 तर तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, र तिनीहरू केही समयसम्म मात्र टिक्छन् । पछि वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।

1
04/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 अरूहरूचाहिं ती हुन्, जो काँडाहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, \v 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसामा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन । \v 20 असल जमिनमा छरिएका बीउहरूचाहिं ती नै हुन्, जसले वचन सुन्छन्, यसलाई ग्रहण गर्छन् अनि तीस गुणा, साठी गुणा वा सय गुणा पनि फल फलाउँछन् ।”

1
04/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? के सामदानमाथि राख्‍नलाई होइन? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्‍छौ । \v 22 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन । \v 23 यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।”

1
04/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, त्यसमा ध्यान देओ, किनकि जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ, र तिमीहरूलाई अझ बढी थपिनेछ । \v 25 किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”

1
04/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 उहाँले यो पनि भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बीउ छर्ने मानिसजस्तो हो । \v 27 त्यो रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने त्यसले नजाने पनि बीउ उम्रन्छ र बढ्छ । \v 28 जमिन आफैंले अन्‍न फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ । \v 29 जब अन्‍न पाक्छ, तुरुन्तै त्यसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”

1
04/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्न सक्छौं, अथवा यसको व्याख्या गर्न कुन द‍ृष्‍टान्त प्रयोग गर्न सक्छौं? \v 31 यो रायोको बीउजस्तो हो, जसलाई छर्दा पृथ्वीका बीउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ । \v 32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बारीका सबै सागपातहरूभन्दा ठुलो हुन्छ, र यसमा ठुला हाँगाहरू पलाउँछन्, ताकि आकाशमा उड्ने चराहरूले यसको छहारीमा गुँड बनाउन सकून् ।

1
04/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई यस्ता धेरै द‍ृष्‍टान्तद्वारा वचन सुनाउनुभयो, \v 34 अनि उहाँले तिनीहरूलाई द‍ृष्‍टान्तबिना केही बताउनुभएन । तर उहाँ एक्‍लै हुनुहुँदा आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।

1
04/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं ।” \v 36 त्यसैले तिनीहरूले त्यो भीडलाई छोडी येशू जुन डुङ्गामा हुनुहुन्थ्यो त्यसैमा उहाँलाई आफ्नो साथमा लगे । अरू डुङ्गाहरू पनि उहाँसँगसँगै गए । \v 37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।

1
04/38.txt Normal file
View File

@ -0,0 +1 @@
\v 38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, हामी मर्नै लाग्दा पनि तपाईंलाई वास्ता छैन?” \v 39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो ।

1
04/40.txt Normal file
View File

@ -0,0 +1 @@
\v 40 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएका छौ? के तिमीहरूसँग अझै विश्‍वास छैन?” \v 41 तिनीहरू साह्रै डराए र एक-अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”

1
05/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो । \v 2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट तुरुन्तै उहाँकहाँ आयो ।

1
05/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई साङ्लाले समेत बाँधेर राख्‍न सकेको थिएन । \v 4 त्यसलाई धेरै पटक ठिंगुरो लगाएर र साङ्लाहरूले बाँधेर राखिएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिंगुरो तोडिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।

1
05/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 हरेक रात र दिन चिहान घारीमा र डाँडाहरूमा त्यो चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैंलाई काटेर चोट पार्थ्यो । \v 6 जब त्यसले येशूलाई टाढैबाट देख्यो, त्यो उहाँकहाँ दौड्‍यो अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।

1
05/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 त्यसले ठुलो स्वरमा कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सरोकार छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।” \v 8 किनकि येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, यस मानिसबाट बाहिर निस्किआइज ।”

1
05/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौं ।” \v 10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।

1
05/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 अब त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो, \v 12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस्।” \v 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडबाट समुद्रतिर हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।

1
05/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले के भएको थियो भनी सहर र गाउँघरतिर खबर दिए अनि के भएको रहेछ भनी हेर्न धेरै मानिसहरू गए । \v 15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।

1
05/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसको बारेमा तिनीहरूलाई विस्‍‍तृत रूपमा बताए, र तिनीहरूले सुँगुरहरूको बारेमा पनि तिनीहरूलाई बताए । \v 17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान बिन्ती गर्न लागे ।

1
05/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै रहनलाई उहाँलाई बिन्ती गर्‍यो । \v 19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । तर उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रो घरमा र तिम्रा मानिसकहाँ जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कसरी उहाँले तिमीलाई कृपा गर्नुभयो, सो तिनीहरूलाई भन ।” \v 20 त्यसैले त्यो मानिस गयो र येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू डेकापोलिसमा बताउन थाल्यो, अनि सबैजना छक्‍क परे ।

