ne_mrk_text_ulb/06/01.txt

1 line
1.2 KiB
Plaintext

\v 1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्‍याए । \v 2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा शिक्षा दिनुभयो । धेरै मानिसहरूले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको यो बुद्धि के हो? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?” \v 3 “के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु सिकर्मी होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।