Door43-Catalog_ne_tn/1co/09/intro.md

4.2 KiB

१ कोरिन्थीहरू ०९ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले 9:9 को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो । ८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?” यस अध्यायमा, मण्‍डलीबाट आर्थिक नाफाहरू उठाउने कोसिस गरेको दाबीको विरुद्धमा पावलले आफ्‍नो बचाउ गर्छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

मण्‍डलीबाट पैसा कमाउने

मानिसहरूले पावललाई मण्‍डलीबाट केवल पैसा चाहेको भनेर आरोप लगाएका छन् । पावलले जवाफ दिन्छन् कि उनीसँग मण्‍डलीबाट पैसा पाउने अधिकार छ किनकि पुरानो करारले सिकायो कि जसले काम गर्छन् तिनीहरूले तिनीहरूका कामबाट आफ्‍नो जीविकोपार्जन गर्नुपर्छ । उनी र बारनाबासले उद्देश्‍यका साथै यो अधिकारको प्रयोग कहिल्यै गरेनन् र तिनीहरूका जीविकोपार्जनको लागि आफैँ कमाए ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

त्यहाँ यस अध्यायमा धेरै अलङ्कारहरू छन् । यी अलङ्कारहरूले जटिल सत्यताहरू सिकाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

सान्दर्भिकीकरण

यो खण्‍ड महत्त्वपूर्ण छ किनभने पावलले सुसमाचारको सेवामा भएको उनको सेवकाइलाई विभिन्‍न मानिसहरूका लागि सान्दर्भिक बनाउँछन् । यसको अर्थ हो कि पावलले उनका कार्यहरूको कारणले सुसमाचारको ग्रहणलाई कुनै बाधा नपुर्‍याइकन आफैँलाई र सुसमाचारलाई बुझ्‍न सकिने बनाउँछन् । यदि अनुवादकले यो “सान्दर्भिकीकरण”का पक्षहरूलाई संरक्षित गर्नलाई सम्भव हुन्छ भने थप होसियारी पुर्‍याउनलाई विचार गर्न सक्‍छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/goodnews)

सम्बन्धित खण्‍डहरूः

<< | >>