1
05/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 अब येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भीड भेला भयो । \v 22 त्यसपछि सभाघरका अगुवाहरूमध्ये याइरस नाउँ गरेका एक जना उहाँकहाँ आए । जब तिनले येशूलाई देखे, तब उहाँको पाउमा परे । \v 23 तिनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्‍युको मुखमा पुगेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, ताकि त्यो ठिक हुन सकोस् र बाँच्‍न सकोस्।” \v 24 त्यसैले उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्‍यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।

1
05/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 अब त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक स्‍‍त्री थिई । \v 26 त्यसले धेरै वैद्यकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिई अनि त्यससँग भएका सबै थोक त्यसले खर्च गरिसकेकी थिई, तर निको हुनुको सट्टा त्यसको अवस्था झनै नराम्रो भयो । \v 27 त्यसले येशूको बारेमा खबर सुनेर भीडमा उहाँको पछाडि आई, अनि उहाँको खास्टो छोई ।

1
05/28.txt Normal file
View File

@ -0,0 +1 @@
\v 28 किनकि त्यसले भनी, “यदि मैले उहाँको वस्‍‍त्र मात्र छोएँ भने म निको हुनेछु ।” \v 29 जब त्यसले उहाँलाई छोई, रगत बग्‍न रोकियो, अनि त्यसले आफ्नो कष्‍टबाट आफू निको भएको शरीरमा महसुस गरी ।

1
05/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भीडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो?” \v 31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भीडलाई देख्‍नुभएकै छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’?” \v 32 तर यो कसले गरेको थियो भनी हेर्न येशूले वरिपरि हेर्नुभयो ।

1
05/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 त्यस स्‍‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाएर त्यो डरले कामी । त्यो आई र उहाँको सामु घोप्‍टो परी र सबै सत्यता उहाँलाई बताई । \v 34 उहाँले त्यसलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो कष्‍टबाट निको होऊ ।”

1
05/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाकहाँबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुज्यूलाई किन दुःख दिने?”

1
05/36.txt Normal file
View File

@ -0,0 +1 @@
\v 36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर ।” \v 37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन । \v 38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो अनि उहाँले त्यहाँ मानिसहरूलाई ज्यादै खैलाबैला गरिरहेको देख्‍नुभयो; तिनीहरू रोइरहेका र विलाप गरिरहेका थिए ।

1
05/39.txt Normal file
View File

@ -0,0 +1 @@
\v 39 जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैन, सुतेकी मात्र हो ।” \v 40 उहाँको कुरामा तिनीहरू हाँसे । तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो अनि बालिकाका बुबा र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ त्यस बालिका भएको ठाउँमा जानुभयो ।

1
05/41.txt Normal file
View File

@ -0,0 +1 @@
\v 41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ!” \v 42 तुरुन्तै बालिका उठी अनि हिंडी (त्यो बाह्र वर्षकी थिई) । त्यति नै बेला तिनीहरू अत्यन्तै चकित भए । \v 43 उहाँले तिनीहरूलाई त्यस बारेमा कसैले थाहा नपाओस् भन्‍ने कडा आज्ञा दिनुभयो । अनि उहाँले त्यो बालिकालाई केही खाने कुरा दिन भनी भन्‍नुभयो ।

1
06/01.txt Normal file
View File

@ -0,0 +1 @@
\v 1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्‍याए । \v 2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा शिक्षा दिनुभयो । धेरै मानिसहरूले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको यो बुद्धि के हो? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?” \v 3 “के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु सिकर्मी होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।

1
06/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीं पनि अनादर हुँदैन ।” \v 5 केही बिरामी मानिसहरूमा हात राखेर निको पार्नुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन । \v 6 तिनीहरूको अविश्‍वासले उहाँलाई अचम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिंदै हिंड्नुभयो ।

1
06/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 अनि उहाँले बाह्र जनालाई बोलाउनुभयो, र दुई-दुई जना गरी तिनीहरूलाई पठाउन लाग्‍नुभयो, र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो । \v 8 र उहाँले तिनीहरूलाई यात्रामा एउटा लट्ठी बाहेक केही पनि नबोक्‍नू— न रोटी, न झोला, न त पटुकीमा पैसा नै बोक्‍नू— \v 9 तर जुत्ता लगाउनू र दुइवटा दौरा चाहिं नलगाउनू भनी निर्देशन दिनुभयो ।

1
06/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्‍म त्यहीं बस । \v 11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूलाई सुनेनन् भने तिमीहरूले त्यो ठाउँ छोड्दा तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”

1
06/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे । \v 13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।

