Door43-Catalog_ne_tn/1co/10/intro.md

4.2 KiB

१ कोरिन्थीहरू १० सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १०:७ को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो । ८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?” यस अध्यायमा, पावलले मानिसहरूलाई पाप नगर्नलाई चेतावनी स्‍वरूप प्रस्थानको प्रयोग गर्छन् । तब, प्रभु भोजलाई उदाहरणको रूपमा प्रयोग गर्दै, उनी मूर्तिहरूलाई चढाइएको मासुको बारेमा कुरा गर्न फर्कन्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/sin)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

प्रस्‍थान

पावलले इस्राएलले मिश्र छोडेको र मरुभूमिमा रुमल्‍लिरहेको कुराको अनुभवहरूलाई विश्‍वासीहरूको लागि एउटा चेतावनीको रूपमा प्रयोग गर्छन् । तिनीहरू सबैले मोशालाई पछ्याएका भएतापनि, तिनीहरू सबै बाटैमा मरे र तिनीहरू कोही पनि प्रतिज्ञाको भूमिमा पुगेनन् । केहीले कुनै मूर्तिको पूजा गरे, केहीले परमेश्‍वरको परीक्षा गरे, र केहीले गनगन गरे । यो ख्रीष्‍टिएनहरूको लागि पाप नगर्नलाई एउटा चेतावनी हो किनभने परीक्षालाई जित्‍न सकिन्छ किनकि परमेश्‍वरले उम्‍कनलाई एउटा बाटो जुटाइदिनुहुन्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/promisedland)

मूर्तिलाई चढाइएको मासु खाने

पावलले मूर्तिहरूलाई चढाइएको मासुको बारेमा बहस गर्छन् । ख्रीष्‍टिएनहरूलाई त्यो खान अनुमति छ, तर यसले अरूहरूलाई ठेस पुर्‍याउन सक्छ । त्यसैले मासु किन्दा वा कुनै साथीसँग खाँदा, मूर्तिहरूलाई चढाइएको हो कि होइन भनेर नसोध; तर यदि कसैले तिमीहरूलाई त्यो मूर्तिहरूलाई चढाइएको हो भनी भन्छ भने, त्यस व्यक्तिको खातिर त्यो नखाओ । कसैलाई ठेस नलगाओ तर तिनीहरूलाई बचाउन खोज । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/save)

सम्बन्धित खण्‍डहरूः

<< | >>