# १ कोरिन्थीहरू ०९ सामान्य टिपोटहरू #### संरचना र ढाँचा केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले 9:9 को पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो । ८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?” यस अध्यायमा, मण्‍डलीबाट आर्थिक नाफाहरू उठाउने कोसिस गरेको दाबीको विरुद्धमा पावलले आफ्‍नो बचाउ गर्छन् । #### यस अध्यायमा भएका विशेष अवधारणाहरू ##### मण्‍डलीबाट पैसा कमाउने मानिसहरूले पावललाई मण्‍डलीबाट केवल पैसा चाहेको भनेर आरोप लगाएका छन् । पावलले जवाफ दिन्छन् कि उनीसँग मण्‍डलीबाट पैसा पाउने अधिकार छ किनकि पुरानो करारले सिकायो कि जसले काम गर्छन् तिनीहरूले तिनीहरूका कामबाट आफ्‍नो जीविकोपार्जन गर्नुपर्छ । उनी र बारनाबासले उद्देश्‍यका साथै यो अधिकारको प्रयोग कहिल्यै गरेनन् र तिनीहरूका जीविकोपार्जनको लागि आफैँ कमाए । #### यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू ##### अलङ्कार त्यहाँ यस अध्यायमा धेरै अलङ्कारहरू छन् । यी अलङ्कारहरूले जटिल सत्यताहरू सिकाउँछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) #### यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू ##### सान्दर्भिकीकरण यो खण्‍ड महत्त्वपूर्ण छ किनभने पावलले सुसमाचारको सेवामा भएको उनको सेवकाइलाई विभिन्‍न मानिसहरूका लागि सान्दर्भिक बनाउँछन् । यसको अर्थ हो कि पावलले उनका कार्यहरूको कारणले सुसमाचारको ग्रहणलाई कुनै बाधा नपुर्‍याइकन आफैँलाई र सुसमाचारलाई बुझ्‍न सकिने बनाउँछन् । यदि अनुवादकले यो “सान्दर्भिकीकरण”का पक्षहरूलाई संरक्षित गर्नलाई सम्भव हुन्छ भने थप होसियारी पुर्‍याउनलाई विचार गर्न सक्‍छन् । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/goodnews]]) ## सम्बन्धित खण्‍डहरूः * __[१ कोरिन्थीहरू ०९:०१ टिपोटहरू](./01.md)__ __[<<](../08/intro.md) | [>>](../10/intro.md)__