1
06/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 हेरोद राजाले यो सुने, किनकि येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठेका छन् । त्यसैले यी आश्‍चर्यजनक शक्तिहरू यिनमा काम गर्दछन् ।” \v 15 अरूहरूले भने, “यिनी एलिया हुन् ।”, अझ अरूहरूले भने, “यिनी प्राचीन समयका अगमवक्‍ताहरूजस्तै एक अगमवक्‍ता हुन् ।”

1
06/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको काटें, तिनी जीवित भई उठेका छन्!” \v 17 किनकि हेरोदले हेरोदियास (तिनको भाइ फिलिपकी पत्‍नी) को कारण यूहन्‍नालाई गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने हेरोदले उनलाई विवाह गरेका थिए ।

1
06/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 किनकि यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तपाईंलाई उचित छैन ।” \v 19 तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर उनले सकेकी थिइनन्, \v 20 किनकि हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले तिनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद ज्यादै अशान्त हुन्थे, तरै पनि तिनले खुसीसाथ सुन्थे ।

1
06/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो जब हेरोदले आफ्‍नो जन्म दिनमा आफ्ना अधिकारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए । \v 22 हेरोदियासकी छोरी आफैं आई र तिनीहरूको लागि नाची अनि त्यसले हेरोद र तिनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याई । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”

1
06/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 तिनले यसो भन्दै शपथ खाए, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।” \v 24 त्यो बाहिर निस्की र आफ्नी आमालाई भनी, “म उहाँसित के मागूँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।” \v 25 त्यो तुरुन्तै राजाकहाँ आई र यसो भन्दै मागी, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।”

1
06/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले त्यसको बिन्‍ती इन्कार गर्न सकेनन् । \v 27 त्यसैले राजाले आफ्ना रक्षकका एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सिपाही गयो र झ्यालखानामा उनको शिर काट्‍यो । \v 28 सिपाहीले थालमा उनको शिर ल्यायो र त्यस केटीलाई दियो, र त्यस केटीले आफ्नी आमालाई दिई । \v 29 त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।

1
06/30.txt Normal file
View File

@ -0,0 +1 @@
\v 30 अनि प्रेरितहरू येशूको वरिपरि एकसाथ भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए । \v 31 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैं निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनकि धेरै जना आउने र जाने गरिरहेका थिए र उहाँहरूसँग खाना खाने समय पनि थिएन । \v 32 त्यसैले उहाँहरू आफैं डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो ।

1
06/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि धेरैले उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे । \v 34 जब उहाँहरू समुद्रीय तटमा आउनुभयो, उहाँले एउटा ठुलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्‍याउनुभयो, किनभने तिनीहरू गोठालाबिनाका भेडाहरूजस्तै थिए । अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्‍नुभयो ।

1
06/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 जब दिन ढल्क्यो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र दिन ढल्किसकेको छ । \v 36 तिनीहरूलाई पठाउनुहोस्, ताकि तिनीहरू नजिकैको गाउँघरतिर जाऊन् र आफ्ना निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

1
06/37.txt Normal file
View File

@ -0,0 +1 @@
\v 37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनार बराबरको रोटी किन्‍न जाऊँ र तिनीहरूलाई खान दिऊँ?” \v 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”

1
06/39.txt Normal file
View File

@ -0,0 +1 @@
\v 39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो । \v 40 तिनीहरू सय र पचासको समूह- समूहमा बसे । \v 41 उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरेर आशिष् दिनुभयो, र भाँच्‍नुभयो अनि मानिसहरूलाई ती बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।

1
06/42.txt Normal file
View File

@ -0,0 +1 @@
\v 42 तृप्‍त नहुन्जेल तिनीहरू सबै जनाले खाए । \v 43 तिनीहरूले बाह्र डाला रोटीका टुक्राहरू बटुले र माछाका टुक्राहरू पनि बटुले । \v 44 त्यहाँ रोटी खाने पाँच हजार पुरुषहरू थिए ।

1
06/45.txt Normal file
View File

@ -0,0 +1 @@
\v 45 उहाँका चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढ्न लगाएर पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो र त्यतिन्जेल उहाँले चाहिं भीडलाई बिदा दिनुभयो । \v 46 जब तिनीहरू गए, उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो । \v 47 साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बीचमा थियो, र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो ।

1
06/48.txt Normal file
View File

@ -0,0 +1 @@
\v 48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनकि हावा तिनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो प्रहरमा समुद्रमाथि हिंडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो । \v 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तब तिनीहरूले उहाँ भूत हुनुहुन्थ्‍यो भनी ठाने र चिच्‍च्याए, \v 50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ, म नै हुँ, नडराओ ।”

1
06/51.txt Normal file
View File

@ -0,0 +1 @@
\v 51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए । \v 52 किनकि तिनीहरूले रोटीहरूको अर्थ बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।

Some files were not shown because too many files have changed in this diff Show More