ne_mrk_text_ulb/05/36.txt

1 line
962 B
Plaintext

\v 36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर ।” \v 37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन । \v 38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो अनि उहाँले त्यहाँ मानिसहरूलाई ज्यादै खैलाबैला गरिरहेको देख्‍नुभयो; तिनीहरू रोइरहेका र विलाप गरिरहेका थिए ।