ne_mrk_text_ulb/06/26.txt

1 line
1008 B
Plaintext

\v 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले त्यसको बिन्‍ती इन्कार गर्न सकेनन् । \v 27 त्यसैले राजाले आफ्ना रक्षकका एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सिपाही गयो र झ्यालखानामा उनको शिर काट्‍यो । \v 28 सिपाहीले थालमा उनको शिर ल्यायो र त्यस केटीलाई दियो, र त्यस केटीले आफ्नी आमालाई दिई । \v 29 त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।